बुटवल । ट्याक्टर दुर्घटना हुंदा २६ जना घाइते भएका छन् । रुपन्देहीको कोटहीमाइ गाउँपालिका–५ दुइमुहानमा ट्याक्टर दुर्घटना भएको हो ।
घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा सवित्रा यादव र उर्मिला यादव रहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको ट्याक्टरको चालक फरार रहेकोले खोजी कार्य जारी रहेको रुपन्देही प्रहरीले जनाएको छ ।






Discussion about this post