HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

गर्भावस्थाको शुरूको ३ महिना वाकवाकी र बान्ता भए के गर्ने ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

महिलामा गर्भ रहेको सुरुवाती समयमा नै हुने वाकवाकी र बान्ता हुन्छ, जसलाई मर्निङ सिक्नेस पनि भनिन्छ । यो समस्या प्रायजसो गर्भवती महिलालाई देखिनु सामान्य मानिने चिकित्सकहरू बताउँछन्। जुन प्राय महिलाहरूमा हुन सक्छ ।

अर्थात् महिलाको महिनावारी बन्द भएर वाकवाकी शुरु हुनु गर्भवतीको सुरुवाती लक्षण हो । तर, कहिलेकाहीँ पेटसम्बन्धी र अरू समस्याको कारणले पनि यस्तो हुनसक्छ । विभिन्न अध्ययन अनुसार ७० देखि ८० प्रतिशत गर्भवती महिलालाई यो समस्या देखिने गरेको छ । यस समस्या मुख्यतया गर्भावस्थाको पहिलो ३ महिनासम्म हुने गर्छ । जुन गर्भावस्थाको ६ देखि ८ हप्तामा शुरु भई १२ देखि १४ हप्तामा प्रायः महिलाहरूमा बिस्तारै कम हुँदै जान्छ । तर, कोही महिलालाई भने गर्भावस्थाको अन्तिम समयसम्म पनि हुने गर्छ ।

वाकवाकी र बान्ता हुने समस्याबाट यसरी छुटकारा पाउन सकिन्छ :

– मौसम अनुसारका तरकारी तथा फलफूलहरु प्राकृतिक रूपमा सेवन गर्ने ।

– गर्भवती महिलाले आफूलाई जुन कुराले वाकवाकी बढाउँछ, त्यसबाट सकेसम्म टाढा बस्ने, विशेषतः भान्सामा खाना पकाउँदाको गन्धले प्रायः महिलालाई वाकवाकी बढाउँछ । यस्तो समयमा महिलालाई काममा परिवारका सदस्यहरूले सहयोग गर्नुपर्छ ।

–बस्ने कोठामा पनि हावा आवतजावत हुने खालको गन्धरहित वातावरण बनाउने ।

– यो समस्या गर्भवती अवस्थाको शुरुका तीन महिनापछि बिस्तारै हराउँदै जान्छ । यसको लागि विशेष उपचार आवश्यक पर्दैन । यो समस्या कम गर्न गर्भवती महिलालाई बिहान उठ्ने बित्तिकै सुख्खा खानेकुरा, जस्तै: बिस्कुट, टोस्ट, रोटी, चिउरा, मकै, भटमास जस्ता खानेकुरा खाएर मात्र ओछ्यानबाट निस्कनु पर्छ ।

– अदुवा, पुदिना, नुन भएको खानेकुरा खाने ।

– बिहानको समयमा झोल कुरा कम खाने । झोल कुरा बिस्तारै दिउँसो हुँदै गर्दा बढाउँदै जाने ।

– खाना खादा थोरै थोरै तर बेलाबेलामा खाने र लामो समय पेट खाली नराख्ने ।

– कार्बोहाइड्रेट र प्रोटिनको मात्रा बढी भएको खाना खाने ।

– चिल्लो कम भएको सादा खाना खाने ।

– बिहान उठ्ने बित्तिकै र खाना खाने बित्तिकै दाँत माझ्नाले वाकवाकी बढाउन सक्छ । त्यसैले खाना खाएको कम्तीमा एक घण्टापछि मात्र दाँत माझ्ने ।

– पर्याप्त आराम पुगेन भने पनि धपेडीले पनी वाकवाकी हुन सक्छ ।

– कतिपय महिलालाई वाकवाकी, बान्ताले गर्दा केही कुरा पनि खान नसक्ने र पेटमा नरहने गरी जटिल छ भने तुरुन्त अस्पतालमा जाने ।

Previous Post

कसरी बालबालिकालाई चलाखीपूर्ण एवं स्वस्थ तरीकाले अनुशासनमा राख्ने?

Next Post

सेयर बजार,कति पुग्यो कारोबार रकम ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

सेयर बजार,कति पुग्यो कारोबार रकम ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.