HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

आँपको पात उमालेर पानी पिउँदा स्वास्थ्यमा हुन्छ यी पाँच फाइदा, यस्तो छ बनाउने तरिका

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आँप धेरैलाई मन पर्ने फल हो । यसलाई फलफूलको राजा पनि भनिन्छ । तर आँप मात्रै होइन, यसको पात पनि स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । आँपको पातमा विभिन्न खालका औषधीय गुण हुन्छ । आयुर्वेदमा आँपको पातको प्रयोग विभिन्न स्वास्थ्य समस्या हटाउनका लागि गरिन्छ ।

आँपको पातमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी र एन्टिअक्सिडेन्टको प्रचुर मात्रा पाइन्छ । यसबाहेक यसमा म्यागिफेरिन, गेलिक एसिड, पोलिफेनाल्सजस्ता पोषक तत्त्व पनि पाइन्छन् । धेरै मानिसलाई आँपको पात उमालेर खाँदा थुप्रै गम्भीर रोगबाट बच्न सकिन्छ भन्ने कुरा थाहा छैन । भारतकी आयुर्वेदिक डाक्टर रितु चड्डाले आँपको पात उमालेर पिउँदा स्वास्थ्यमा पर्ने फाइदाबारे जानकारी दिएकी छिन् ।

आँपको पात उमालेर पिउनुका फाइदा: मधुमेहका रोगीलाई आँपको पात उमालेर पिउँदा निकै फाइदाजनक हुनसक्छ । यसमा एन्थोसाइनिडिन नामको टेनिन हुन्छ जसले ब्लड सुगरलाई नियन्त्रण गर्ने गर्छ । आँपको पातलाई उमालेर पिउँदा मधुमेहको लक्षणबाट छुटकारा पाउन सकिन्छ ।

रक्तचाप नियन्त्रण गर्छ: आँपको पातमा हाइपो टेन्सन गुण हुन्छ । यसले उच्च रक्तचापलाई नियन्त्रित गर्न मद्दत गर्छ । साथै, रक्त वाहीकालाई बलियो बनाउने र फुलेको नसाको उपचारमा पनि मद्दत मिल्न सक्छ । दमका बिरामीका लागि लाभकारी: आँपको पातलाई उमालेर पिउँदा दम र साससँग सम्बन्धित रोगमा लाभ मिल्न सक्छ । खोकी र घाँटी दुखाइको समस्यामा पनि आँपको पातको काढा बनाएर पिउँदा फाइदाजनक हुनसक्छ ।

पाचन तन्त्रलाई स्वस्थ राख्छ: आँपको पातलाई उमालेर पिउँदा पाचन तन्दुरुस्त हुनसक्छ । यसले पेटका लागि औषधीको काम गर्छ । यो खाँदा शरीरमा भएको विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । साथै, पेट दुखाई, ग्यास र कब्जियतजस्ता समस्यामा आराम मिल्छ । पत्थरीबाट राहत दिलाउँछ: मिर्गौला र पित्त थैलीको पत्थरीको उपचारमा आँपको पातको सेवन लाभदायी हुनसक्छ । नियमित रूपमा आँपको पातलाई उमालेर पिउँदा पत्थरी फुट्ने गर्छ र मूत्र मार्गबाट बाहिर निस्कन मद्दत गर्छ ।

आँपको पात उमालेर पानी कसरी बनाउने ? एउटा भाँडोमा २५० एमएल पानी लिनुहोस् । यसमा २–३ वटा आँपको पात हालेर पानी आधा नभएसम्म उमाल्नुहोस् । त्यसलाई यसलाई छानेर सेलाउन दिनुहोस् । यसमा मह मिसाएर पिउन सक्नुहुन्छ । दैनिक बिहान यसको सेवन गर्दा बढी फाइदा मिल्नेछ ।

Previous Post

उसिनेको अण्डा खाएपछि भुलेर पनि यी चिज नखानुहोस्, निम्त्याउँछ यस्तो खतरा

Next Post

अर्जुनको फिल्ममा एटलीको पारिश्रमिक ६० करोड

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

अर्जुनको फिल्ममा एटलीको पारिश्रमिक ६० करोड

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २१ मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.