HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

ध्यानले दिमागको शक्ति बढाउँछ ?

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आधुनिक जीवनमा नयाँ प्रविधिको बारेमा हामीले धेरै नयाँ कुराहरू सिक्नु पर्ने हुन्छ । नयाँ कुरा सिक्नको लागि मानिस सधैँ तत्पर हुन्छ । मानिसलाई नयाँ कुरा सिक्नको लागि के कुराले तत्पर गराउँछ ? मस्तिष्कले ।

मस्तिष्कसँग नयाँ परिस्थिति अनुसार आफूलाई अनुकूलन गर्ने र व्यवहार गर्ने क्षमता हुन्छ । यद्यपि, दैनिक घटनाहरूले पनि मस्तिष्कमा परिवर्तन ल्याउन सक्छ र यसले काम गर्ने तरिका परिवर्तन गर्न सक्छ ।

मानसिक शक्तिसँग ध्यान को सम्बन्ध

ध्यानको अभ्यास हजारौँ वर्ष पुरानो हो । तर केही दशकअघि मात्रै मनोवैज्ञानिक र मनोचिकित्सकहरूले यसबारे गहन अनुसन्धान गर्न थालेका छन् । विभिन्न अनुसन्धानमा ध्यानको उपयोगिता प्रमाणित गरिसकेपछि अहिले यसलाई सिफारिस गर्न थालिएको छ ।

अमेरिकी मनोवैज्ञानिक डेभिड क्रेसवेलले धेरै अनुसन्धानलाई व्याख्या गर्दै करिब २० वर्ष अगाडि लेखेका थिए कि मानसिक शान्ति हाम्रो दैनिक जीवनसँग सम्बन्धित छ ।

जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखका अनुसन्धानकर्ता ब्रेटा होल्जल र अमेरिकाको म्यासाचुसेट्स जनरल हस्पिटलकी अनुसन्धानकर्ता सारा लाजरका अनुसार ध्यानले मस्तिष्कको स्मरण शक्तिलाई बलियो बनाउन सहयोगी हुन्छ ।

मनोवैज्ञानिक मेलिसा होगेनबुम बर्नहोफर भन्छिन्, ‘ध्यान गर्दा श्वासप्रश्वासमा ध्यान दिनु पर्छ । वास्तवमा यो प्रक्रिया मस्तिष्कले गरिरहेको हुन्छ । यसो गर्दा दिमागले यताउता ध्यान दिन बन्द गर्छ । एकाग्र भएर ध्यान गर्दा श्वासप्रश्वासको माध्यमबाट हामी हाम्रो मांसपेशीलाई बलियो बनाउन सक्छौँ । यस अवधिमा हामीले आफ्नो शारीरिक, मानसिक क्षमतालाई नियन्त्रण गरिरहेका हुन्छौँ ।’

ध्यानसँगै सावधानी पनि महत्त्वपूर्ण छ

इन्द्रप्रस्थ एपोलो अस्पताल, नयाँ दिल्लीकी मनोवैज्ञानिक मोनालिसा दत्त भन्छिन्, ‘कोभिड महामारीको समयमा मानिसहरूको सामाजिक जीवन प्रभावित भएको थियो । मृत्युको डर र नकारात्मकता मानिसहरूमा यतिसम्म गाँसिएको थियो कि यसले उनीहरूको मानसिक स्वास्थ्यलाई असर गरेको थियो । कोभिड पछि चिन्ता र तनावका साथै डिप्रेसनका घटनाहरू बढ्दै गएका छन् ।’

उनी भन्छिन्, ‘हामीले राम्रो खानपान, सुत्ने र समयमै उठ्ने, केही समय घाममा बस्ने र प्रकृतिसँग समय बिताउने गर्नुपर्छ ।

आजभोलि प्रायः सबैको स्क्रिन टाइम धेरै हुन्छ । यसले मानिसमा तनाव मात्रै बढाउँदैन स्वभाव पनि आक्रामक बनाउँछ । यसलाई सुधार्नको लागि आफ्नो व्यक्तिगत र कार्य जीवनमा पनि सन्तुलन कायम गर्नुपर्छ ।

यसका साथै मोनालिसा दत्त खानपानमा सुधार गर्न र राम्रो जीवनशैली अपनाउन मात्र नभई योग र ध्यान गर्न पनि सल्लाह दिन्छिन् ।

उनी भन्छिन्, ‘आजको व्यस्त जीवनमा तनावबाट बच्न सकिँदैन, तर यसलाई कम गर्न ध्यान जस्ता कुराहरू अपनाउनुपर्छ ।’

ध्यान विज्ञको रेखदेखमा मात्रै गर्नुपर्ने उनको भनाइ छ । विशेष गरी जो डिप्रेसनबाट पीडित छन् उनीहरू बन्द कोठा वा एकान्तमा असहज महसुस गर्न सक्छन् ।

न्यूरोप्लास्टिकिटी – मस्तिष्क शक्ति को रहस्य

मानव मस्तिष्कमा आफैलाई सिक्ने, परिवर्तन गर्ने र विकास गर्ने स्वभाव हुन्छ । मस्तिष्क प्लास्टिक जस्तै हो जुन विभिन्न चीजहरूमा रूपान्तरण गर्न मिल्छ । यसलाई न्यूरोप्लास्टिकिटी भनिन्छ, जसको सरल अर्थ भनेको कुनै कुराको बारेमा हाम्रो विचारहरू परिवर्तन हुँदा, मस्तिष्कको संरचना र यसको काम गर्ने तरिका परिवर्तन हुन्छ ।

साथै, योग, ध्यान र व्यायाम जस्ता चीजहरू मार्फत, हाम्रो मस्तिष्कको शक्ति, आकार र घनत्व बढाउन सक्छौँ ।

पहिले यो सबै किशोरावस्था सम्म मात्र हुन सक्छ भन्ने विश्वास थियो, तर यो एक निरन्तर परिवर्तन हुने शक्ति हो जसले हाम्रो पहिचानलाई आकार दिन काम गरिरहन्छ । जब हामी केही नयाँ सिक्छौँ, त्यो कुराले छिट्टै आफैलाई अनुरूप बनाउँछ ।(बिबिसी)

Previous Post

सलमान खानको परिवारको सुरक्षा दिँदै मुम्बई प्रहरी

Next Post

बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर भूकम्प

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर भूकम्प

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.