HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मन्दिरमा किन चढाइन्छ नरिवल ?

हो खबर by हो खबर
२ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मठमन्दिरमा नरिवल चढाउने गरिन्छ । यसरी नरिवल चढाउँदा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । भक्तजनहरूले मन्दिरमा सबैभन्दा बढी फूल चढाउँछन् । त्यसपछि नरीवरकाे पानी चढाउने गरिन्छ ।

नरिवललाई संस्कृतमा नारिकेल भनिन्छ। श्रीफला पनि भनिन्छ । जसको अर्थ ‘शुभ फल’ हुन्छ । त्यसैले शुभ प्राप्तिका लागि शुभ फल चढाउने प्रचलन सुरु भएको धार्मिक विश्वास रहँदै आएको छ ।

वैदिक शास्त्र तथा पुराण तथा महाकाव्यहरूमा मन्दिरमा नरिवल चढाउनुपर्ने विषयमा उल्लेख गरिएको पाइन्छ । यो फल इन्डोनेशियामा पाइन्थ्यो अनि पहिलो शताब्दी पछिको समयमा उत्तरी एशियातिर भित्र्याइएको जनाइन्छ।

नरिवललाई धेरै जस्तो शुभकार्य गर्न प्रयोग गरिन्छ। तोरण झै घरको ढोकामा कुनै शुभ कार्य पूर्व नरिवल फोडिन्छ । नरिवललाई उर्वरताको प्रतीक मानिन्छ । त्यसैले धार्मिक विश्वास अनुसार, यदि कोही स्त्रीलाई सन्तानको इच्छा भएमा नरिवलको रुख रोपेमा सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ ।

नरिवललाई विवाह, चाडपर्व, नयाँ सवारी साधनको प्रयोग गर्दा, बाटो तथा पुल निर्माण गर्दा, घरको जग हाल्दा आदि कार्यमा पनि प्रयोग गरिन्छ। कुनै कार्यको शुभारम्भ पूर्वनै सबै काम राम्रोसँग होस् भनी नरिवल फोड्नुपर्ने धार्मिक विश्वास रहँदै आएको छ ।

नरिवललाई दुइ टुक्रा बनाइ भगवानलाइ चढाइन्छ र पछि प्रसादको रुपमा बाँडिन्छ। नरिवलको रुखलाइ पनि फल जतिकै शुभ मानिन्छ।

धार्मिक विश्वास अनुसार नरिवलको रुख विनाश गर्नेको पनि विनाश हुने बताइन्छ ।

भगवानलाइ किन चढाइन्छ नरिवल ?

परापूर्वककालमा मानिसको बलिदान गरिन्थ्यो । पूजाआजा गर्दा कुनै महत्त्वपूर्ण कार्यको अगाडी मानिसलाई नै चढाउने चलन थियो । पछि यो कार्यमा कुरा उठ्न थालेपछि मानिसको ठाउँमा नरिवलले काम चलाउन थालिएको विश्वास गरिन्छ ।

किंवदन्ती अनुसार नर वलीको ठाउँमा नरिवललाई प्रयोग गरिएको पाइन्छ ।

हिन्दु धर्मग्रन्थ अनुसार नरिवल फल नै ऋषि विश्वामित्रले बनाएका थिए। राजा सत्यवर्त मानिसकै रुपमा स्वर्गलोक जान चाहन्थे तर स्वर्गका देवताहरूले आउन नदिएको कारणले सहयोगार्थ विश्वामित्रले नरिवलको उत्पत्ति गराएका थिए।

सत्यवर्त सूर्यवंशका चर्चित अनि धर्मात्मा राजा थिए । उनको एउटै इच्छा थियो, आफ्नो शरीर समेत नै स्वर्गलोक हुने ।

स्वास्थ्यका लागि नरिवलका फाइदाहरू

नरिवलको तेलले कपाल कालो बनाउने अनि चाडै फुल्नबाट रोक्ने गर्दछ। नरिवलको पानी स्वास्थ्यको लागि राम्रो मानिन्छ। गर्मी क्षेत्रमा पाइने नरिवलले जमिनको नुनिलो पानी सोसेर मिठो पानी उत्पादन गर्छ।

पेट, आन्द्रा तथा किड्नीको लागि नरिवल पानीले राम्रो गर्दछ। किड्नीमा पत्थरी छ भने नरिवल पानीले घुलाउने काम पनि गर्छ।

Previous Post

आज शनिबार शनि देवलाई प्रसन्न गराउन पूजा कसरी गर्ने

Next Post

देश भरको मौसम कस्तो? मौसम पूर्वानुमान

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

देश भरको मौसम कस्तो? मौसम पूर्वानुमान

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.