HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मधुमेह रोगको अचुक औषधि जामुनको प्रयोग यसरी गर्नुहोस्

हो खबर by हो खबर
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

जामुनको स्वाद मिठो हुन्छ । जामुनलाई अंग्रेजीमा (ब्ल्याकबेरी) नामले पुकार्ने चलन छ । आजकाल हरेक घरमा सुगर (Blood Sugar) रोग भएकाले सुगरमा जामुनलाई महत्वपूर्ण औषधिको रूपमा मानिएको छ । काचो भएमा हल्का टर्टो र पाके पछि मिठो हुन्छ ।

अधिकांश वैद्यहरूले यसको बोक्रा फालेर दानालाई पिसेर पाउडर बनाएर मधुमेहको रोगीलाई दिदा ठिक हुने कुरा लेखेको छ । तर यो गलत व्याख्या गरिएको छ । यसरी बनाएको औषधिमा गुण न्युन हुनसक्छ ।

जामुनको फल सुकाउने र पिसेर पाउडर बनाएर प्रयोग गरेमा मधुमेहको दोहोलो गर्छ भन्ने कुरा आयुर्वेदिक ग्रन्थमा उल्लेख गरिएको छ । यसलाई आफ्नो खानमा नियमित रुपमा खाँदा निकै फाइदा हुन्छ । जामुनको फलमा पाइने केही रसायले रगतमा सुगर लेवल नियन्त्रण गर्न धेरै काम गर्छ ।

जामुन मौसमी फल भएको कारण यो सधैँ पाउन सकिँदैन । तर पाकेको जामुनको फल जम्मा गरेर सुकाएर राखेमा अन्य मौसममा औषधिको रूपमा यसलाई प्रयोग गर्न सहयोग पुग्ने छ । जामुन जति स्वादिलो हुन्छ, त्यति नै यसका औषधीय गुणहरुले पनि यो पूर्ण रहेको पाइन्छ ।

यसमा खनिजको मात्रा पनि अधिक हुन्छ । यसको बीउमा कार्बोहाइड्रेट, प्रोटिन र क्याल्सियम अधिक मात्रा पाइनुका साथै आइरन, भिटामिन र फाइबर पाइन्छ । डायबेटिजको उपचारका लागि जामुन धेरै नै उत्तम मानिन्छ । मधुमेहका रोगीले जामुनका दानालाई सुकाएर, पिसेर नियमित सेवन गर्ने हो भने सुगरको रोगमा राम्रो फाइदा पुग्दछ ।

जामुनका अन्य प्रयोगहरु यस्ता छन्

१. सुगरका रोगीले काचो जामुनको सिजनमा काचो र पछि सुकेको जामुनलाई माटाको भाडामा १ केजी जति २ पाथी जति पानीमा भिजाएर राख्ने २,३ दिन पछि विहान बेलुका जामुनको पाउडर एक चमच एक गीस रसमा हालेर नियमित सेवन गर्ने सुगर लेवल कम हुदै जानेछ ।

२. जामुनको रुखको बोक्रालाई केही घण्टा पानीमा भिजएर राख्ने र त्यसको रसमा मह मिसाएर विहान बेलुका पिएको खण्डमा पायल्स रोग समेत निको हुन्छ ।

३. केमोथेरापी र रेडिएसनमा पनि जामुनको सेवनले राम्रो फाइदा हुने गर्दछ । जामुनको पाकेको फल खानाले पथरीमा फाइदा पुग्दछ ।

४. जामुनले शरीरको पाचनशक्तिलाई बढाउनका साथै यसले पेटसम्बन्धी विकारहरुलाई कम गर्दछ ।

५. मुखभित्र देखिने छालाका समस्यामा पनि जामुनको रस प्रयोग गर्नाले राम्रो फाइदा गर्दछ ।

नोट : हाम्रो जगलमा र घरवरिपरि यस्ता थुप्रै औषधीय गुणहरुले भरिपूर्ण जडिबुटी छन्, त्यसको समुचित प्रयोगले हाम्रो स्वास्थ्यको रक्षा गर्न सकिनुका साथै अनावश्यक खर्चबाट आफुलाई बचाउन सकिने छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

Previous Post

जेसीबीले ठक्करबाट प्युठानमा एक जनाको मृत्यु

Next Post

सपना जसले तपाईको भाग्य बदल्छ

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

सपना जसले तपाईको भाग्य बदल्छ

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.