भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ बाँडफाँड भोली हुने भएको छ । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार आइपीओ भोली मंसिर ५ गते मंगलबार बाँडफाँड हुने भएको हो ।
कम्पनीको आईपीओमा ११ लाख ९४ हजार ८२० जना आवेदकहरुले १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका हन् । यो मागभन्दा ६.५४ गुणा बढी आवेदन हो ।
माग भन्दा बढी आवेदन परेको हुँदा आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसअनुसार २ लाख ७ हजार ५२८ जनाले १०/१० कित्ता दरले सेयर हात पार्नेछन् । सोहि मध्येका पाँच जनाले भने थप १/१ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन् ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता शेयर सहित गरी कुल २० लाख ७५ हजार २८५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।





Discussion about this post