HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

गाडी भाडा बढाउन माग, कहिले खुल्छ दसैँको अग्रिम बुकिङ ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपालीहरूको प्रमुख चाड दसैँ र तिहार नजिकिएसँगै सार्वजनिक यातायातको चहलपहल सुरु भएको छ । दसैँमा उपत्यकाबाट बाहिर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुलाउने योजनासहित यातायात क्षेत्रमा चहलपहल सुरु भएको हो । यसपटकको दसैँको टीका कात्तिक ७ गते छ । यस्तै, असोज २८ गते घटस्थापना छ । काठमाडौँका देशभरका यात्रु घटस्थापनाबाट उपत्यका छाड्न थाल्छन् र टिकापछि धमाधम फर्किन सुरु गर्छन् । दसैँमा २० लाखभन्दा धेरै यात्रुले उपत्यका छाड्ने गरेका छन् ।

यी यात्रुलाई घरसम्म पुर्याउनका लागि हजारौँ गाडी परिचालित हुन्छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले दसैँको अग्रिम टिकट खुलाउनेबारे छलफल सुरु भएको बताए । उनले गत साताको शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग बैठक समेत गरेको बताए । तर, बैठकले अग्रिम टिकट बुकिङ खुलाउने भन्ने मिति तय गर्न सकेन । मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग र यातायात व्यवसायी सम्मिलित उक्त बैठकमा व्यवसायीले सडक मर्मत र भाडा समायोजनको मुख्य एजेन्डा राखेका थिए । उनीहरुले चैत मसान्तमा हुनुपर्ने सार्वजनिक यातायातको भाडा समायोजन अहिलेसम्म नभएको विषय बैठकको मुख्य एजेन्डा बनाएका थिए ।

व्यवसायीहरूले दसैँको अग्रिम टिकट बुकिङ खुलाउनुअघि लामो दूरीको भाडा समायोजन हुनुपर्ने अडान लिएका छन् । ‘दसैँको अग्रिम टिकट बुकिङ खुलाउन कुनै समस्या छैन । टीकाको हप्ता १० दिन अघिदेखिका लागि अग्रिम टिकट खुलाउने हो,’ स्वाँरले रातोपाटीसँग भने, ‘तर, सडक मर्मत र भाडा समायोजन हुनुपर्छ ।’

 

पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा स्वतः सार्वजनिक यातायातको भाडा समेत तलमाथि हुँदै आइरहेको छ । तर, पछिल्लो दुई पटक मूल्य वृद्धि हुँदा भाडा नबढेको भन्दै व्यवसायीले दसैँको अग्रिम टिकट बुकिङ खुलाउनुअघि भाडा समायोजन हुनुपर्ने माग राखेका हुन् । भाडा समायोजनको सहमति नबनेसम्म बुकिङ नखुलाउने पक्षमा व्यवसायी देखिएका हुन् ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले ऐनमै भाडा समायोजनको विषय प्रष्टरुपमा लेखिएकाले प्रक्रिया पुरा गर्नुपर्ने बताउँछन् । ‘दसैँमा अग्रिम टिकट खुलाउन पर्याप्त समय छ । तर, त्यसका लागि भाडा समायोजन हुनुपर्छ,’ सिटौलाले भने, ‘भाडा बढ्ने वा घट्ने भन्ने विषय प्रक्रियामार्फत प्रस्टिन्छ ।’ यसबारे सरकारी निकायसँग निरन्तर छलफल भइरहेको यातायात व्यवसायीहरूको भनाइ छ ।

दसैँ लक्षित गरेर सडक मर्मत गर्दै सरकार

दसैँका लागि उपत्यका छाड्ने र दसैँ मनाएर भित्रने लाखौं सङ्ख्याका यात्रु लक्षित गरेर सरकारले देशभरको सडक मर्मतको काम सुरु गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले सरकारले युद्ध स्तरमा सडक मर्मत सम्भारको काम सुरु गरेको बताए ।

‘देशभर सडक मर्मत सम्भारको काम सुरु भएको छ । भत्किएका र खाल्डाखुल्डी भएका सबै राजमार्ग र निर्माणाधीन अवस्थामा रहेको सडक समेत दसैँ लक्षित मर्मत हुँदै छन्,’ रिजालले रातोपाटीसँग भने, ‘भौतिक मन्त्रालयले देशभरका सडक मर्मत सम्भार गर्न निर्देशन दिइसक्यो ।’

सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालले विभागको मातहतमा रहेका सम्पूर्ण सडक मर्मत सम्भारको काम भइरहेको बताए । दसैँलाई लक्षित गरेर राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुर्ने, पहिरो हटाउने र अन्य प्रकारको मर्मत सुरु भइसकेको उनले बताए । देशभरका राष्ट्रिय राजमार्गमा पहिरो हटाउनका लागि २५० हाराहारीमा एक्स्काभेटर तयारी अवस्थामा रहेको समेत ढकालको भनाइ छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सिटौला मुग्लिन सडकखण्ड, पूर्वपश्चिम राजमार्ग, टोखा छहरे, अरनिको राजमार्ग, बिपी राजमार्ग र मदन भण्डारी राजमार्ग लगायतको मर्मतमा ध्यान दिनुपर्ने बताउँछन् । विस्तार र वर्षायामको पहिरो लगायतले सडकको अवस्था दयनीय रहेकाले ती सडकलाई यात्रा योग्य बनाउनुपर्ने सिटौलाको भनाइ छ ।

रुट परमिट खुलाउँदै विभाग

यसैबीच लक्षित गरेर यातायात व्यवस्था विभागले देशभरका सडक मार्गमा रुट परमिट खुला गर्ने भएको छ । सार्वजनिक र निजी यातायातमार्फत यात्रु ओसारपसार गर्नका लागि रुट परमिट खुला गर्ने महानिर्देशक रिजालले बताए । उनले भने, ‘यसअघिको अभ्यास हेरेर निश्चित समयका लागि सम्पूर्ण सडक मार्गको रुट परमिट खुला गर्ने तयारी भइरहेको छ । यसमा मन्त्रालयको निर्देशनले समेत काम गर्छ ।’

विभागले प्रत्येक वर्षको दसैँमा हुने यात्रुहरूको आवतजावतलाई मध्यनजर गर्दै रुट परमिट खुला गर्छ । रुट परमिट नभएको सडकमा सवारी साधन ओहोरदोहोर गर्न मिल्दैन । जसकारण, यात्रुको आवतजावतमा समस्या सृजना हुने भएकाले झन्झटमुक्त गर्नका लागि विभागले परमिट खुला गर्छ ।

Previous Post

शेयर बजार घट्यो ,कति पुग्यो कारोबार रकम ?

Next Post

सपनामा यी देवी-देवता देख्नु भयो भने सम्झिनुहोश भाग्य चम्किदै छ !

HoKhabar

HoKhabar

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

सपनामा यी देवी-देवता देख्नु भयो भने सम्झिनुहोश भाग्य चम्किदै छ !

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.