हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ४७ दशमलव ७५ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ९५ विन्दुमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको २९४ कम्पनीको ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजारको कारोबार भएको छ ।
आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स, बीमा र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज छ्याङ्दी हाइड्रो, भगवती हाइड्रो र विजय लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ । यस्तै सात वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन आज इन्फिनिटी लघुवित्त र एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को शेयर साढे दुई प्रतिशतले घटेको छ ।





Discussion about this post