HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

च्याउ किन खाने? यसले कुन-कुन रोग कम गर्न फाईदा गर्दछ ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

तरकारीका रुपमा प्रयोग गरिने च्याउ ‘ढुसी’ प्रजातिभित्र पर्छ । च्याउ जस्तो रङहीन तरकारीले पनि हाम्रो खानामा प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ। च्याउ औषधीय गुणहरूले भरिएको खाद्यपदार्थ हो । च्याउका परिकार खानका लागि निकै स्वादिलो हुने कुरामा दुइमत छैन । प्रायः हरेकको भान्सामा पाक्ने च्याउ स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ । घरमा वा फार्ममा व्यवसायिक रुपले उत्पादन गरिएका च्याउमा भिटामिन ‘बी’सहित विभिन्न प्रकारका खनिज तत्व पाइन्छ । च्याउमा सेलेनियम, तामा, फस्फोरस, पोटासियम, चिल्लो पदार्थ, कार्बोहाड्रेड प्रशस्त मात्रामा पाइन्छ । तर, च्याउमा क्यालोरी अत्यन्त कम हुन्छ ।

अध्ययन अनुसार विश्वमा १ लाख ४० हजार प्रकारका च्याउ पाइनेमा १ सय प्रकारका च्याउ खानका लागि उपयुक्त तथा स्वस्थ मानिन्छन् । च्याउमा औषधीय गुण भरिएको हुन्छ । यो एक प्राकृतिक एन्टिबायोटिक हो, जुन माइक्रोवियल र अन्य फंगल संक्रमणबाट जोगाउँछ । च्याउ खानु स्वास्थ्यका लागि लाभदायक भए पनि जुन पायो त्यही च्याउ खानु भने हुँदैन । किनकी जंगली च्याउहरुमा विषादी हुने भएका कारण मानिसको स्वास्थ्यमा असर पु‌र्‍याउँछ ।

च्याउको सेवनले सरीरमा कोलेस्ट्रोलको मात्रालाई सन्तुलित गर्ने देखि लिएर स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरको जोखिम पनि कम गर्ने, मोटोपन घटाउने र मधुमेहको खतरालाई पनि घटाउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

च्याउले कुन कुन रोग कम गर्नमा फाईदा गर्छ ?

रोगप्रतिरोधक क्षमता बढाउन : च्याउ एक प्राकृतिक एन्टीबायोटिक हो । यसले माइक्रोबियल र फंगल संक्रमणलाई हटाउँछ । यसमा भएको एन्टीअक्सिडेन्टले शरीरलाई हानि गर्ने फ्री –याडिकलबाट बचाउँछ । अनि शरीरका कोशिकाहरूको मर्मत गर्न पनि यो सहयोगी हुन्छ ।

मोटोपन हटाउन : मोटोपन हटाउन चाहने व्यक्तिहरूले प्रोटीनयुक्त आहार लिनुपर्छ र च्याउमा भरपूर प्रोटीन हुन्छ । तौल घटाउनका लागि च्याउ राम्रो विकल्प हो । प्रोटिनयुक्त भोजन भएकाले च्याउको सेवनले वजन नियन्त्रण गर्न मदत गर्छ ।

क्यान्सरबाट बचाउन : च्याउमा भएको बीटा ग्लाइसिन र लिनोलिक एसिडले क्यान्सरबाट बचाउन मद्दत गर्छ । यसमा भएका काइटिन, लायसिन र प्रोटीनले शरीरमा ट्युमर बन्न दिँदैनन् ।

मधुमेह कम गर्न : च्याउमा भिटामिन, फाइबर र मिनरलहरू हुन्छन् अनि बोसो, कार्बोहाइड्रेट्स र सुगर हुँदैन, त्यसैले मधुमेहका रोगीले यसको सेवन गर्नु ठीक हुन्छ । यसले प्राकृतिक इन्सुलिन तथा इन्जाइमको रुपमा काम गर्दछ ।

मुटु राम्रो बनाउन : च्याउमा भएका एन्जाइमहरूले कोलेस्ट्रोल स्तर घटाउँछन् र यिनमा भएका पोषक तत्त्वले स्वास्थ्यलाई राम्रो राख्छन् र मुटुरोगको जोखिम पनि कम गर्छ ।

कुपोषणबाट बचाउन : कुपोषणबाट बालबालिकालाई बचाउनका लागि च्याउ खान दिनु ठीक हुन्छ । यो गर्भावस्थादेखि वृद्धअवस्थासम्मका लागि उपयुक्त आहार हो । च्याउमा प्रोटिनसँगै भिटामिन इ तथा सेलेनियम लगायतका सुक्ष्म पोषक तत्व पनि पाइन्छन् ।

जोर्नी समस्या :च्याउ क्याल्सियमको निकै राम्रो श्रोत हो जुन हड्डीको विकाश तथा मजबुतीका लागि जरुरी हुन्छ । च्याउको नियमित सेवनले उमेर बढेसँगै लाग्ने ओस्टियोपोरोसिस, जोर्नी दुख्ने जस्ता समस्या कम हुन्छन् ।

पेटको समस्याबाट मुक्ति : फाइबररहित आहार लिँदा अपच र कब्जियतको समस्या हुन्छ तर ताजा च्याउ खाँदा यस्ता समस्याहरू हट्छन् किनकि च्याउमा फाइबर हुन्छ ।

रक्ताल्पता हटाउन : च्याउ रक्ताल्पता हटाउनका लागि राम्रो विकल्प हो किनकि यसमा फोलिक एसिड प्रचुर मात्रामा हुन्छ । यसमा भएको फलाम र फोलिक एसिडले हेमोग्लोबिनको स्तर सामान्य राख्छन् । च्याउमा आइरन तत्व पर्याप्त मात्रामा पाइन्छ जसको ९० प्रतिशत शरीरले लिन सक्दछ । यसले शरीरमा रक्तअल्पताको समस्या समाधानमा सहयोग गर्दछ ।

सामान्यतया च्याउले स्वास्थ्यलाई धेरै फाइदा गर्छ तर सही च्याउ खाइएन भने अनेकौं रोग लाग्छ । अनि च्याउका केही प्रजातिहरू विषालु हुन्छन् । यस्ता विषालु र कच्चा च्याउ खाँदा एलर्जी, दम, उल्टी, मतिभ्रम, बेहोशी र वाकवाक लाग्ने समस्या हुन्छ । धेरै च्याउ खायो भने एलर्जी हुन्छ । त्यसैले च्याउ किन्दा सावधानी अपनाउनुपर्छ । जहिले पनि ताजा च्याउ खानुपर्छ ।

Previous Post

मिर्गौला बिग्रिनु अघि कस्तो लक्षण देखा पर्दछ ?

Next Post

किन आउँछ आँखामुनि किन आउँछ डार्क सर्कल ? कसरी हटाउने आँखामुनिको डार्क सर्कल ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

किन आउँछ आँखामुनि किन आउँछ डार्क सर्कल ? कसरी हटाउने आँखामुनिको डार्क सर्कल ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.