HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

अध्ययन : पुरुषलाई भन्दा महिलालाई निद्राको आवश्यकता धेरै

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । कोलम्बिया विश्वविद्यालयमा हालै भएको अध्ययनका अनुसार महिलालाई निद्रा पर्याप्त मात्रामा प्राप्त भएन भने उसमा मधुमेहको खतरा १६ प्रतिशतसम्म बढ्नेछ । महिलाले लगातार ६ हप्तासम्म आफ्नो निद्रा ९० मिनेट कम गर्दा उनीहरुको मर्निङ्ग फाष्टिङ इन्सुलिन १२ प्रतिशतसम्म बढेको अध्ययनमा शोधकर्ताहरूले भेट्टाएका थिए । मर्निङ्ग फाष्टिङ इन्सुलिन शरीरमा ब्लड सुगरको लेभल र दोस्रो खालको मधुमेह मापन गर्ने एक जरुरी मार्कर हो । इन्सुलिनको मात्रा ब्लड सुगर लेभलको अनुपातमा बढ्छ ।

सास फेर्नु, खान खानु र पानी पिउनुपछि जीवनको लागि सबैभन्दा जरुरी चिज हो निद्रा । निद्राको असर हाम्रो रोग प्रतिरोधात्मक क्षमता, शरीरको तौल, दिमागको फङ्गशन मात्रै होइन ब्लड सुगर र बिपीसम्म हुन्छ । सूक्ष्म तरिकाले हेर्ने हो भने निद्राको क्वालिटीले असर नगर्ने हाम्रो शरीरमा कुनै पनि गतिविधि पाउनै मुस्किल छ ।

डायबेटिज केयर जर्नलमा प्रकाशित कोलम्बिया विश्वविद्यालयको यो अनुसन्धानअनुसार निद्राको कमीले पुरुषको तुलनामा महिलामा खासगरी मेनोपज भइसकेका महिलाको ब्लड सुगरको लेभललाई धेरै प्रभावित बनाउँछ । वैज्ञानिकका अनुसार महिलाको शरीरको विशिष्ट हर्मोनल उतारचढावका कारण निद्राप्रतिको लापरबाही बढी हानिकारक छ ।

अध्ययनमा समावेश गरिएको एक तिहाइ महिलाको मेनोपज भइसकेको थियो । कूल ३८ मध्ये ११ जनाको मेनोपज भए पनि स्वास्थ्यसम्बन्धी अन्य मानकमा उनीहरू फिट थिए । अर्थात् कसैमा पनि मधुमेह थिएन । ब्लड सुगर सामान्य थियो । उनीहरू नियमित रूपमा सात/आठ घन्टा निदाउँथे ।

अध्ययनको बेलामा उनीहरूको निद्रालाई दुई हिस्सामा विभाजित गरियो । एक समूहलाई सामान्य जस्तै सुत्न भनियो । अर्को समूहको निद्रालाई डेढ घण्टा कम गरियो । ६ हप्ताको अवधिमा दुवै समूहको ब्लड सुगर लेभलको साथमा मर्निङ फाष्टिङ इन्सुलिन पनि हेरियो । निद्रामा ९० मिनेट कटाती गर्दा मेनोपज नभएका महिलाहरुको मर्निङ फाष्ट इन्सुलिन १५ प्रतिशत र भएकाहरूको २० प्रतिशत बढेको भेटियो ।

इन्सुलिन बढ्नु दोस्रो खालको मधुमेह सुरुआतको सङ्केत

अध्ययनकर्ताहरूका अनुसार ब्लड सुगर सामान्य भए पनि मर्निङ्ग फाष्टिङ इन्सुलिन बढिरहेको छ भने त्यस्तो व्यक्ति दोस्रो खालको मधुमेह हुने स्थितिमा छ वा तीव्र गतिमा सो दिशामा गइरहेको छ । महिलाहरूलाई लामो समयसम्म मधुमेह भएको पत्तै हुन्न । किनकि धेरै मात्रामा इन्सुलिन रिलिज भएर ब्लड सुगरलाई कन्ट्रोलमा राखिराखेको हुन्छ ।

नियमित जाँचको बेलामा डाक्टरहरूले मर्निङ्ग फाष्टिङ इन्सुलिन परीक्षण गर्नुको सट्टा ब्लड सुगरको लेभल मात्रै हेर्छन् । ब्लड सुगर लेभलले रगतमा अतिरिक्त सुगर छैन मात्रै भन्छ । इन्सुलिनको मात्रा निकै धेरै भएर ब्लड सुगर नियन्त्रित भएको अनि इन्सुलिनले ब्लड सुगरलाई लेभलमा राख्न धेरै मेहनत गरिरहेको बताउँदैनन् । इन्सुलिनमाथिको अतिरिक्त दबाबले शरीरलाई इन्सुलिन रेजिस्टेन्टको स्थितिमा धकेलिरहेको हुन्छ  ।

महिलामा दोस्रो खालको मधुमेहको शुरुआती सङ्केत गर्ने अन्य लक्षणहरू

–मूत्र नलीमा बारम्बार सङ्क्रमण हुनु

–योनीमा बारम्बार सङ्क्रमण भइरहनु

–पोलिसिष्टिक  ओभरी सिन्ड्रोम

–हात खुट्टा निदाउनु

–अत्यधिक मोटोपना

–डिप्रेसन

–कोलेस्ट्रोल बढ्नु

Previous Post

आजदेखि क्रुजसिप सञ्चालन नारायणी नदीमा

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज मङ्सिर , २२ गते शुक्रबार,भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल  

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज मङ्सिर , २२ गते शुक्रबार,भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल  

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.