HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

दिनमा कति पानी पिउनु, स्वाथ्य लागि कती उपयुक्त ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पानी कति र कसरी पिउने ? सधैं प्रयोगमा ल्याइरहने कुरा भए पनि यो जटिल विषय हो । तर यस विषयमा विषेशज्ञहरूबीच नै एक मत छैन । वास्तवमा हाम्रो शरीरमा कति पानी चाहिन्छ भन्ने कुरा हाम्री बस्ने क्षेत्र, मौसम र शारीरिक बनोटको आधारमा पनि फरक हुने गर्छ ।

तर आयुर्वेदले यस विषयमा अलग राय प्रस्तुत गरेको छ । आयुर्वेदका अनुसार हाम्रो शरीरको केही प्राकृतिक आवश्यकता हुन्छ । जसलाई हामीले भोक प्यास, निद्रा, पिसाब र शौच आदिबाट संकेत पाउने गर्छौं । त्यसकारण जब तपाईंलाई भोक लाग्छ, खाना खानुहोस् । जब तपाईंलाई प्यास लाग्छ, पानी पिउनुहोस्, हरेक समय यी विषयमा धेरै चिन्ता लिनु जरुरी छैन ।

पानी किन पिउने ?

यदि तपाईंलाई अझै पनि अन्यौल छ कि हामीले पानी किन पिउनुपर्छ भनेर भने हामी यसका केही उदाहरणहरु यहाँ दिन खोजिरहेका छौं ।

शारीरिक क्रियाको लागि जरुरी छ पानी

शरीरको हरेक कोशिकाको लागि महत्वपूर्ण तत्व हो पानी । जो पोषक तत्वलाई शरीरको विभिन्न ठाउँमा सञ्चार गर्ने एवं त्यसको अवशोषण गर्ने कामको लागि महत्वपूर्ण छ । यसले सास लिने वा मल त्याग गर्ने जस्ता शरीरको विभिन्न क्रियालाई नियमित गर्न मद्धत गर्ने गर्छ । पाचन एवं मस्तिष्क क्रियाको लागि पनि यो महत्वपूर्ण हुन्छ ।

शरीरमा ऊर्जाको स्तर बढाउँछ पानीले

पानीले शरीरमा ऊर्जाको स्तर बढाउन मद्धत गर्न गर्छ । दैनिक २ लिटर पानी पिउँदा ऊर्जाको स्तर ४०० जुल्ससम्म बढ्ने गर्छ । पानी त्यतिबेला धेरै पिउनु जरुरी हुन्छ, जतिबेला तपाईंहरु नियमित वर्क आउटमा निस्कनुहुन्छ । यसका अलावा पानीले थकाइलाई दूर गराउन समेत मद्धत गर्ने गर्छ ।

दिमागको कार्य र मुडलाई ठीक राख्न

विभिन्न अध्ययनले यो देखाएको छ कि शरीरमा पानीको कमी हुनुको सम्बन्ध ज्ञान र अनुभूतिसँग समेत रहेको छ । साथमा पानी पिउनुले मान्छेलाई कुनै पनि ध्यानमा फोकस गर्न मद्धत गर्ने गर्छ । जसले व्यक्तिको शैक्षिक एवं अन्य कार्यमा समेत सफलता प्राप्त गर्न सजिलो बनाएको हुन्छ । यसका अलावा कैयौं अध्ययनले यो पनि पुष्टि गरेको छ कि यदि व्यक्ति पर्याप्त रुपले पानी पिउँछ भने उसको मुड त्यो दिनभरि ठीक हुने गर्छ ।

पाचन प्रणालीको सुधारको लागि पानी

पानीले पाचन प्रणालीको प्रक्रियासँग जोडिएको एन्जाइमको संश्लेषित गर्न समेत मद्धत गर्ने गर्छ । पानी मान्छेको पाचन प्रणालीलाई सामान्य बनाउनको लागि सहयोगी हुन्छ । कब्जियत जस्ता समस्याको घरेलु उपचारको रुपमा पनि पानीलाई लिन सकिन्छ ।

