हामीले कतिपय घरहरूमा सूर्य यन्त्र मूल ढोकामाथि राखेको देख्ने गरेका छौँ । किन राखिन्छ त यस्तो यन्त्र घरमा आज हामी यसैका बारेमा चर्चा गर्ने छौँ ।
पूर्वमुखी घरमा मुख्य ढोकाबाहिर सूर्यको चित्र राख्दा घरमा सकारात्मक ऊर्जा आउँछ र नकारात्मक ऊर्जाको प्रवाह कम भई जागिर, व्यापार, व्यवसायको हिसाबले शुभ रहने मान्यता छ ।
त्यसैगरी घरमा सूर्य यन्त्र स्थापना गरी दिनहुँ पूजा गर्नाले शुभ फल तथा सूर्यको आशीर्वाद प्राप्त हुने मान्यता रहेको छ । यसलाई आइतबारका दिन स्थापना गर्नु उत्तम हुन्छ । सूर्य यन्त्र मन्त्र– ॐ घ्रिइय सूर्य आदित्य ॐ ।





Discussion about this post