HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

कार्तिक १८ गतेदेखी कार्तिक २५ गते सम्म कस्तो रहला तपाईको दिन, हेर्नुहोस साप्ताहिक : राशिफल

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):

यो साताको सुरुका दिनमा घर व्यवहारमा झमेला आउनसक्छ । अनावश्यक ठाउँमा धन खर्च होला । वैदेशिक कार्यमा पनि उल्झन आउनेछ । साताको मध्यमा भने आकस्मिक यात्राको हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग गुलाबी रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):

यो हप्ता मिश्रित फल मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । राजनीतिक कार्यमा विशेष सफलता मिल्नेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइने र आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सुन्तला रङ्ग वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीलाई स्मरण गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):

यो साता आत्मिक सन्तुष्टि मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभकार्यको चर्चा रहला । विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । लुकेको प्रतिभाको सहज विकास हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । सुखसुविधा भोग गर्न पाइनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व कुबेरजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

यो साता प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । दैनिक कार्यमा प्रगति हुनेछ । पुराना साथीभाइसित भेटघाट हुनेछ । मिहिनेतको राम्रो नतिजा हात पर्ने छ । ससाना यात्राबाट राम्रो फल मिल्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । साताको मध्यमा सरकारी निकायको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सिन्दुरे वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि कार्य गर्दा राम्रो हुनेछ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

यो साता कार्य सम्पादनमा समस्या आउला । सवारी चलाउँदा सचेत रहनुहोला । कल्पना र भावुकतामा मन रुमल्लिने सम्भावना छ । सोमबारबाट साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रेम प्रस्ताव पनि आउन सक्छ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि यात्रा गर्नाले अधिक लाभ मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):

यो साता नयाँ कमको थालनी पनि हुनेछ । वैदेशिक कार्य पनि सहजै हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । पुनर्मिलनको योग रहेको छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । वैदेशिक कार्य राम्रो हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागिता भइएला । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):

यो साता चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै उत्साहपूर्ण यात्राको योग पनि देखिन्छ । दानपुण्यका कार्यमा सहभागी पनि भइनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व लक्ष्मीजीलाई स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुनेछ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):

यो साता नयाँ कामको थालनी हुनेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । आफ्नै प्रयासमा सुनिश्चित गरिएका कार्यबाट सफलता प्राप्तिको योग छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । शुभकर्म गर्नु पूर्व गणेशजीलाई आरधना गरि यात्रा गर्दा सफलता प्राप्त हुनेछ ।

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):

यो साता सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि नहोला । साताको उत्तरार्धबाट धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग आकाशे वा गुलाबी हो । शुभकर्म गर्नु पूर्व लक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):

यो सात पुरानो समस्या सुल्झाउन सकिनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । साताको अन्त्यमा अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गर्नाले सफलता हात पर्नेछ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):

यो साता नयाँ कार्यको योजना बन्नेछ । लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । धार्मिक कार्य सफल रहनेछन् । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । रमाइलो यात्रा पनि होला । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग निलो वा खरानी हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक शुभ फल मिल्नेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):

यो साता नयाँ जिम्मेवारी पाइएला । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । भौतिक सुखमा बढोत्तरी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । चुनौतीको सामना पनि गर्नुपर्ला । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कुबेरजीलाई स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

Previous Post

भूकम्प : मृत्यु हुनेको संख्या १५७ पुग्यो, ३७५ घाइते

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० कार्तिक १९ गते आइतबार ,तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल –

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० कार्तिक १९ गते आइतबार ,तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल –

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.