
आज शनिबार शनिदेशवलाई प्रसन्न गराउन सके ग्रह दशा हट्ने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा शनिवार सबेरै मानिसहरु नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिरमा गएर शनिदेवको पूजा गर्ने तथा पिपलमा जल समेत अर्पण गर्ने गर्दछन् ।
ब्रमाण्डका नौ ग्रहहरूमा शनिलाई न्यायाधीश मानिन्छ । त्यसैले उनको पूजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्ने धार्मिक विश्वास छ ।
शनिलाई उपयुक्त पूजाविधीले प्रसन्न बनाउन सके साढेसाती दशाको प्रभाव समेत कम पार्न सकिने बताइन्छ । ज्योतिषीहरुका अनुसार साढेसाती दशाले ठूलो अनिष्ठ निम्त्याउँछ ।
शनिको दशा र बक्र दृष्टि परेमा शारीरिक र मानसिक कष्ट झेल्नुपर्ने हुन्छ भने विभिन्न रोगले समेत सताउने बताइन्छ ।
यस्तो अवस्थामा साढेसाती दशाको प्रभाव कम गर्न शनिदेवको उपयुक्त विधीले पूजाआजा गर्न जरूरी रहेको ज्योतिषीहरुले बताएका छन् । विभिन्न ज्योतिषीहरुले विभिन्न माध्यमबाट व्यक्त गरेको सुझावलाई आधार मानेर यहाँ साढेसातीको प्रभाव कम गर्न केही उपाय प्रस्तुत गरिएको छ ।





Discussion about this post