शरीरभित्रको शुद्धीको लागि पानी

पानीमा रहेको अपशिष्ट पदार्थलाई शरीरबाहिर निस्कासित गर्नको लागि पनि पानीको सहयोग चाहिन्छ । यसले मललाई बाहिर पठाएर शरीरभित्रको शुद्धीमा सहयोग पु¥याउँछ ।

छालाको लागि उपयुक्त हुन्छ पानी

पर्याप्त मात्रामा पानी पिउनुले छालामा हाइड्रेसन बढाउन सहयोग गर्छ । साथमा यसले छालाको फिजियोलोजी समेत बढी गराउन मद्धत गर्छ । जसका कारण छाला कोमल एवं मुलायम बन्छ ।

दिनमा कति पानी पिउने ?

केही सिद्धान्तका अनुसार हामीलाई हरेक दिन कमसेकम आठ गिलास पानी पिउनुपर्छ भन्ने मानिन्छ । जसले गर्दा तपाईंको शरीर विषरहित, छाला पोषित हुने र हाइड्रेटेड गर्न समेत मद्धत गर्ने गर्छ । तर आयुर्वेदले यसलाई स्वीकार्दैन ।

आयुर्वेदका अनुसार पानी एक अनिवार्य तत्व हो । तर अत्यधिक पानीको सेवाले तपाईंलाई भोको महसुस नगराउला तर अपच हुने सम्भावना भने धेरै हुन्छ । चरक संहिता, सुश्रुत संहिता जस्ता शास्त्रहरुले यसबारेमा उल्लेख गरेका छन् । उनीहरुले शरीरमा जतिबेला प्यास बढ्छ त्यतिबेला पानी पिउन सकिने र त्यो नै पर्याप्त हुने बताउँछन् ।

धेरै पानी पिउनुले कफ र बात रोगको समस्या बढ्न सक्ने सम्भावना पनि रहन्छ, जसले शरीरमा पाचन शक्तिलाई प्रभावित गराउने गर्छ । त्यसैले पानीमा तृप्त भएपछि जबरजस्ती पानी पिइरहनु हुँदैन ।

पानी पिउने सही समय

सामान्यतया भोजनको समयमा पानी नपिउन धेरैले सुझाव दिन्छन् । या त खानाभन्दा पहिले या त खानाको ४५ मिनेटपछि पानी पिउन सामान्यतया सुझाव दिइन्छ । तर आयुर्वेद शास्त्रका अनुसार प्यास एक प्राकृतिक आवश्यकता भएकोले यति समय भन्दा पनि जतिबेला तिर्खा लाग्छ त्यतिबेला पानी पिउनु कुनै समस्याको विषय होइन ।

पानी पिउने सही तरिका

 

  • जसरी हामी बसेर खाना खानै गर्छौं, त्यसरी नै हामी बसेर पानी पिउन सक्छौं । सकेसम्म दिनभरि पानीको घुड्की लिइरहन सकिन्छ । एकैपटक धेरै पानी पिउँदा शरीरमा पर्याप्त पानी अवशोषित नहुन सक्छ ।
  • पानीको तापमानको कुरा गर्दा मनतातो पानी खानु उपयुक्त हुन्छ । या त कोठाको तापक्रम जति पानी पिउन सकिन्छ । तर धेरै चिसो र बर्फयुक्त पानी पिउनु हुँदैन । चिसो पानी पिउँदा शरीरको सबै भागमा रगत नपुग्न सक्छ ।
  • भोजन गर्ने बेलामा र भोजन लगत्तै पर्याप्त पानी नपिउनुहोस् । तर भोजनको बीचमा पानी पिउन सकिन्छ ।
  • यो बिर्सनु हुन्न कि तपाईंको शरीर ५० प्रतिशत भोजनबाट, २५ प्रतिशत पानीबाट र २५ प्रतिशत पाचक रसको साथमा भरिएको हुन्छ ।
Previous Post

मौसममा सुधार :मौसविद्

Next Post

भारी वृद्धि सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

भारी वृद्धि सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.