• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:34:33+05:45303420266 2026-06-04T10:34:33+05:45000000Thu, 04 Jun 2026 10:34:33 +0545Thu, 04 Jun 2026 10:34:33 +0545Asia/Kathmandu630_303406Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000033Asia/Kathmandu 620266-10Jun+0545 303406Asia/Kathmandu3330am06p, 0000006ThursdayAsia/Kathmandu3333 262026000000 k620264 3010Asia/Kathmandu 0434ffAsia/KathmanduThu, 04 Jun 2026 10:34:33 +0545Asia/Kathmandu62026-06-04T10:34:33+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:34:33 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 34f ( '303406Asia/Kathmandu3330am06p' === $3026pAsia/Kathmandu || '1780548573' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:34:33 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:34:33 +05456 $100630 ? 303406Asia/Kathmandu() : 303406Asia/Kathmandu() + (34630) ( 10Asia/Kathmandu30_2026p303420266( '100630_2026ff33Asia/Kathmandu30' ) * 10+05451780548573R_04_thEC+05454Thuth ); } 34f ( '062633qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:34:33'; } $303406Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453406Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780548573+0545C' ) : 4p_303406Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu303406Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453406Asia/Kathmandu( '620264', $303406Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:34:33 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:34:33 +05456 $04am30Asia/Kathmandu303406Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:34:33 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

लामो समय उभिएर काम गर्नेको पिँडुलामा नसा फुल्ने जोखिम के समस्या हो यो ?

हो खबर by हो खबर
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter


लामो समय उभिने वा उभिएर काम गर्नेहरुमा एउटा जटिल समस्या देखिन्छ, जसलाई मेडिकल भाषामा ‘भेरिकोज भेन’ भनिन्छ । यो भनेको नसाहरु फुलिनु हो । यस्तो समस्या अक्सर ट्राफिक, सेक्युरिटी गार्ड, नर्स, सेफ, वेटर, शिक्षक आदिमा हुनसक्छ ।

के अनुमान गरिन्छ भने, हाल नेपालका कुल जनसंख्याका ३० देखि ४० प्रतिशत मान्छेमा ‘भेरिकोज भेन’ को समस्या छ । यद्यपि यसबारे धेरै चासो र चर्चा भएको छैन । जसले गर्दा आवश्यक सतर्कता र उपचार गर्ने कुरामा ढिलाई भइरहेको छ ।

यसले पीडा त दिन्छ नै त्यसबाहेक नसा, छाला आदिमा गम्भिर क्षति पुर्‍याउन सक्छ ।

के समस्या हो यो ?

पिँडुला वा छालाको कुनैपनि सतहमा गाढा निलो-हरियो रङको नसा फलेको देखिन्छ । झट्ट हेर्दा यो गँड्यौला जस्तै गुजुमुज्ज परेको हुन्छ । यस्तो समस्या खासगरी पिँडुलामा हुन्छ। यद्यपि शरीरको अन्य भागमा पनि हुनसक्छ ।

प्रायस्जसो निरन्तर रुपमा ७ देखि ८ घण्टासम्म उभिएर वा लामो समय बसेर काम गर्नेमा यो समस्या देखिने भएकोले यसलाई पेशागतजन्य रोग पनि भन्ने गरिन्छ । पेशागतजन्य रोगमध्ये एक हो, भेरिकोज भेन ।

रक्तसंचार प्रणालीमा भेन (शिरा) को काम

भेरिकोज भेनले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भनेर बुझ्नुअघि यसको भूमिका के हो थाहा पाउनु जरुरी छ । हाम्रो शरीरको विभिन्न भागमा अक्सिजनयुक्त रगत पुर्‍याउन मुटु पलपल खुम्चने–फुक्ने गर्छ । मुटुमा आएको अशुद्ध रगतलाई फोक्सोमा शुद्धिकरण गरी शुद्ध ९अक्सिजनयुक्त० रगत शरीरको विभिन्न अंगमा पठाउँछ । खुट्टातिरको अशुद्ध रगतलाई मुटुतर्फ फर्काउने काम खुट्टाको मांसपेशी वरिपरि रहने ठुलो खालको भित्री नसा (डिप भेन) हो ।

यसैगरी बाह्य छाला मुनिका सतहमा जुन नसा हुन्छ, त्यसलाई सुपरफिसियल अर्थात् सतही नसा भनिन्छ । यी सतही नसाहरु ठूलो खालको भित्री नसा (डिप भेन) मा गएर मिल्छ ।

कसरी खुम्चन्छ त नसा ?

