HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

ड्राइभिङ लाइसेन्सका लागि मेडिकल टेस्ट गर्न अब यातायात कार्यालय जानु नपर्ने

हो खबर by हो खबर
२ वर्ष अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सवारी चालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षण गर्न यातायात व्यवस्था कार्यालय नगए पनि हुने व्यवस्था लागू भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा यातायात व्यवस्था विभागले विद्युतीय माध्यमबाट सवारी चालक अनुमतिपत्रको सेवा प्रवाह गर्ने सम्बन्धी कार्यविधि निर्देशिका, २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

यससँगै अब सेवाग्राहीले सम्बन्धित यातायात व्यवस्था कार्यालय बाहिरका सूचीकृत चिकित्सकसँग पनि स्वास्थ्य परीक्षण गर्न सक्नेछन् ।स्वास्थ्य परीक्षणको पाटोमा अहिले पनि सेवाग्राहीहरू स्वास्थ्य परीक्षण गर्न कार्यालयमै पुगिरहनु भएको हुन्छ, जसले गर्दा कार्यालयमा भिड लाग्छ,” यस विषयमा टेकपानासँग कुरा गर्दै यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने, “स्वास्थ्य परीक्षण गर्ने काम सूचीकृत गरेर अनलाइनबाटै गराउन सकिन्छ । जहाँ बसेर भए पनि स्वास्थ्य परीक्षणको रिपोर्ट अनलाइनबाटै रिपोर्ट हालेपछि सेवाग्राही यातायात कार्यालयमा आइरहन पर्दैन । त्यो व्यवस्थासहितको कार्यविधि हो यो ।”

नयाँ सेवाग्राहीले आवेदन दिने प्रक्रिया नयाँ सेवाग्राहीले प्रणालीमा लगइन भएपश्चात सवारी चालक अनुमतिपत्रका लागि आवेदन गर्दा निम्नानुसारको प्रक्रिया अवलम्बन गरी आवेदन गर्नुपर्नेछ:

– अनलाइन प्रणालीमा लगइन भएपछि आफ्नो युजर अकाउन्टको ड्यासबोर्डमा रहेको ‘नयाँ लाइसेन्सको आवेदन’ बटनलाई क्लिक गर्नुपर्छ ।

– त्यसपछि मेडिकल चेकजाँचको ‘म सम्बन्धित यातायात व्यवस्था कार्यालयमा गई स्वास्थ्य परीक्षण गर्न चाहन्छु’ भन्ने र ‘म कार्यालय बाहिरका सूचीकृत चिकित्सकसँग स्वास्थ्य परीक्षण गर्न चाहन्छु’ भन्ने विकल्प देखा पर्छ । त्यसमध्ये एउटा विकल्प छनौट गर्नुपर्छ । प्रदेशले कार्यालय बाहिर रहेर सेवा दिने चिकित्सक सूचीकृत नगरेसम्मका लागि कार्यालयमा नै गई मेडिकल जाँच गर्ने विकल्प मात्र उपलब्ध हुनेछ ।

– ‘म सम्बन्धित यातायात व्यवस्था कार्यालयमा गई स्वास्थ्य परीक्षण गर्न चाहन्छु’ भन्ने विकल्प छनौट गरेका आवेदकले सवारी चालक अनुमतिपत्रको आवेदन गर्न चाहेको र नियमानुसार आफू योग्य भएको वर्ग छनौट गरी सवारी चालक अनुमतिपत्रका लागि आवेदन पेश गर्न चाहेको अफिस र कार्यालय जाने मिति (Appointment Date) छनौट गरेर पेश गरेपछि निजको आवेदन पेश भई ‘Reference Number’ प्राप्त हुन्छ।

– ‘Reference’ प्राप्त भएपछि नम्बर आवेदन फारम डाउनलोड गरी सक्कल नागरिकता सहित कार्यालयमा जानुपर्नेछ । कार्यालयमा निजले जैविक विवरण दिई स्वास्थ्य परीक्षण समेत गराउनुपर्नेछ ।

– ‘म कार्यालय बाहिरका सूचीकृत चिकित्सकसँग स्वास्थ्य परीक्षण गर्न चाहन्छु’ भन्ने विकल्प छनौट गरेका आवेदकले निम्नानुसारको प्रक्रिया अवलम्बन गर्नुपर्नेछ ।

क) सवारी चालक अनुमतिपत्रको आवेदन गर्न चाहेको र नियमानुसार आफू योग्य भएको वर्ग छनौट गरी सवारी चालक अनुमतिपत्रको लागि आवेदन पेश गर्न चाहेको कार्यालय र चिकित्सकको नाम ठेगाना छनौट गरी पेश गर्नुपर्छ । त्यसपछि चिकित्सकको विस्तृत विवरण प्राप्त हुन्छ ।

ख) आवेदकले चिकित्सकसँग भेट गरी स्वास्थ्य परीक्षण गराउनुपर्छ । चिकित्सकले नियमानुसार सेवाग्राहीको स्वास्थ्य परीक्षण गरी अनलाइन आवेदनको मेडिकल चेकजाँच प्रणालीमार्फत स्वस्थ/फिट वा अस्वस्थ अनफिट भएको जनाउनुपर्नेछ । साथमा मेडिकल रिपोर्ट समेत अपलोड गर्नुपर्नेछ ।

ग) मेडिकल जाँचमा उत्तीर्ण सेवाग्राहीले नतिजाको जानकारी प्राप्त भएपश्चात पुनः आफ्नो युजर एकाउन्ट प्रोफाइलमा लगइन गरी कार्यालय जाने मिति छनोट गरी आवेदन गर्नु पर्नेछ । त्यसपछि ‘Barcode’ सहितको ‘Reference Number’ प्राप्त हुन्छ । सेवाग्राहीले उक्त दर्ता फारम डाउनलोड गरी (फारम तथा सकल नागरिकता साथमा लिई) कार्यालयमा जानुपर्नेछ ।

Previous Post

‘हिमालयन रि’को आईपीओको प्री–अलोटमेन्ट सम्पन्न, कहिले हुदैछ बाँडफाँड ?

Next Post

हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँड भोली हुने,भाग्यमानी कति जना ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

सूचना/प्रबिधि

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान...

Read more

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

७ महिना अगाडि
1.2k

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

१० महिना अगाडि
1.2k

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाही

११ महिना अगाडि
1.2k

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

११ महिना अगाडि
1.2k
Next Post

हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँड भोली हुने,भाग्यमानी कति जना ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.