HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन, माघ महिनाको कस्तो छ भाग्य हेर्नुहोस : राशिफल

हो खबर by हो खबर
२ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशिका लागि माघ महिना फलदायी रहनेछ । महत्त्वाकांक्षी काम प्रारम्भ गर्ने समय छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दाम, इनाम र पुरस्कार प्राप्त गर्ने समय छ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। व्यापार तथा उद्योगतर्फ मनग्गे फाइदा हुनेछ भने काममा थप लगानी बढाउन सकिनेछ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। स्वास्थ्यमा भने केही कमजोरी देखा पर्नसक्छ। चोटपटक लाग्ने योग देखिएकाले सवारी र हातहतियारको उपयोग गर्दा सावधानी अपनाउनुहोला।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । यो महिनामा केही चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने स्थिति आउन सक्छ। व्यावहारिक दायित्वको बन्धनले स्वतन्त्रतामा बाधा पुर्याउनेछ। बन्धुबान्धव तथा गुरुजनसँग मतभेद देखापर्न सक्छ। केही थकान, आलस्य र अस्वस्थताले पनि लक्ष्यप्राप्तिमा विलम्ब हुनेछ। प्रेममा असमझदारी बढ्नेछ भने काममा आफन्तको अवरोध देखापर्न सक्छ। तर, अनुभव, चुनौती र आवश्यकता नै कर्मयोगका प्रेरक बन्नेछन्। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। पहिले टाढिएका आफन्तहरू नजिकिनेछन्। समाजमा गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। अचल सम्पत्तिले उब्जाएको वादविवाद सम्झौतामा टुंगिनेछ। अर्थ अभावले सताए पनि गृहस्थी सुखद रहनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशिका लागि यो महिना सामान्य रहनेछ । महिनाभरि कष्टभावमा रहने सूर्यको प्रभावले केही चुनौतीहरू देखापर्न सक्छन्। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। व्यवसाय र नियमित आयमूलक काम भने बन्नेछन्। परिस्थितिवश चिताएको लाभांश नउठ्नाले अर्थ अभाव देखापर्न सक्छ। दुर्भावना राख्नेहरूले दुःख दिनेछन्। लामो सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ। कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउने समय छ। चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। आँटेका काममा वैधानिक हस्तक्षेप हुने समय रहेकाले सजग रहनुहोला। शुभचिन्तकहरूको साथले मात्र चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशिका लागि यो महिना शुभफलदायी रहनेछ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्ने समय छ। व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। व्यापारमा मनग्गे लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ। आस मारेको काम सम्पादन हुनाले उत्साह जाग्नेछ। विभिन्न अवसर प्राप्त हुनाले जोस–जाँगर बढ्नेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने साइत जुर्नेछ। अध्ययनको सफलताले विदेश जाने अवसर दिलाउन सक्छ। मित्रताको बन्धन अझ प्रगाढ हुनेछ। प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्ने समय छ। तर, अरूका विषयमा चासो राख्ने बानीले आत्मसम्मानमा चोट पुर्याउन सक्छ, सजग रहुनुहोला।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशिका लागि यो महिना विशेष फलदायी रहनेछ। पुरुषार्थी कामले उत्साह जगाउनेछ। नयाँ उद्योग वा व्यवसाय सुरु हुनेछ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। आँटले काम लिँदा मनग्गे फाइदा हुनेछ। अर्थ उपार्जनका विभिन्न स्रोत प्राप्त हुनेछन्। पहिलेका प्रतिस्पर्धीहरू नै सहयोगीका रूपमा देखा पर्नेछन्। विभिन्न अवसर प्राप्त हुनेछन्। वर्गीय हक–हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। साझेदारी तथा सगोलको सम्पत्तिमा केही विवाद आउन सक्छ। आफन्तसँग असमझदारी बढ्ने हुँदा व्यवहारमा सजग रहनुपर्ला।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशिका लागि यो महिना मिश्रित फलदायी रहनेछ । स्वास्थ्यमा मौसमी समस्या देखापर्न सक्छ। आँटेका काममा केही विलम्ब भए पनि शुभचिन्तकहरूको साथ जुट्नेछ। सन्तानका माध्यमबाट पनि लाभ मिल्ने समय छ। टाढिएका आफन्तसँग भेटघाट तथा मेलमिलाप हुनेछ। गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला प्राप्त हुनेछ। परिस्थितिले साथ दिनेछ भने मनको डर उत्साहमा रूपान्तरित हुनेछ। बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। सानो प्रयत्नले आर्थिक स्थितिमा सुधार आउनेछ भने अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन्। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशिका लागि यो महिना सामान्य रहनेछ । उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा बुद्धि–विवेकले काम लिन नसकिएला। भूमिबाट प्रशस्त लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ। आमाको स्वास्थ्य बिग्रनाले त्यसप्रति चिन्ता बढ्नेछ। अरूको भरपर्दा चिताएको काम रोकिन सक्छ। असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण विवाद हुन सक्छ। तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले परिस्थिति अनुकूल बनाउन सफल भइनेछ। मिहिनेत गर्दा व्यवसायमा फाइदै हुनेछ। लगनशीलताले अप्ठ्यारो ठानिएका काम पनि सम्पादन हुनेछन्। कृषितर्फ पछि फाइदा हुने कामे थालनी हुनेछ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउन सक्छ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशिका लागि माघ महिना विभिन्न अवसर जुट्नाले निकै लाभदायक रहनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ। उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। राजनीतिक क्षेत्रमा पनि पद–प्रतिष्ठा प्राप्त हुने ग्रहयोग छ। प्रतिस्पर्धीहरूले हार खानेछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ। दाजुभाइबीच सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। तापनि प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। प्रतिष्ठित काम शुभारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
धनु राशिका लागि माघ महिना मिश्रित रहनेछ । मिहिनेत गर्दा सामाजिक प्रतिष्ठा प्राप्त हुन सक्छ। व्यवसायले नयाँ गति लिनेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सकिनेछ। तर बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। परिस्थितिले गलत मार्गमा अग्रसर गराउने सम्भावना देखिएकाले व्यवहारमा सजग रहनुपर्ला। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्नेछ। आँटेका काममा अनायासै चुनौती देखापर्न सक्छ। ठूलो आशा देखाउनेहरूबाट पनि धोका पाइनेछ। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुपर्ला। टाउको र आँखासम्बन्धी समस्याले सताउन सक्छ। आफ्ना कमजोरीमाथि गुनासो बढ्न सक्छ। शुभचिन्तकहरूको सुझावलाई विशेष ध्यान दिनुहोला।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
मकर राशिका लागि यो महिना मध्यम रहनसक्ने देखिन्छ । काममा आलस्य बढ्नेछ भने समयमा काम गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ। परिस्थिति संघर्षमय रहनाले चिताएको फाइदा नउठ्न सक्छ। आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। उच्च रक्तचाप, टाउको दुखाइ वा आँखाको समस्याले पनि सताउन सक्छ। आफन्तसँग असमझदारी बढे पनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। वस्त्र, भोजन वा सामान्य उपहार हातलागी हुने समय छ। कृषि तथा पशुधनबाट फाइदा पुग्नेछ। खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने अवसर जुट्न सक्छ। तर, आम्दानी र खर्चको सन्तुलन मिलाउन नसक्दा अर्थअभावले सताउन सक्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
कुम्भ राशिका लागि माघ महिना सामान्य रहनेछ । यस महिनामा केही व्यावहारिक उतारचढाव आउन सक्छन्। सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइनेछ। आम्दानीको तुलनामा बढी खर्च हुनाले आर्थिक समस्या देखा पर्न सक्छ। दौडधुप र लगनशीलताले मात्र काम सम्पादन हुनेछ। आश्वासन बाँड्नेहरूबाट सहयोगको आशा नराख्नुहोला। तापनि, शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनाले चिताएको काम प्रारम्भ हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी केही फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा विदेश जाने अवसर प्राप्त हुनेछ। आफन्तजन बिनाकारण टाढिने सम्भावना रहेकाले संयमतापूर्वक व्यवहार गर्नुहोला।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
मीन राशिका लागि माघ महिना कार्यदायी रहनेछ । प्रारम्भमा केही समस्या देखिए पनि यो महिना उत्साहवर्धक रहनेछ। रोकिएका काम बन्नुका साथै आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। नोकरी तथा राजनीतिमा सम्मानित स्थान प्राप्त हुनेछ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। मानसम्मानका साथ आम्दानी बढ्नेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। सोख तथा विलासी मनोवृत्तिले खर्च बढाए पनि उत्साहजनक समाचार सुन्न पाइनेछ। भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। कृषि, पशुधनबाट पनि यथेष्ट लाभ हुनेछ। घर–गृहस्थीमा मन रमाउनेछ। परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ। एकपछि अर्को गर्दै महत्त्वाकांक्षा पूरा हुन सक्छ।

Previous Post

भगवान शिवको विशेष दिन आज सोमवार

Next Post

६.४० प्रतिशत नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा,आयो त ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

६.४० प्रतिशत नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा,आयो त ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.