HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

राति ढिलो सुत्नुहुन्छ सावधान ? तपाईमा देखिनसक्छ यस्तो खतरा रोग –

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
Woman Sleeping 2002

Woman Sleeping 2002

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आधुनिक जीवनशैलीलाई अपनाउने चक्करमा यस्ता गल्ती गरिरहेका हुन्छौ, जसले बाँझोपनको समस्या ल्याउँछ । खानपान, शिफ्ट अनुसारको जागिर तथा रहनसहनमा आएको परिवर्तनका कारण जहाँ एकातिर हाम्रो जीवनको स्तर पहिलाको तुलनामा निकै ठूलो भएको छ, अर्कोतिर आधुनिकीकरणको परिणामस्वरुप पनि थुप्रै प्रकारका स्वास्थ समस्या बढेको छ ।

वास्तवमा युवाहरुमा बाँझोपनको समस्या आधुनिक जीवनशैलीमा गरिने केही आम गल्तिहरुको कारणले बढिरहेको छ।

१.खानपिनको गलत बानी

बाँझोपनको लागि सबैभन्दा धेरै जिम्मेवार भनेकै खानपिनको गलत बानीलाई मान्न सकिन्छ । कुबेलाको खाना खुवाइ, जंक फूड, फास्ट फूड खाने बानीकै कारण युवा अवस्थामै बाझोपनको समस्या बढिरहेको चिकित्सकहरुको भनाइ छ । फास्ट फूड तथा जंक फूड जस्ता खाद्यपदार्थमा हुने पेस्टीसाइडले शरीरमा हार्मोनको सन्तुलनलाई बिगार्छ, जसका कारण बाँझोपनको समस्या पैदा हुन्छ ।

२.तनाव

आधुनिक जीवनशैलीमा करिव–करिव हरेक व्यक्ति तनावबाट ग्रस्त छन् । कामको दवाव, प्रतिस्पर्धाको भावना, किस्ताको बोझ, जीवनशैलीलाई मेन्टेन गर्नका लागि हुने आर्थिक बोझ आदि त्यस्ता समस्याहरु हुन्, जसलाई हामी स्वयम्ले आफ्नै लागि तयार पारेका हौं । यी सबैका कारण अधिकांश युवाहरु तनावमा रहन थालेका छन् । यही कारण उनीहरु बाँझोपनको शिकार हुन थालेका छन् ।

३.ढिला विवाह

आज प्रगति र सफलताको चाहनामा महिला तथा पुरुषहरु कम उमेरमा विवाह गर्नै चाहँदैनन् । विवाहपछि पनि आर्थिक सुरक्षालाई कायम राख्दा–राख्दै उनीहरुले सन्तान जन्माउने बारेमा सोच्नै भ्याउँदैनन् अथवा त्यसबारेमा सोच्न धेरै समय लगाउँछन्। महिलाहरु समेत अचेल आत्मनिर्भर हुन थालेका छन् र उनीहरु कम उमेरमा बच्चा जन्माउन चाहँदैनन् ।

४.व्यायाम नगर्नु

कामको दवावका कारण व्यायामका लागि समय निकाल्न युवाहरुका लागि निकै ठूलो समस्या बन्दै गैरहेको छ । कल सेन्टर तथा सञ्चारमाध्यमको जागिरमा त समयको बाध्यता नहुनाले कामको दवाव र प्रतिस्पर्धा अझ बढ्छ ।

युवाहरुका लागि सन्तान जन्माउनु भन्दा महत्वपूर्ण कुरा प्रगति तथा भौतिक सुखसुविधाका लागि पैसा महत्वपूर्ण हुन थालेको छ। यही कारण जीवनको अधिकांश समय अफिसको काममै बितिरहेको हुन्छ । अफिसमा धेरै समयसम्म काम गरेपछि घर आउँदा श्रीमान्-श्रीमती नै थकित भैसकेका हुन्छन् । यस्तो बेला दुबैलाई शारीरिक सम्पर्क राख्ने चाहना समेत हुँदैन । यदि कामसंग–संगै शारीरिक व्यायामलाई समेत निरन्तरता दिने हो भने बाँझोपनबाट बच्न सकिन्छ ।