शरीरको माथिल्लो भागबाट कार्बनडाइअक्साइड मिसिएको अशुद्ध रगत मुटुतिर सहज रुपमा फर्किन्छ । तर, तल्लो भाग अर्थात् खुट्टातिरबाट मुटुसम्म रगत फर्काउन माथिल्लो भागको जस्तो सहज हुँदैन । खासगरी उभिएको अवस्थामा ।

किनकि गुरुत्वाकर्षणविरुद्ध तलबाट सीधा माथि रगत नसाले मात्र पुर्‍याउन सक्दैन । त्यसको लागि रगत सञ्चालन एकतर्फी पार्न एवं सतही नसाको रगत भित्री नसातिर लैजानेको लागि यी नसामा जोडिने ठाउँ-ठाँउमा हुने भल्भले ठुलो भूमिका खेलेको हुन्छ ।

भल्भहरुले नै रगतलाई उल्टो फर्किनबाट रोक्छन् । यी भल्भहरुमा कुनै कारणवस खराबी आई काम गर्न नसकेमा रक्तनशा फुल्ने ९भेरीकोज भेन विकसित हुने० जोखिम हुन्छ । जब भल्भले काम गर्न सक्दैन वा खराब हुन्छ रगत मुटुसम्म पुग्न माथि जानुपर्नेमा उल्टो तल फर्किन थाल्छ । फलस्वरुपः सतही नसाहरु बिस्तारै फुल्दै जान्छन् ।

कसलाई हुनसक्छ ?

प्रायजसोः लामो समयसम्म उभिएर वा बसेर काम गर्ने पेशामा आवद्ध हुने मालिसहरुमा भेरीकोज भेनकोे समस्या देखिन्छ ।
जस्तैः सेक्युरिटी गार्ड, सैनिक, प्रहरी, ट्राफिक, शिक्षक, नर्स, डाक्टर, बैंक वा कर्पोरेट अफिसमा काम गर्ने व्यक्ति, रेष्टुरेन्ट तथा होटलमा काम गर्ने सेफ, वेटर, भरिया जस्ता लामो समयसम्म उभिएर वा निरन्तर रुपमा बसेर काम गर्नुपर्ने पेशाका व्यक्तिहरुमा धेरैजसोमा कालान्तरमा यो समस्या देखा पर्दछ।

यी बाहेक गर्भवती महिलामा हर्मोनमा गडबडी र पेट ठूलो भएर तल्लो भागको नसा च्याप्पिँदा पनि नसाहरु फुल्ने समस्या देखिन्छ ।

साथै, वृद्ध अवस्थामा, कब्जियत भैरहने, वंशाणुगतको कारणले पनि यो समस्या देखिन्छ । अन्य अवस्थाहरुमा रगत जम्ने समस्या र असामान्य रक्तनलीहरु भएकामा पनि यो रोग देखा पर्न सक्छ।
प्रायः यो ४० वर्ष उमेर कटेकामा जोखिमपूर्ण हुनसक्छ । तर, हर्मोनको समस्या र उभिएर काम गर्ने महिलालाई ४० वर्ष उमेर अगावै पनि देखिन सक्छ ।

चरण

भेरीकोज भेनको पनि धेरै चरणहरु छन् । सुरुवाती चरणमा पहिचान गरेमा अवस्था भयावह हुन पाउँदैन ।
पहिलो चरण – सुरुवाती चरणमा खुट्टामा मसिनो रेसा आकारका देखिन्छन् ।

दोश्रो चरण – रेसाहरु निलो रङमा परिणत हुनुको साथै नसाहरु फुलेर गँडयौलाजस्तो आकारमा देखिन्छन् ।

