एकै परिवारका ४ जनाको सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली घटनास्थल, मुगु पुगेको छ। सीआईबीका डीएसपी धर्मराज भण्डारीसहितको टोली घटनास्थल पुगेको हो।
लामो समयदेखि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धान गर्दा पनि घटनामा संलग्नहरु पत्ता लाग्न नसकेपछि प्रहरी प्रधान कार्यालयले सीआईबीको टोली परिचालन गरेको हो। अपराधी पत्ता लाग्न नसकेपछि भुटानी शरणार्थी प्रकरण, ६० किलो सुन तस्करी प्रकरणलगायतका अनुसन्धान गरेका डीएसपी भण्डारीलाई मुगु पठाइएको सीआईबी स्रोतले जनाएको छ।





Discussion about this post