काठमाडौँ महानगरपालिकाले धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आज देखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो ।
ठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेको थियो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले आज देखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको बताए । यसअघि काठमाडांै टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको व्यवस्था मिलाएको उनको भनाइ छ ।
५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुने उनको भनाइ छ । सहिद गेटबाट नयाँ सडक जाँदा गएको दसैँदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो । संरचनागत रुपमा, यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो ।
खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...
Read more






Discussion about this post