HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

असोज २८ गतेदेखी कार्तिक ४ गते सम्म कस्तो रहला तपाईको दिन, हेर्नुहोस साप्ताहिक : राशिफल

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):

साताको सुरुका दिनमा फजुल खर्चले चिन्ता बढाउने र बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । गरेका कार्यमा अवरोध र ढिलासुस्ती हुनेछ । साताको मध्यमा शुभ समाचार सुन्न पाइनेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन्, तर सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ । यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग रातो वा सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):

यो साता मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । शेयर बजारमा नोक्सानी बेहोर्नु पर्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग रातो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शन गरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):

यो साता केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । बेला बेलामा मनमा चिन्ता, दुबिधा, मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन । जिम्मेवारीपूर्वक गरेको काममा समस्या आउन सक्छ, संयम रहनु होला । मध्य सातामा चिताएको कामले तीव्रता लिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

यो साता नयाँ काममा जुट्ने समय छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ । मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । रमाइलो यात्राको योग रहेको छ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

यो साता स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । पारिवारिक प्रेम र सद्भाव बढेर जानेछ । धर्मकर्म तथा समाज सेवामा मन पनि लाग्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । सहयोगी हातहरू अघि बढ्नेछन् । रमाइलो यात्राको योग रहेको छ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):

यो साता बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । कहीं कतैबाट धनलाभ हुने देखिन्छ । साताको मध्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेंलो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):

यो साता मिश्रित रहनेछ । समय व्यवस्थापन गर्न गारो पर्नेछ । आफन्तसँग मनमुटाव बढ्ला । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । मध्य सातामा मित्रजनको साथ र सहयोगमा उल्लेख्य कार्य सम्पादन हुनेछ । सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । यो साताका लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरी गरेको कार्यबाट सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):

यो साता पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । खर्च बढेपनि आम्दानी भन्दा खर्च बढी हुनेछैन । मनोरञ्जनमा सहभागिता भइएला । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । शेयर बजारमा गरेको लगानीले पछि राम्रै लाभ दिनेछ । जग्गाजमिनको कारोबारमा राम्रो प्रतिफल आउन सक्छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):

यो साता स्थान परिवर्तनका विशेष योग देखिन्छन् । नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ । आफन्त वा नजिकको व्यक्तिको सहयोगबाट अधुरा कार्यले गति लिनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी पनि अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घ्यू रङ्ग वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):

यो साता मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै पारिवारिक सुख पनि मिल्नेछ । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा विशेष लाभ हुने देखिन्छ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):

यो साता राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । यात्रा गर्दा पनि सावधानी अपनाउनु पर्नेछ । विश्वास गरेकाले त्यति साथ नदेलान् । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । सोमबारबाट पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । । लामो यात्रा सुखद् र सफल हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर पनि जुट्न सक्छ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरी कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):

यो साता शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ । रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ, तर विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनुहोला । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सुन्तला वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृहरूको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

 

Previous Post

आज सोह्रश्राद्ध समापन गरिँदै, भोलि देखि वडादसैँ अर्थात् दुर्गा पक्ष सुरु

Next Post

खाली पेट नखानुहोस् यी १० खानेकुरा

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

खाली पेट नखानुहोस् यी १० खानेकुरा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.