दम के हो ?
कुनै पनि छातीको समस्याले गर्दा श्वासप्रश्वासमा आउने कठिनाइलाई दम भनिन्छ। मेडिकल भाषामा भन्नुपर्दा एउटा सीओपीडी र अर्को आस्थामा गरेर दुई थरीको समस्यालाई दम भनिन्छ। सीओपीडी दम दीर्घ रोग बनेर आउँछ भने आस्थामा दम एलर्जी र अन्य कारणले हुन्छ। दम विश्वव्यापी समस्या हो। चिसो बढ्दै जाँदा दमको समस्यासमेत बढ्दै जाने गरेको देखिन्छ।
सीओपीडी दम दीर्घ रोग बनेर आउँछ भने आस्थामा दम एलर्जी र अन्य कारणले हुन्छ। दम विश्वव्यापी समस्या हो।
कुन उमेर समूहलाई दमले बढी सताउँछ ?
सिओपीडी ४० नाघिसकेका व्यक्तिमा बढी देखिने गर्छ। शारीरिक रुपमा कमजोर रहेका कम उमेरकै व्यक्तिमा पनि आस्थामा दम बढी हुन्छ। तर दमको समस्या सानादेखि ठुलासम्म सबैमा देखिन सक्छ।
निमोनियाँ र दम एउटै हो ?
निमोनियाँ भनेको कुनै पनि बाहिरी संक्रमणबाट फोक्सो सुनियो भने हुन्छ। त्यो संक्रमण हो। केही समयको लागि हुन्छ। छोटो समयमै निमोनियाँ ठिक भएर जान्छ। बच्चामा लाग्ने दम पछि ठिक भएर जान्छ। त्यसबाहेक दम भनेको दीर्घकालीन समस्या हो। लामो समयसम्म रहिरहन्छ।
निमोनियाँ भएका बालबालिकालाई पछि गएर दम हुने सम्भावना हुन्छ ?
भाइरल इन्फेक्सनबाट निमिोनियाँ भयो भने पछि गएर दम लाग्ने सम्भावना पनि हुनसक्छ। प्रायजसो निमोनिया संक्रमण भएको हुनाले त्यो केही समयको लागि रहन्छ। संक्रमण निको भएपछि श्वासप्रश्वासको कठिनाइ पनि ठिक भएर जान्छ। तर निमोनियाका कारण फोक्सोमा धेरै क्षति पुगेको छ भने लामो समयसम्म श्वासप्रश्वासमा कठिनाई आउँछ। त्यो चाहिँ थोरै बालिबालिकामा हुने गर्दछ।
दमका लक्षण के हुन् ?
श्वासप्रश्वासमा कठिनाई हुने, खोकी लाग्ने, खकार्ने, छाती घ्यारघ्यार गर्ने, आदि यसका लक्षण हुन्। कहिलेकाहीँ धेरै गाह्रो हुँदा छाती दुःखेको महसुससमेत हुन्छ।
घरेलु उपचार विधि केही छन् कि ?
उपचार भन्दा पनि सर्वप्रथम त रोग लाग्न नदिनु नै राम्रो हो। धुवाँ–धुलो जस्ता वायु प्रदूषणबाट जोगिने, केही कुराको एलर्जी छ भने त्यसबाट जोगिनुपर्छ। धुम्रपानबाट टाढा बस्नु सबैभन्दा राम्रो हुन्छ। यी सबै कुराहरुबाट जोगिँदा पनि समस्या आयो भने चिकित्सकसँग परामर्श गरेर उपचार गर्न सकिन्छ।
सास फेर्न धेरै कठिन भयो भने त्यसलाई सहज बनाउन इन्जेक्सनबाट औषधि दियो भने छिटो काम गर्छ। प्रभावकारी हुन्छ भनेर नै खोप लगाउने हो।
अहिले थुप्रै भ्याक्सिन र खोपहरु लगाउने गरिन्छ त्यसले कत्तिको काम गर्छ ?
भ्याक्सिन लगाएर रोगै लाग्दैन भन्ने होइन। खोपले केही हदसम्म जोगाउने हो। सास फेर्न धेरै कठिन भयो भने त्यसलाई सहज बनाउन इन्जेक्सनबाट औषधि दियो भने छिटो काम गर्छ। प्रभावकारी हुन्छ भनेर नै खोप लगाउने हो।
अहिले चिसो मौसममा आगो हिटर ताप्ने बाक्लो लुगा लगाउने गरिन्छ, यसले असर गर्छ कि गर्दैन ?
चिसो मौसममा धेरै लुगा लगाउँदा इन्फेक्सन हुँदैन भन्ने छैन। यो मौसममा तापक्रमले गर्दा श्वासप्रश्वासकै माध्यमबाट चिसो हावा छातीमा जाने भएर श्वासको नलीमा संकुचन आउँछ र कठिनाई हुन्छ। यो मौसममा पानी नपर्ने हुँदा त्यसै पनि वायु प्रदूषण बढ्छ। त्यसैमाथि झ्यालढोका बन्द गरेर हिटर, आगो ताप्नाले त्यसबाट निस्किने धुवाँले झन असर गर्नसक्छ। कतिपयको त निसासिएर मृत्यु हुनसक्छ। लामो समय धुवाँमा बसेको मान्छेमा दम मात्र नभए विभिन्न खालका रोग पनि लाग्ने गर्दछन्। त्यसैले सुरक्षित हुनु आवश्यक छ।
झ्यालढोका बन्द गरेर हिटर, आगो ताप्नाले त्यसबाट निस्किने धुवाँले झन असर गर्नसक्छ। कतिपयको त निसासिएर मृत्यु हुनसक्छ।
दममा वंशाणुगत असर के छ ?
वंशाणुगत नै हुन्छ भन्ने हुँदैन । परिवारमा बुवा–आमामा आस्थामा दमको समस्या भए त्यो अरुमा देखिन सक्छ । यो एलर्जीको समस्या भएकाले वंशाणुगत रुपमै परिवारमा देखिने खतरा हुन्छ ।






Discussion about this post