सेयर बजारमा तीब्र वृद्धिसँगै तेस्रोपटक सर्किट लाग्दै बन्द हुन पुगेको छ । नेप्से सूचक ११७ अंकले बढ्दै २०७८ अंकमा उक्लिएको छ ।
आज ३ अर्ब ७५ करोड २० लाख ९९ हजार रुपैयाँ बराबरको ९ लाख ३४ हजार ९१९ कित्ता सेयर बजारमा किनबेच भएको छ ।
आज म्युचुअल फण्ड बोहक १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक आज ७.८६ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक ६.४१ प्रतिशतले, इन्भेष्टमेन्ट बैंक समूह ६.४० प्रतिशतले, लाइफ इन्स्योरेन्स ६.३२ प्रतिशतले र फाइनान्स समूहको उपसूचक ६.१३ प्रतिशतले बढेको छ ।





Discussion about this post