साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ ।
कारोबारको अघिल्लो दिन घटेको शेयर बजार २०.६७ अंकले बृद्धि भएर १८५०.३३ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको २९४ कम्पनीको ४२ लाख १३ हजार २८५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८ करोड ७० लाख ९८ हजारको कारोबार भएको छ । बजारमा सुधार आएसँगै १२ वटा उपसूचकमा हरियाली छाएको छ ।
बुधबार सेयर बजारमा सुधार आउँदा यसपत्रि हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर ८.१५ प्रतिशतले घटेको छ । त्यसैगरी,एसबिएल डिबेञ्चरको ७.४९ प्रतिशत, स्वाभिमान लघुवित्तको ५.९१प्रतिशत, एनआइसी एशिया फ्लेक्सी क्यापको ४.९९ प्रतिशतले सेयर मूल्य घटेको छ ।





Discussion about this post