पछिल्लो केही दिनयता चितवन तथा यस आसपासका क्षेत्रमा सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ ९सापू० रोगका बिरामी देखा पर्न थालेका छन् ।
भरतपुर आँखा अस्पतालमा विगत १५ दिनमा छ जना सापूका बिरामी जटिल अवस्थामा आएको अस्पतालका आँखारोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले बताए । केही समयअघि महामारीको रुपमा फैलिएकोे आँखा पाक्ने रोगसँग झुक्किएर सापू रोगका बिरामी अस्पताल उपचारका लागि समयमा नआउँदा यसमा जटिलता थपिएको उनको भनाइ छ ।
उनले भने, “हामीकहाँ आउने बिरामी पाँच दिनदेखि नौ दिनको अन्तरालमा सापूका लक्षण बोकेर आउनुभएको छ ।” आँखा रातो भएको खण्डमा यसलाई सामान्य आँखा पाकेको भनी भर परेर नबस्न डा सुवेदीको आग्रह छ । उनले सापूरोग साना बालबालिकाका लागि अझ घातक हुनसक्ने भन्दै बच्चा चञ्चल हुने, सरसफाइमा ध्यान नदिने, बच्चालाई सरसफाइका बारेमा बुझाउन नसकिने र बच्चाले आफ्नो आँखाको समस्याबारे बताउन नसक्ने भएकाले सानो बच्चाको दृष्टि गुम्न सक्ने खतरा बढेको औँंल्याए ।






Discussion about this post