HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

‘माघे सङ्क्रान्ति’ पर्वको रौनक

हो खबर by हो खबर
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

 पुस । गोरखा नगरपालिका–१० छेपेटारकी ६७ बर्षिय धनाकुमारी कुमाललाई माघे सङ्क्रान्ति पर्व मनाउनका लागि सरसमानको जुटाउन गर्न भ्याइनभ्याई छ । माघी पर्व भनेर समेत चिनिने माघे सङ्क्रान्ति पर्वका लागि घरका परिवार मात्र होइन छिमेकी, इष्टमित्र र कुटुम्बलाई पनि पाहुना बोलाएकाले पनि मिठामिठा परिकारको जोहो गर्न उहाँ व्यस्त हुनुहुन्छ ।

‘‘यसैपनि घरमा सवै परिवार जम्मा हुने भएपछि रमाइलो त हुने नै भयो, उहाँले भन्नुभयो, ‘‘त्यसमाथि पनि हाम्रो समुदायले मनाउने पर्वहरुमध्ये माघी पर्व सवैभन्दा ठूलो पर्व भएकाले धुमधामका साथ मनाउनै प¥यो ।’’

बर्षभरी दुःख गरेर सवै खेतीबाली भित्र्याएर सकिएपछि पुस महिनामा पकाएर माघ महिनामा खाने पर्व पनि हो माघी पर्व । पुसमा पकाएको परिकार माघमा खाने भएकाले पुसमसान्तको साँझ मासको रोटी बनाउनका लागि उहाँलाई उत्तिकै चटारो छ ।

‘‘मासको रोटी तयार गर्दा मास कुटेर लामो समयसम्म भिजाएर मासको सवै बोक्रा छोडाएर सेतो हुने गरी सफा गरिन्छ, उहाँले भन्नुभयो, ‘‘सफा गरिएको मास ढिकीमा कुटेर तयार पार्ने र उक्त मासमा लसुन, बेसार लगायतका मसला हालेर रोटी (फुरौला) पकाउने गरिन्छ ।’’ कुमाल समुदायका लागि दशैं, तिहार भन्दापनि ठूलो पर्व माघे सङ्क्रान्ति हो ।

यहाँका कुमाल समुदायहरुले हरेक बर्ष माघी पर्व धुमधामका साथ मनाउने गर्दछन् । प्रकृति पूजक कुमाल जातिले माघे सङ्क्रान्ति मनाउनुको आफ्नै विशेषता र महत्व पनि रहेको छ ।

माघे सङ्क्रान्ति पर्वलाई कुमाल समुदायले मौलिक सँस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिने गर्दछन् । यो समुदायले माघे सङ्क्रान्तिलाई नयाँ वर्ष शुरुवातको रूपमा समेत मान्दै आएका छन् ।

माघी पर्वमा पुस महिनाको अन्त्य र माघ महिनाको सुरुवातको दिन मनाइने माघे सङ्क्रान्ति पर्वमा मासको दाल, चामल, बेसार, घिउ मिसाइएको खिचडी बनाएर खाने प्रचलन पनि छ ।

माघीका दिन घरमा आउने पाहुनालाई मासको रोटी (फुरौला), सेल रोटी, सुँगुरको मासु, कुखुरा माछा, खुदौरो, घिउचाकु, भातको जाँड लगायतका परिकारले सत्कार गर्ने चलन आफुहरुको रहेको उहाँको भनाई छ ।

कुमाल समुदायका लागि अन्य पर्वहरुभन्दा माघी पर्वको छुट्टै रौनक हुने गरेको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७, बोर्लाङका दलवहादुर कुमालले बताउनुभयो । घरपरिवार जम्मा हुने, रमाइलो गर्ने, मिठामिठा परिकार खाएर रमाउने साथै परिवार, इष्टमित्र, कुलकुटुम्बहरु सवै भेटघाट गरी दुःख सुःखको कुराकानी साटासाट गर्ने अवसरका रुपमा पनि माघी पर्वलाई लिने गरिएको उहाँले बताउनुभयो ।

