HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

चाया परेर हैरान हुनुहुन्छ ? चायाबाट मुक्ति पाउन यी अपनाउनुहोस् उपायहरु

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

जाडोमा कपालमा चाया पर्छ । तुलनात्मक रुपमा बढी जाडो याममा चायाले सताउँछ। जाडोमा दिनदिनै नुहाउन संभव हुँदैन । त्यसमाथि टाउकोलाई न्यानो बनाउन टोपी लगाइन्छ, स्कार्फले टाउको ढाकिन्छ ।

यसले गर्दा कपालको सौन्दर्य रुखो हुन्छ । चाया पर्छ । यतिबेला खास हेरचाहको अभावमा कपालमा अनेकौ समस्या आउँछ ।
चायाबाट बच्न निम्न उपायहरु अपनाउनुहोस् ।

स्याम्पुले नुहाउने

चायाको सबैभन्दा ठूलो कारण हो टाउकोको छाला राम्रोसँग सफा नहुनु । अधिक पसीना उत्पन्न गर्ने ग्रन्थिहरु बढी सक्रिय हुँदा पनि यो समस्या उत्पन्न हुन्छ । त्यसैले चायाको समस्या हुँदा कपालको सफाईमा विशेष ध्यान दिनुपर्छ । हप्तामा दुईदेखि तीन पटक कपाललाई कुनै राम्रो हर्बल स्याम्पुले धुनुपर्छ।

तेल मालिस

कपालको सबै समस्या, खासगरी चायाको सबैभन्दा प्रभावकारी उपचार हो तेल मालिस । तेल मालिसबाट कपाललाई पोषण मिल्छ । टाउकोको मांशपेशीहरु उत्तेजित हुन्छन् र रक्तसञ्चार पनि तिब्र हुन्छ । र, कपाल स्वस्थ, सुन्दर, बाक्लो, लामो बन्छ । त्यसैले हप्तामा एकपटक तेल लगाएर कपालको मालिश गर्नु अति आवश्यक छ।

बाफ

मालिसपछि कपालबाट फोहोरमैला सफा गर्नका लागि बाफ दिनुपर्छ । यसका लागि तातो पानीले तौलिया भिजाएर कपालमा राम्रोसँग लपेट्ने । बाफबाट कपालको जरामा फँसेको मैला तथा मृत कोशिकाहरु निस्कन्छन् र तेल पनि राम्ररी टाउकोको छालाभित्र पस्छ । जसले कपालको जरा बलियो बन्छ र चायाको समस्या पनि हट्छ।

कागतिको रस

यो सिजनमा कागती पाइन्छ । कागतिको रसमा भिटामिन सी, ए, बी, फस्फोरस र एन्टिअक्सीडेन्ट पाइन्छ, जसले कपाल चमकदार र बाक्लो बन्छ ।

यदि कपालमा चाया छ भने तातो तेलमा कागतिको रस हालेर मालिस गर्दा चाया हट्छ । साथै कपाल र्झन पनि रोकिन्छ । नुहाउनुभन्दा अगाडि कागतिको रसले टाउको मालिस गरेर कपाल धुनाले पनि फाइदा पुग्छ ।

दही र मरिच

दहीको सेवनले टाउकोको छालाको रुखोपन हटाउँछ । यसले चायाको समस्या पनि हट्छ । दहीमा मरिचको चूर्ण मिलाएर कपाल धुनुपर्छ । यो क्रिया हप्तामा दुई पटक गरौं । यसले चाया हट्ने त छँदैछ, केस नरम, कालो र बाक्लो पनि हुन्छ ।

सोइजन

सोइजनको पातको रस लगाउँदा चाया खत्तम हुन्छ । सोइजनलाई उमालेर तयार गरिएको लेदो नुहाउँदा टाउकोमा सेम्पुको रुपमा प्रयोग गरियो भने यसले बजारमा उपलब्ध कुनै पनि भिटामिन ई युक्त सेम्पुले भन्दा राम्रो काम गर्छ।

अमला

स्वस्थ्य तथा सुन्दर कपालका लाग क्यारोटिन आवश्यक तत्व हो जुन अमलामा पाइन्छ । कपाललाई पोषण दिन अमलाको तेल लगाउन सकिन्छ । वा तुलसी र अमलाको पाउडरको लेप बनाएर यस लेपद्वारा टाउकोमा मालिस गर्न सकिन्छ ।

र, लगभग आधा घन्टाका लागि यो लेप लगाइरहनुपर्छ । यसपछि सेम्पुले कपाललाई राम्रोसँग धुनुपर्छ । चायाको समस्या समाधानका लागि यो एकदमै प्रभावकारी उपाय हो ।

तिलको तेल

तिलको तेल लगाउँदा कपाल मकबुत, घना, लामो हुन्छ र साथै चाया पनि हट्छ। यसका लागि कपालमा तिलको तेलले मालिस गरौं । मालिसपछि कपाललाई तातो तौलियाले बफ्याउनु पर्छ। पाँच मिनेटसम्म यसो गर्नुस र त्यसपछि टाउका धुनुपर्छ।

मेथीबाट उपचार

मेथीमा निकोटिनिक एसिड वा प्रोटीन पाइन्छ जसले कपालको जरालाई पोषण दिन्छ । यो लेपलाई आफ्नो कपाल र शिरमा कमसेकम ३० मिनेटका लागि लगाउनुपर्छ। ३० मिनेटपछि कपाललाई कुनै राम्रो सेम्पुले धुनुस । यसबाट चाया हट्नेछ, कपाल मजबुत हुनेछ र टुट्नबाट बच्नेछ।

Previous Post

आज : शनिदेवलाई प्रसन्न गराउन पूजा कसरी गर्ने

Next Post

नारायणगढ : मुग्लिन सडकखण्ड चार घण्टा बन्द हुने

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

नारायणगढ : मुग्लिन सडकखण्ड चार घण्टा बन्द हुने

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.