तीन कारोबार हेर्दा सेयर बजार उकालो यात्रामा देखिएको छ । गएको आइतबार ६ प्रतिशतले वृद्धि भएको बजार सोमबार १५.४० अंकले घटेको थियो । आज ३६.८६ अंक बढेर बन्द भएको छ ।
सोमबार बजार घटेको भए पनि पाँच महिनापछिकै बढी मूल्यको सेयर कारोबार भएको थियो ।
मंगलबार बजारमा ४ अर्ब ३० करोड ९० लाख १९ रुपैयाँको सेयर कारोबार भएको छ । करिब २ प्रतिशतले सूचक बढेसँगै १९८५.४४ विन्दुमा पुगेको छ ।
आज कुल १ करोड २४ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । योसँगै बजारमा सामेल कम्पनीमध्ये २१४ वटाको सेयर बढेको छ भने २४ वटाको घटेको र चारवटाको उही मूल्यमा कारोबार भएको छ ।
आज बोटलर्स नेपाल, धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया, सोनापुर मिनरल्सको सेयरमा सकारात्मक सर्किट लाग्दा सेयरधनीले १० प्रतिशत कमाएका छन् । बोटलर्स नेपालका सेयरधनीले प्रतिकित्ता २६९.८० रुपैयाँ कमाएका हुन् ।
गुमाउनेले भने अघिल्लो दिनको तुलनामा ५.११ प्रतिशतसम्म मात्रै घाटा व्यहोरेका छन्। सीवाईसी लघुवित्तका सेयरधनीले उक्त घाटा व्यहोरेका हुन् ।
आज सर्वाधिक कारोबार शिवम् सिमेन्टको भएको छ । कम्पनीको १८ करोडको कारोबार भएको हो । त्यसपछि सोनापुर मिनरल्सको १५ करोडको कारोबार भएको नेप्सेले जनाएको छ । आज ९५ हजार ४ सय ३३ पटक सेयर खरिदबिक्री भएको थियो ।





Discussion about this post