‘‘सूर्यनारायण पुस–माघदेखि उत्तरायण हुने कारणले प्रकृति पूजक जातिले नयाँ वर्ष शुरुवातको रूपमा मान्ने गर्दछन्, कुमालले भन्नुभयो, ‘‘ कुमाल जातीले माघे सङ्क्रान्ति पर्वलाई मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रुपमा लिने गरेको पाइन्छ ।’’

माघे सङ्क्रान्तिको दिन विहान सवेरै बाबुआमा नभएका घरको मुलीले खोलामा गएर नुहाउने र घरमा आएर पितृको नाममा पानी दिने र कुखुरा काटेर चामल र रगतमा मुछेको टीका लगाइदिने परम्परा समेत कुमाल समुदायमा छ । माघी पर्वमा मिठामिठा परिकार, कन्दमुल तरुल, पिडालु, सखरखण्ड लगायतका खानेकुराहरु खाने गरिएको उहाँले बताउनुभयो ।

कुमाल समुदायले माघी पर्वलाई कुलायन देवतालाई सम्झेर पितृ पुज्ने र छोरी कुटुम्बलाई समेत घरमा बोलाएर पुज्ने प्रचलन छ । ‘‘कुमाल समुदायका लागि दशै तिहार लगायतका अन्य चाडपर्वको त्यति धेरै महत्व हुँदैन, जति माघे संक्र्रान्ति पर्वको हुन्छ, कुमालले भन्नुभयो,‘‘माघी पर्वमा अनिवार्य जस्तै चेलीवेटी वोलाउने तथा आउने जाने पनि गर्दछन् ।’’

माघे संक्रान्ति पर्व खर्चिलो पर्व बन्दै गएकाले आर्थिक अवस्था कमजोर भएकाहरुका लागि समस्या समेत हुने गरेको उहाँको भनाई छ । ‘‘माघी पर्वका बेला बिदेशमा भएकाहरु समेत सकभर घर फर्किएर परिवारसँग बसेर माघी पर्व मनाउन आउने गर्दछन्, कुमालले भन्नुभयो, ‘‘घरमा रहेका अन्य परिवारका सदस्यहरु पनि घरबाहिर रहेका परिवारको सदस्यको पखाईमा हुने गर्दछन् ।’’

माघे सङ्क्रान्ति पर्वमा दिन कुमाल समुदायले आफ्ना मौलिक भेषभुषा लगाएर हेम्फाइ नाँच नाच्ने चलन रहेको भएपनि अहिले विस्तारै हराउदै गएको उहाँले बताउनुभयो । कुमाल जाति खास गरेर पहाडी प्रदेशको खोला नदीको किनारमा पर्ने बेशी, टार र फाँटहरूमा बसोबास गरेको पाइन्छ । वि.सं.२०७८ को जनगणना अनुसार नेपालमा कुमाल जातिको जनसंख्या कुल एक लाख २९ हजार ७०२ रहेको छ ।

कुमाल जातिको मुख्य पेशा माटोको भॉडा बनाई बिक्रि गर्ने हो । त्यस्तै खोला, नदी, तलाउबाट माछामार्ने, खेतीपाती, पशुपालन पनि कुमाल समुदायको अन्य पेशाको रुपमा लिने गरिन्छ । कुमाल समुदायको बाक्लो बसोबास रहेका जिल्लाहरु मध्ये गोरखा जिल्ला पनि एक हो ।

गोरखाका जिल्लाको भीमसेन थापा गाउँपालिकाको क्यामुन्टार, सिमलटार, महादेवटार, घाटवेशी, गोरखा नगरपालिका छेपेटार, बाह्रकिलो, सिरानचोक गाउँपालिकाको चोरकोट, पालुङटार नगरपालिकाको च्याङ्ली गाइखुर, आरुघाट गाउँपालिका, सहिद लखन गाउँपालिका लगायतका क्षेत्रमा कुमाल समुदायको बाहुल्यता रहेको छ ।

Previous Post

आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै

Next Post

तराईमा बाक्लो हुस्सु केही भूभागमा वर्षा सम्भावना

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
१२ मिनेट अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

१४ मिनेट अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

तराईमा बाक्लो हुस्सु केही भूभागमा वर्षा सम्भावना

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.