HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

पिसाब परीक्षणबाट के रोग पत्ता लाग्छ ? थाहा पाउनुहोस्

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

समस्या लिएर अस्पताल पुगेका बिरामीलाई कतिपय अवस्थामा पिसाब परीक्षण गर्न लगाइन्छ । पिसाब जाँचले केवल मूत्रनलीको समस्याबारे मात्र बताउँदैन । यसले अरु धेरै समस्या पहिचान गर्न सकिन्छ ।

पिसाबको संक्रमणदेखि दीर्घरोगको स्थिति पत्ता लगाउन समेत पिसाबको जाँच गरिन्छ ।

के के रोग पत्ता लाग्छ ?

मूलतः पिसाबमा देखिने संक्रमण, मधुमेह र प्रोस्टेटको समस्याबारे पिसाब जाँचबाट पत्ता लगाउन सकिन्छ । युरिन कल्चर गरेर पिसाबमा कस्तो खालको कीटाणु छ, त्यसलाई कसरी न्युनीकरण गर्ने, कुन औषधि दिने भन्ने कुरा टुंगो गरिन्छ ।

प्रायः ४० वर्ष पार गरेका पुरुषमा प्रोस्टेटको समस्या देखिन थाल्छ । उनीहरुलाई छिटो छिटो पिसाब लाग्ने, जलन हुने समस्या हुन्छ । यस्तो अवस्थामा पिसाब जाँच गरिन्छ । पत्थरी, ट्युमर, मधुमेह, उच्च रक्तचापको स्थिति पत्ता लगाउन पिसाब जाँच गरिन्छ ।

कहिलेकाहीं पिसाबमा रगत देखिने समस्या पनि हुन्छ । यसले मिर्गौला रोगको संकेत गर्छ । पिसाबमा रगत देखिएको छ र त्यो के कारणले हो भन्ने निक्र्यौल गर्न पनि पिसाब परीक्षण गरिन्छ ।

कुन–कुन अवस्थामा जाँच गर्ने पिसाब ?

क्षणक्षणमा पिसाब लाग्ने, पिसाबमा रगत देखिएमा पिसाब जाँच गर्नुपर्ने हुन्छ । त्यसो त सामान्य रोग बिराममा पनि पिसाब जाँच गर्नुपर्ने हुन्छ । यसले थुप्रै कुरा पत्ता लगाउन सकिन्छ । शरीरको भित्री अंगको स्थिति पत्ता लगाउन पनि पिसाब जाँच गरिन्छ ।

पिसाब जाँच गर्नुअघि के कुरा ध्यान दिने ?

सामान्यतया युरिन इन्फेक्सनमा बिहानको पिसाब उपयुक्त मानिन्छ । त्यसमा पनि पहिलो पिसाब नभई दोस्रो पिसाब झन् उपयुक्त भनिन्छ । त्यसमा रिपोर्ट सफा देखिने सम्भावना बढी हुन्छ । यस्तो भन्दैमा अरु बेला पिसाब जाँच गर्दै नगर्ने भन्ने होइन । यो रोगअनुसार फरक फरक हुन्छ ।

माइक्रोप्रोस्टेट छ कि छैन थाहा पाउन २४ घण्टाभित्रको पिसाब जम्मा गराइन्छ । क्यान्सरको बिरामीलाई भने समयावधि नै तोकेर पिसाब जाँच गराइन्छ । यदि ट्युमरको बिरामी छ भने बिरामीले पिसाब जाँच गराउनुअघि दुई तीन गिलास पानी खान लगाइन्छ । किनकि त्यसले पिसाबमा पनि ट्युमरका कणहरु देखिन सक्छन् ।

पिसाबको रंग र गन्ध

सफा, हल्का पहेंलो, पारदर्शी र थोरै गन्ध भएको पिसाब सामान्य मानिन्छ । यस्तो छ भने शरीर स्वस्थ छ भन्ने अर्थ लाग्छ । एकदम सेतो, गाढा पहेंलो, धुलो मिसिएको जस्तो पिसाब देखिएमा जाँच गराउनुपर्ने हुन्छ । यसले शरीरमा केही खराबी छ भन्ने संकेत गर्छ ।

एक व्यक्तिले औसत कति पिसाब फेर्नुपर्ने हुन्छ ?

यसमा यति नै भन्ने हुँदैन । मान्छेको काम, जीवनशैली, खानपान, आनीबानी यसमा कारण हुन्छ । राति चाहिं सामान्यतः दुई पटकसम्म पिसाब लाग्नु ठीकै हो । यदि धेरै पटक पिसाब लाग्छ भने कुनै समस्या हुन सक्छ ।

पिसाबले गर्छ रोगको संकेत
क्षणक्षणमा पिसाब लाग्नु वा एकदमै लामो समयमा मात्र पिसाब लाग्नु दुवै समस्या हो । पानी खाएको बेला पनि पिसाब लाग्दैन भने मिर्गौलामा खराबी हुन सक्छ भन्ने संकेत गर्छ । यदि छिटोछिटो पिसाब लाग्ने, पिसाब गर्न असहज हुने, जलन हुने गर्छ भने प्रोस्टेटको समस्या हुन सक्छ । प्रोस्टेट बढेपछि पिसाबको धारा मसिनो हुने, पिसाबको गति कम हुने, पिसाब फेरेपछि पनि निथ्रिएको जस्तो नहुने लक्षण देखिन्छ । यस्तो समस्या जटिल बन्दै गएपछि त्यसले पछि मिर्गौलालाई समेत असर गर्छ ।

Previous Post

बिहानै कुनै पनि कार्य गर्नु भन्दा अगाडी गर्नुहोस् यी कार्य, जीवननै फरक हुनेछ !

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन, असोज १२ गते, शुक्रवार,आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस , राशिफल : राशिफल

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन, असोज १२ गते, शुक्रवार,आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस , राशिफल : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.