- थाइराइड नियन्त्रण हुन्छ
थाइराइड रोगीका लागि धनियाँको पानी अमृतभन्दा कम छैन । यसलाई दैनिक खाली पेटमा पिउनाले थाइराइड नियन्त्रण गर्न मद्दत गर्छ ।
- पाचन स्वस्थ रहन्छ
बिहान खाली पेटमा धनियाँको पानी पिउनाले पाचनसम्बन्धी समस्याबाट मुक्ति मिल्छ । यसले एसिडिटीको समस्याबाट जोगाउँछ, जसले गर्दा जलन, ग्यास जस्ता समस्याहरू हुँदैन।
- तौल नियन्त्रणमा रहन्छ
धनियाँको पानी पिउँदा तौल पनि नियन्त्रणमा रहन्छ । यसमा पाइने उच्च फाइबरको कारणले पेट लामो समयसम्म भरिपूर्ण रहन्छ, जसले भोक लाग्नबाट बचाउँछ र तौललाई पनि नियन्त्रणमा राख्छ ।
- महिनावारीको दुखाइ कम हुन्छ
महिनावारीको समयमा दुखाइ र पेट दुखाइ कम गर्न धनियाँको पानी उत्तम विकल्प हो।
- छालाका लागि पनि फाइदाजनक हुन्छ
धेरै पोषक तत्त्व र एन्टिअक्सिडेन्टले भरिपूर्ण धनियाँको पानी दैनिक पिउनाले छालाको समस्याबाट मुक्ति मिल्छ। यसले छालाको रङ्ग निखार्छ र बुढ्यौली पनि सुस्त हुन्छ।
- रगतमा चिनी नियन्त्रण हुन्छ
धनियाँको दानामा हाइपोग्लाइसेमिक गुण पाइन्छ, जसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ। दैनिक धनियाँको पानी पिउनाले मधुमेहका बिरामीलाई फाइदा हुन्छ ।
- सुन्नेको कम गर्नुहोस्
धनियाँको दानामा एन्टी-इन्फ्लेमेटरी गुण हुन्छ, जसले सुन्नेको कम गर्न मद्दत गर्छ।






Discussion about this post