HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

नेपाल टेलिकमको ‘फ्री वाइफाइ’ विमानस्थलमा

हो खबर by हो खबर
२ वर्ष अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आज सहमति भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।

सो सहमतिपत्रमा टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र प्राधिकरणका तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्री वाइफाइ नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरुमा चरणबद्ध रुपमा फ्री वाइफाइ इन्टरनेट सेवा सञ्चालन गर्नेछ ।

त्यसैगरी विमानस्थलभित्र यात्रुलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवासम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायताकक्ष स्थापना गरिने विज्ञप्तिमा उल्लेख छ ।

फ्री वाइफाइ नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनका लागि उपकरणहरु जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य प्राधिकरणले गर्नेछ । यात्रुलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थान प्राधिकरणले उपलब्ध गराउने सहमतिपत्रमा भनिएको छ ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा फ्री वाइफाइ सेवा सञ्चालन गर्ने सहमति भइसकेको छभने अब विमानस्थलको सबै स्थानमा सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Previous Post

आज नेपालले नेदरल्याण्ड्ससंग खेल्दै

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८० फागुन १३ गते आइतबार, हेर्नुहोस : राशिफल

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

सूचना/प्रबिधि

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान...

Read more

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

७ महिना अगाडि
1.2k

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

१० महिना अगाडि
1.2k

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाही

११ महिना अगाडि
1.2k

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८० फागुन १३ गते आइतबार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.