तेश्रो चरण – घुँडाहरु पनि सुनिन थाल्छ ।

चौथो चरण – फुलेको नसाहरुको रङ परिवर्तन हुँदै हरियो र निलो गाढा रङको दागजस्तो टाटो देखिन थाल्छ ।

पाचौँं चरण – यस चरणमा पुगेपछि त्यो दाग अल्सरमा परिणत हुन्छ ।

छैटौं चरण – निको नहुने खालको अल्सर विकसित हुन्छन् ।

लक्षणहरु

– खुट्टा हल्का सुन्निनु, खुट्टाको मांसपेशी बाँउडिनु, झमझमाउनु
— पिँडुला फर्किनु,
— खुट्टामा पोलेको महसुस हुनु
— रातिको समयमा खुट्टामा दुखाई महसुस हुनु
— खुट्टा भारी हुनु
— छाला सुख्खा हुँदै पातलो हुनु
— खुट्टाको छाला चिलाउनु, छालाको रङ्गमा परिवर्तन भई कालान्तरमा कालोपन देखिनु वा घाऊ हुनु

के छ उपचार ?

यस्ता समस्या देखिएमा पहिचानको लागि अल्ट्रासाउन्ड गराउनुपर्छ । अल्ट्रासाउन्डबाट सतही नसा र भित्री नसाको अवस्था कस्तो छ रु कति बिग्रिएको छ रु कति बाङ्गोटिङ्गो छ रु त्यो सबै पत्ता लगाउन सकिन्छ । पहिचानबाटै उपचारको योजना अघि बढ्छ ।

भेरीकोज भेनको उपचार पहिला शल्यक्रियाबाट मात्र सम्भव हुन्थ्यो । जहाँ छालालाई चिरेर गुजुल्टिएको तथा अनावश्यक नसालाई तानेर निकालिन्थ्यो । चिरफारबाट गरिने उपचारले विरामीहरुमा केहि जटिलताहरु देखापर्ने, घाऊ निको हुन समय लाग्ने, कुनै विरामीहरुको नसाहरुमा रगत जम्ने, उपाचार पछि काममा चाँडै फर्कन सहज नहुने जस्ता समस्या हुन सक्छन् ।

तर, पछिल्लोसमय विश्वव्यापी रुपमा चलिरहेको भेरिकोज भेनको लागि सबैभन्दा प्रभावकारी उपचार इन्टरभेन्सनल रेडियोलोजी पद्धति बन्दै गएको छ । यसमा बिना कुनै चिरफार भेरिकोज भेनको जरैसम्म उपचार सम्भव हुन्छ ।

इन्टरभेन्सनल रेडियोलोजी पद्धतिबाट उपचार

यस पद्धतिमा भेरिकोज भेनका विरामीहरुलाई समयसापेक्ष विश्वस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन ‘मिनिमल इन्भेसिभ’ तरिकाबाट उपचार गरिन्छ । यो पद्दतिमा खुट्टाको नसामा पातलो सुईले बाटो बनाई विशेष प्रकृतिको तारको प्रयोगबाट काम नलाग्ने भेरिकोज भेनलाई बिना कुनै चिरफारनै सहज र सरल तवरले उपचार गरिन्छ। उपचार पद्दतिहरुमा इन्डोभास्कुलर लेजरथेरापी (इभिएलटी), रेडियोफ्रिक्वेन्सी एब्लेसन ९आरएफए० तथा माइक्रोवेभ एब्लेसन (एमडब्लुए) लगायत पर्छ ।

कति समय लाग्छ ?

एउटा खुट्टाको शल्यक्रिया गर्दा ३० देखि ४५ मिनेट जति लाग्छ।

के भेरिकोज भेनका सबै बिरामीको ‘मिनिमल इन्भेसिभ’ तरिकाबाट उपचार गरिन्छ ?

