धेरैचोटि हामी कुनै काम तत्काल नगरेर पछिका लागि टारिदिन्छौं अनि बिस्तारै यो हाम्रो बानी बन्दै जान्छ । यसले हामीलाई अल्छे बनाउँछ।
अल्छी मान्छेले जीवनमा कहिल्यै सफलता पाउँदैन। यस्तो मानिस निराशावादी हुन्छ। यहाँ हामी केही उपाय बताउँछौं जसलाई अपनाउँदा तपाईंले आलस्य हटाउन सक्नुहुन्छ।
१. बिस्तारै हिँड्ने बानी
बिहान उठेर भ्रमण गर्नु स्वास्थ्यका लागि आवश्यक कुरा हो । दौडिन अल्छी लाग्छ भने शुरुमा बिस्तारै हिँड्नुस् । दश मिनेट मात्र हिँडे पुग्छ । यसो गर्दा तपाईंको क्षमता बढ्छ र आलस्य भाग्छ।
२. ससाना ब्रेक
लामो समयसम्म बसेर गर्ने काम छ भने केही समयको अन्तरालमा छोटाछोटा ब्रेक लिनुस् । उदाहरणका लागि ४५ मिनेटपछि पाँच मिनेट जतिको ब्रेक लिनुस् । यसबीचमा अलिकति टहल्नुस् । लगातार काम गर्दा थाकेर अल्छी लाग्छ।
३. कामका बेलामा मोबाइल साइलेन्ट
मोबाइलमा घरिघरि हेरिबस्छन् । यसो गर्दा काममा बाधा पुग्छ । काम गर्दा मोबाइलमा सामाजिक सञ्जाल बन्द गर्नुस् । ध्यान बाँडिदा पनि थकाइ लाग्छ।
४. प्रेरक व्यक्तिसँग समय बिताउने
अल्छी लागेर दिमागमा नकारात्मक कुरा आएका बेलामा आफ्ना साथीहरूसँग समय बिताउनुस् । केही सिक्न पाइने र तपाईंलाई प्रेरणा मिल्ने मानिसको संगतमा समय बिताउनुस्।
५. आफैंलाई मजबुत बनाउनुस्
अल्छीपना हटाउनका लागि अर्काले प्रेरित गरेर पुग्दैन । तपाईं आफैंले आफूलाई प्रेरित गर्नुपर्छ र मजबुत बनाउनुपर्छ।







Discussion about this post