HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

आलुको बोक्रा बिर्सिएर पनि फाल्ने नगर्नुहाेस्, यस्ता छन् यसका फाइदै-

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हाम्रो खानामा आलु सबैभन्दा बढी प्रयोग हुने तरकारीमा पर्छ । त्यसैले आलुलाई तरकारीको राजा पनि भनिन्छ । तर, हामीमध्ये धेरैले आलुको प्रयोग गर्दा बोक्रा भने फाल्नेे गर्छौ । विज्ञहरु भने आलुमा भन्दा बोक्रामा बढी तागत पाइने बताउने गर्दछन् । फाइबर तथा अन्य पौष्टिक तत्वले भरिपूर्ण हुने भएकोले आलुको बोक्रा हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा झण्डै ९० प्रतिशत पौष्टिक तत्व रहेको हुन्छ । त्यसैले आलुलाई ताछेर खानु भनेको त्यो पौष्टिक तत्व नष्ट गर्नु हो ।

आलुको बोक्रामा क्याल्शियम, भिटामिन सी र बी कम्प्लेक्सका साथै आइरनको मात्रा पनि अत्यधिक हुन्छ । यसैकारण यसले शरीरमा विभिन्न कमीको पूर्ती गर्छ । यो सौन्दर्य निखार्नका लागि पनि निकै काम लाग्छ । डार्क सर्कलदेखि कपाललाई कलर गर्ने सम्मका कामका लागि आलुको बोक्राको प्रयोग हुन्छ । त्यसैले आलुको बोक्रालाई कार्डियोप्रोटेक्टिभ अर्थात् मुटुको सुरक्षा गर्ने तत्व समेत भनिन्छ । आलुको बोक्रामा एन्टी अक्सिडेन्ट तथा एन्टी इन्फेमेन्टरी तत्व पाइने भएकोले अनुहारमा जलन भएको खण्डमा यसलाई लगाएमा पीडा कम गर्न मद्दत गर्छ । आलुको बोक्राले स्वास्थ्यमा पुर्‍याउने फाइदा निम्न रहेका छन् ।

१) ऊर्जाले भरिएको हुन्छ: आलुको बोक्रामा क्याल्शियम र भिटामिन कम्प्लेक्स अत्यधिक मात्रामा पाइन्छ । यसले हड्डी बलियो बनाउँछ र शरीरले ऊर्जा पनि पाउँछ । आलु पकाउँदा जहिल्यै पनि बोक्रासहित बनाउनुहोस् ।

२) पाचन क्रिया बलियो बनाउँछ: आलुमा अत्यधिक फाइबर हुन्छ त्यसैले यसले पाचन क्रियालाई चुस्त राख्न सहयोग गर्छन । यसमा फाइबर अत्यधिक मात्रा भएकाले कब्जियत आदिबाट पनि जोगाउँछ ।

३) रोग प्रतिरोधात्मक क्षमता बढाउँछ: आलुको बोक्रामा भिटामिन सी पाइन्छ । जसले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । ४)तौल कम गर्छ: हामीमध्ये कतिपय आलुुले तौल बढाउँछ भनेर सकेसम्म कम खान छोड्छौं । तर, यसको ठीक विपरीत आलुको बोक्रामा फ्याट कम हुन्छ । जसले हाम्रो शरीरको तौल घटाउन मद्दत गर्छ ।

५) तौल नियन्त्रणमा रहन्छ: आलुको बोक्रा फाइबरयुक्त हुन्छ र जब यो बोक्रासहित बनाइन्छ तब शरीरले कार्बोहाइड्रेटमात्र नभई फाइबर पनि पाउँछ । यसको बोक्रालाई तपाईं कुनै पनि रुपमा प्रयोग गर्न सक्नुहुन्छ । फाइबरले लामो समयसम्म पेट भरिएको महसुस गराउँछ र यसले मेटाबोलिजम रेटलाई पनि बढाउन सहयोगी भूमिका खेल्छ । यो खाँदा नसा पनि बलियो हुन्छ ।

६) क्यान्सरको जोखिम कम गर्छ: आलुको बोक्रामा फाइटोकेमिकल्स धेरै हुन्छ । यसले हामीलाई क्यान्सर रोगको जोखिमबाट बचाउँछ । ७) मुटु रोगमा फाइदा दिन्छ: सामान्यतया शरीरमा कोलस्ट्रोलको मात्रा बढ्दा हृदयाघात र मुटु सम्बन्धी रोगले सताउने गर्छ । तर, आलुको बोक्रामा पाइने फाइबर तथा विभिन्न पौष्टिक तत्वले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ । जसले गर्दा मुटु रोगको जोखिम घटाउँछ ।

८) रक्तचाप नियन्त्रणमा राख्छ: आलुमा पोटाशियम अत्यधिक मात्रामा पाइन्छ र यो भिटामिन सीले पनि भरिपूर्ण हुन्छ । यी दुबै रक्तचाप नियन्त्रण गर्न महत्वपूर्ण हुन्छ । आलुको बोक्रालाई राम्रोसँग धोएर यसलाई सब्जीजस्तै बनाएर खानुहोस् वा आलु पकाउँदा कहिल्यै पनि बोक्रा ताछ्ने गल्ती नगर्नुहोस् । ९) कपाललाई कालो बनाउँछ: यदि तपाईंको कपाल फुलिरहेको छ भने तपाईं एक कचौरा आलुको बोक्रालाई आधा लिटर पानीमा उमाल्नुहोस् । जब पानी एक वा दुई चम्चा हुन्छ तब यसलाई कपालमा लगाउनुहोस् ।

१०) रक्तअल्पत्तामा पनि फाइदाजनक: आलुको बोक्रामा आइरनको अत्यधिक मात्रा पाइन्छ र यसैकारण यदि रगतको कमी छ भने आलुको बोक्रालाई खानामा पक्कै पनि प्रयोग गर्नुपर्छ । पटकपटक यस्तो गर्दा तपाईंको कपाल कालो हुँदै जान्छ । 

११) डार्क सर्कललाई टाढै राख्छ: आँखा मुनी यदि कालो घेरा बनेको छ वा घामले छाला ढडेको छ भने आलुको बोक्रलाई पिनेर त्यसको रस निकालेर अनुहारमा बारम्बार लगाउनुहोस् । कालोपना बिस्तारै कम हुँदै जान्छ ।

Previous Post

बाराको सिम्रौनगढमा तनाव प्रहरीको गोलीबाट एक जनाको मृत्यु १० जना प्रहरी घाइते

Next Post

रुघाको लागि रामवाणकाे काम गर्छ प्याजले, यस्ताे छ प्रयोग गर्ने तरिका

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
Red Onion and Slices Isolated on White Background

रुघाको लागि रामवाणकाे काम गर्छ प्याजले, यस्ताे छ प्रयोग गर्ने तरिका

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.