होइन, रोगको जटिलता हेरि मात्र सो पद्दतिको प्रयोग गर्न सुझाव दिइन्छ । अल्ट्रासाउन्डबाट नसा तथा नसाको भल्भको अवस्था हेरि उपचार तय गरिन्छ । यदि नसाहरुमा ठूलो जटिलता नभएमा रोकथामका लागि फिजियोथेरापी वा लामो समयसम्म उभिएर काम गर्ने मानिसलाई भेरिकोज भेनका लागि उपयुक्त विशेष खालको मोजाहरु प्रयोग गर्न मात्र दिएर पनि विरामीलाई ठूलो राहत महसुस हुन सक्छ । तर, यो तरिकापछि पनि समय समयमा इन्टरभेन्सनल रेडियोलोजीस्ट चिकित्सकलाई देखाई परामर्श लिन आवश्यक हुन्छ ।

इन्टरभेन्सनल रेडियोलोजी पद्धतिबाट उपचार गर्दाको फाइदा

— बिना कुनै चिरफार वा बिना कुनै दाग उपचार सम्भव
— बिरामी लाई पुरै बेहोस बनाउनु नपर्ने
— अस्पतालमा लामो समय भर्ना भएर बस्नु नपर्ने, बिरामी उही दिन घर फर्किन सक्ने
— छिटो निको भई आफ्नो काममा फर्कन सक्ने,
— उपचार गरेको ६–८ घण्टामा मज्जाले हिँड्न सक्ने,
— उपचारको क्रममा रक्तश्राव वा संक्रमण हुने जोखिम कम हुने,
— रोगको समस्या नदोरिहने

नसाको जुन भाग जलाउन चाहेको त्यही भाग मात्र जल्ने भएकोले उपचारपछि जटिलता त्यति धेरै आउँदैन । र, उपचारपछि ९९ प्रतिशत सफलता रहेकोले यसको उपयोग विकसित राष्ट्रमा बढी हुने गरेको छ ।

कसले नगर्ने ?

-भित्री नसाहरुमा पहिले नै समस्या भएमा
-जन्मजात नसाको समस्या भएकाहरु
-जटिल मुटु रोगमा पनि चिकित्सकको परामर्श नगरी गराउनु हुँदैन ।

रोकथामका उपाय

-लामो समयसम्म उभिएर वा बसेर काम नगर्ने
-समय समयमा आफ्नो खुट्टा टेबलमाथि उठाउने वा चलाउने
-तौल नियन्त्रणमा राख्ने
-नियमित व्यायाम गर्ने
-सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने
-टाइट लुगा नलगाउने
-कम्प्रेसन मोजाको प्रयोग गर्ने

कुनैपनि माथि उल्लेखित स्वास्थ्य समस्या देखिएमा तुरुन्त इन्टरभेन्सनल रेडियोलोजी चिकित्सकको परामर्श लिनुपर्छ ।
साथै, गर्भवती महिलाले गर्भधारणको चौंथो वा पाँचौं महिनाबाट चिकित्सकको सल्लाहमा कम्प्रेसन गार्मेन्ट (खुट्टा देखि जाँघसम्म पुग्ने एक किसिमका मोजा) को प्रयोग गर्न सकिन्छ।

नेपालमा नयाँ प्रविधि (माइक्रोवे एब्लेसन)

यो प्रविधी सात वर्षदेखि विकसित राष्ट्रहरुमा प्रयोगमा आइसकेको भएपनि नेपालमा भने एकवर्ष अघि मात्र भित्रिएको हो। यो प्रविधीमार्फत कलेजो, हड्डी तथा अन्य भागमा रहेका ट्युमरको शल्यक्रिया गर्नको लागि नेपालमा प्रयोग हुँदै गएको छ ।

तर, माइक्रोवेभ एब्लेसन प्रविधीमा भेरिकोज भेनको शल्यक्रिया गर्न मिल्ने गरी प्रविधी थपिएकोले यो अत्यन्त आधुनिक र नेपालको लागिएको निकै नौलो प्रविधी मानिन्छ । यो उपचार धेरै सुरक्षित हुने प्रविधि हो । यस प्रविधिबाट नेपालमा पहिलोपटक ६३ वर्षीया महिलामा सफल उपचार भैसकेको छ भने अहिले एक पछि अर्को गर्दै उपचार गर्ने क्रम जारी छ।

Previous Post

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Next Post

दार्चुलामा एक युवती मृत फेला 

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

दार्चुलामा एक युवती मृत फेला 

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In