HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

तिहारको भाइटीकामा दाजुभाइलाई मिठाइ होइन ‘ड्राइफ्रुट्स’ दिऔँ –

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in अन्तर्राष्ट्रिय
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

तिहारको भाइटीकामा दाजुभाइलाई विभिन्न प्रकारका मिठाइहरु दिने चलन छ । तर पोषणविद् प्रा.डा. उमा कोइराला भने तिहारको भाइ मसलामा मिठाइको सट्टा थप ड्राइफ्रुट्स दिन सुझाव दिन्छिन् ।

मिठाइले स्वास्थ्यलाई हानी पुर्‍याउने डा. कोइराला बताउँछिन् । ‘बजारमा पाइने मिठाइमा चिनीको मात्रा अधिक हुन्छ । मिठाइ बनाउँदा प्रयोग गरिने सामानमा अखाद्य वस्तुको मिसावट हुन्छ । त्यसैले मिठाइको सट्टामा भाइ मसला स्वास्थ्यका लागि धेरै उपयुक्त हुन्छ,’ उनले भनिन् । स्वादका नाममा मिठाइ खाने गरिए पनि स्वास्थ्यका हिसाबले घातक हुने डा.कोइराला बताउँछिन् । अखाद्य वस्तु मिश्रित परिकार खाँदा स्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याउने भएकाले स्वादिलो भए पनि सकेसम्म त्यस्ता वस्तु नखान उनको सुझाव छ ।

यस्ता मिठाइ यी रोगीले नखाऔँ

तिहारमा विशेष गरेर मिठाइको किनबेच बढी हुन्छ । रङ्गीबिरङ्गी विभिन्न प्रकारका मिठाइ बजारमा पाइन्छ । यसरी विभिन्न रङ राखेर बनाइएका मिठाइ खाँदा स्वास्थ्यमा गम्भीर असर पार्ने कोइरालाको भनाइ छ । अखाद्य रङ राखेर बनाइएका मिठाइले बोसो बढाउने, कलेजो, मुटु, मिर्गौला र पेटमा समेत हानी पुर्‍याउने उनी बताउँछिन् । उच्च रक्तचाप, मिर्गौला, मधुमेह, मुटु रोगीले गुलिया खानेकुरा खान हुँदैन । त्यसैले तिहारमा मिठाइको सट्टा ड्राइफ्रुट्स नै दाजुभाइलाई दिन दिदीबहिनीसमक्ष उनको आग्रह छ ।

काजु, बदाम, पेस्ता, किसमिस, ओखर, अन्जिर, छोकडा मधेसी बदाम लगायतका ड्राइफ्रुट्स् भाइ मसलाको रूपमा दिने चलन छ । यी ड्राइफ्रुट्सबाट पर्याप्त मात्रा पोषण तत्त्व प्राप्त गर्न सकिने कोइराला बताउँछिन् । ‘सन्तुलित तवरले ड्राइफ्रुट्स्लाई मिलाएर खाएमा स्वास्थ्यलाई धेरै फाइदा गर्छ । तिहारमा मात्रै ड्राइफ्रुट्सलाई प्राथमिकता नदिएर अरुबेला पनि खान उपयुक्त हुन्छ,’ उनी भन्छिन् । शरीरलाई स्वास्थ्य र तन्दुरुस्त बनाउन नियमित रूपमा सन्तुलन मिलाएर खानुपर्ने उनको भनाइ छ ।

यी ड्राइफ्रुट्सबाट शरीरलाई चाहिने खनिज, भिटामिन, आइरन, कपर, पोटासियम, फस्फोरस, जिंक, एन्टिअक्सिडेन्ड आदि तत्त्व प्राप्त गर्न सकिने भएकाले सलादको रूपमा समेत खान उनी सुझाव दिन्छिन् ।

ड्राइफ्रुट्स लामो समयसम्म रहन्छ । पौष्टिक तत्त्व पाइने ड्राइफ्रुट्स नियमित रूपमा खान सकिन्छ । तिहारमा नभई नहुने ओखरमा अधिक मात्रा खनिज, भिटामिन, फाइबर, प्रोटिन र ओमेगा थ्री पनि पाइन्छ । ओखरले दिमागलाई तेज बताउन सहयोग गर्ने पोषणविद् डा. कोइरालाको भनाइ छ । ओखर चाडपर्वमा मात्रै नखाएर नियमित खाँदा स्वास्थ्यमा फाइदा पुग्ने उनले बताइन् ।

यस्तै, छोकडामा आइरन अनि मिनरलस, फस्फोरस भिटामिन प्रशस्त मात्रामा प्राप्त गर्न सकिन्छ । यस्तै, शरीरका लागि चाहिने फाइवर, पोटासियम, क्याल्सियम लगायत पनि छोकडामा पाइन्छ । यो बढी खाँदा शरीरको रगतमा ग्लुकोजको मात्रा बढी हुने भएकाले थकाइ बढी लाग्ने हुन्छ । काजु, बदाम, पेस्ता, किसमिस, ओखर, अन्जिर, छोकडा, मधेसी बदामबाट शरीरलाई चाहिने विभिन्न पौष्टिक तत्त्व पाइन्छ ।

धेरै ड्राइफ्रुट्स खाँदा स्वास्थ्यमा समस्या हुन्छ ?

ड्राइफ्रुट्समा धेरै प्रोटिन हुन्छ । त्यसैले एकै पटक धेरै ड्राइफ्रुट्स खान हुँदैन । ड्राइफ्रुट्स आवश्यकभन्दा बढी खाँदा वाकवाक हुने, पाचन प्रणालीलाई खराब बनाउन सक्छ । बढी मात्रामा ड्राइफ्रुट्स खाँदा तौल पनि बढ्छ । त्यसैले दैनिक रूपमा बदाम ६/७ दाना, काजु ५/६ दाना, नरिवलको सानो सानो ५/६ वटा टुक्रा बनाइ मिलाएर खानुपर्छ ।

Previous Post

बुधवार सेयर बजारमा दोहोरोअंकको सुधार कति पुग्यो कारोबार रकम ?

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० कार्तिक २३ गते बिहिबार,तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल –

HoKhabar

HoKhabar

Related Posts

अन्तर्राष्ट्रिय

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

by हो खबर
६ महिना अगाडि
0
1.2k

‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। विशेषगरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)का सदस्य...

Read more

हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरको भाउ

६ महिना अगाडि
1.2k

अत्यधिक गर्मी यस वर्ष युरोपमा

११ महिना अगाडि
1.2k

१८ वर्षमा पहिलोपटक,पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

१२ महिना अगाडि
1.2k

टर्कीएमा शक्तिशाली भूकम्प

१ वर्ष अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० कार्तिक २३ गते बिहिबार,तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल –

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.