इलाममा बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। आइतबार अपराह्नमा रोङ गाउँपालिका–३ भालुजोडास्थित सडकमा बस दुर्घटना हुँदा धनुषाधाम–९ धारापानी बस्ने १२ वर्षीय बालक अर्पण लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ।
दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । बसमा सवार अन्य ३३ जनाको अवस्था भने सामान्य रहेको रहेको प्रहरीले जनाएको छ । जना घाइतेहरूलाई बिएण्डसी अस्पतालमा पठाइएको छ।






Discussion about this post