अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा बदली र अरु ठाउँमा मौसम सामान्यतया सफा नै छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। राती भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
हिजो बिहान काठमाण्डौको न्यूनतम तापक्रम ६ डिग्री रहेको थियो । बिहान/बेलुका चिसो छ । चिसोबाट हुन सक्ने असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध गरेको छ ।







Discussion about this post