५.निद्रा पुरा नहुनु

निद्रा पुरा नहुने कारण पनि युवाहरुमा बाँझोपनको समस्या बढिरहेको छ । कामको बोझ र राती ढिलोसम्म पार्टी गर्ने कारणले युवा९युवतीहरु पर्याप्त निद्रा पुर्‍याउन पाउँदैनन्, जसका कारण हार्मोनमा असन्तुलन हुन्छ र बाँझोपनको समस्या बढ्छ । थुप्रै वटा अनुसन्धानहरुले पनि के कुरा पत्ता लगाएको छ भने निद्रा पुरा नहुने कारण हार्मोनको सन्तुलन बिग्रन्छ र बाँझोपनको समस्या देखिन्छ । त्यसैले नियमित रुपमाले कम्तिमा सातदेखि ९ घण्टा सुत्नु अनिवार्य छ ।

६.तौल बढ्नु

खानपानको गलत बानी, व्यहोरा र व्यस्त दिनचर्याका कारण व्यायामका लागि समय निकाल्न पाउँदैनौं । जसको कारणले हामी मोटाउन थाल्छौं । चिकित्सकहरुका अनुसार मोटोपना पनि बाँझोपनको एउटा ठूलो कारण हो । अधिक तौलले महिला तथा पुरुष दुबैको प्रजनन शक्तिलाई प्रभावित बनाउँछ । यसबाहेक जो महिलाहरुको तौल सामान्य भन्दा कम छ, उनीहरुमा पनि यो समस्या देखिन्छ ।

७.चुरोट र रक्सी

अचेलका युवाहरुमा रक्सी, चुरोट, कोकिन आदिको प्रयोग निकै सामान्य झैं भैसकेको छ । यी सबै नशालु पदार्थहरुको प्रयोगका कारणले युवक तथा युवती दुबैमा बाँझोपनको समस्या देखिन थाल्छ । यी पदार्थको अत्यधिक सेवनका कारण पुरुषको विर्य तथा महिलाको डिम्बको गुणस्तरमै हृास आउँछ ।

८.स्वास्थ्य समस्याहरु

हाइपरटेन्सन तथा उच्च रक्तचाप जस्ता समस्याहरु, जसलाई कुनै बेला बृद्ध, वृद्धालाई लाग्ने रोग भनिन्थ्यो, आज युवापुस्तामा समेत सामान्य हुन थालेको छ । यसको प्रभावले युवापुस्ताको यौन जीवनलाई नकारात्मक प्रभाव पारेको छ । सानै उमेरदेखि कम्प्युटर तथा ल्यापटपमा बस्नु सामान्य भैसकेको छ । यीनै बानीहरु समेत बाँझोपनको कारण बनिरहेका छन् ।

९.बाँझोपनको उपचार

असिस्टेड रि–प्रोडक्टिभ प्रविध अर्थात आईविएफको माध्यमबाट तपाईको आमा बन्ने सपना पुरा हुनसक्छ । तर, त्यस्तो स्थितमा डोनरको सहयोग लिनु पर्ने हुन्छ । त्यसलै, चिकित्सकहरु के सल्लाह दिन्छन् भने यदि तपाईंले स्वस्थ जीवनशैली अपनाउनु भयो भने बाँझोपनको समस्याबाट बच्नु हुनेछ ।

Previous Post

आज सुन भाउ, घट्यो कतिमा हुँदैछ कारोबार –

Next Post

के यस्तो दाग देखिए बोक्सिले चुसेको भन्ने भ्रममा हुनुहुन्छ ? यस्ता हुनसक्छन् कारणहरु !

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

के यस्तो दाग देखिए बोक्सिले चुसेको भन्ने भ्रममा हुनुहुन्छ ? यस्ता हुनसक्छन् कारणहरु !

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.