HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

आलस : पेटसम्बन्धी रोगलाई जरैदेखि हटाइदिन्छ कसरी खाने ? के-के बन्छ? 

हो खबर by हो खबर
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । व्यस्त समय तालिकाबिच आफ्नो स्वास्थ्य को ख्याल राख्नु निकै ठूलो चुनौती हो । यस्तोमा खानपान राम्रो भएन भने अनेक खालको रोगले समात्छ । सबैभन्दा ठूलो समस्या चाँहि पेटसम्बन्धी रोग हो । तर केही नियमहरु अपनाएर पेटको रोगसहित अन्य बिमारीलाई हामी टाढा भगाउन सक्छौँ ।

आलस आयुर्वेदिक औषधि हो । खैरो रंगको मसिनो यस दानाको नियमित प्रयोगले पाचनलाई सुधारेर पेटलाई तन्दरुस्त राख्न सकिन्छ भने पाचन शक्ति पनि बलियो बनाउँछ । यसले मुटुसम्बन्धी रोग, दोस्रो खालको मधुमेह र क्यान्सरको जोखिम कम गर्ने पनि बताइएको छ । हाम्रो अधिकांश समस्या पेटबाटै सुरु हुन्छ । तर पेटको समस्या समाधानका लागि आलस आयुर्वेदको अचुक वरदान हो । आलसलाई त्यत्तिकै चपाएर पनि खान सकिन्छ । कसै कसैले चाँहि यसको लड्डु बनाएर पनि खान्छन् । यसलाई अचारमा छोपको रुपमा पनि खान सकिन्छ । यसको प्रयोगका अन्य तरिकाहरु पनि छन् ।

हरेक सय ग्राम आलसमा ५३४ क्यालोरी पाइन्छ । यसमा ४२ प्रतिशत फ्याट, २९ प्रतिशत कार्बन र १८ प्रतिशत प्रोटिन हुन्छ । यसमा ९५ प्रतिशत फाइबर हुन्छ । आलसमा ओमेगा थ्री, ओमेगा सिक्स, फ्याटी एसिड पाइन्छ । यसले मधेमेह, पेटसँग सम्बन्धी समस्या वा अन्य गम्भीर रोगको विरुद्धमा काम गर्छ । आलसमा पोषक तत्त्व भरपुर मात्रामा पाइने हुँदा यसले हामीलाई मधुमेह र पेटसम्बन्धी समस्याहरुबाट बचाउने काम पनि गर्छ ।

पेटसम्बन्धी रोगलाई हटाउँछ

एक तिहाई मान्छेहरूमा पेटको समस्या हुन्छ । बद्लिँदो मौसम र खानपिनका कारण जुनसुकै बेला पेटको समस्या आउँन सक्छ । त्यसैले स्वस्थ रहन र गम्भीर रोगबाट बच्न चाहने व्यक्तिले आफ्नो डाइटमा आलसलाई सामेल गर्नुपर्छ ।

गर्भवती महिलाले खानु हुन्न आलस

डाक्टरहरुका अनुसार हरेक व्यक्तिले आलसको सेवन गर्न सक्छन् । तर गर्भवती महिलाहरुलाई भने सकेसम्म आलसको सेवन नगर्न भनिन्छ । किनकि यसमा एस्ट्रोजन हर्मोन हुन्छ । यसले गर्भवती महिलालाई नोक्सान पुर्याउन सक्छ । गर्भवती महिला बाहेक ज्येष्ठ नागरिक र बच्चा हरेकले आलस खान सक्छन् ।

Previous Post

जन्मदिनमा के नगर्ने, के गर्ने ?

Next Post

के हुन्छ ? जब एकसाथ चुरोट र रक्सी सेवन गरिन्छ

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

के हुन्छ ? जब एकसाथ चुरोट र रक्सी सेवन गरिन्छ

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.