HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन, असोज ७ गते आइतबार,आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस , राशिफल : राशिफल

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
सुपा देउराली
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज चन्द्रमाको गोचर नवौँ स्थानमा रहने भएकाले समय मध्यम छ । बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्ने सम्भावना छ । विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । फजुल खर्चले चिन्ता बढाउन सक्छ । काममा केही पछि परिने समय छ । सामाजिक तथा परोपकारको क्षेत्रमा लाग्दा राम्रो होला।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज चन्द्रमा गोचर राशिबाट आठौँ स्थानमा रहने भएकाले समय शुभ छैन । घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउनेछ । काममा केही विलम्ब हुन सक्छ । आफ्नैबाट टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वास गर्दा धोका होला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । बसाइको स्थानान्तरण वा यात्रा सम्भावना छ । अवसरका लागि गरिएको प्रयत्न व्यर्थ हुन सक्छ, सजग रहनुहोला । विद्यार्थीको पढाईमा रोकावट हुन सक्छ। शेयर बजारबाट पनि आज नाफाको अपेक्षा गर्न सकिंदैन।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

समय शुभ छ । हाल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । दिगो फाइदा हुने योजना बन्न सक्छ । आफूलाई लाभ नभए पनि सानो प्रयत्न गर्दा सामाजिक काम बन्नेछ । अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । विद्यार्थीले पढाईमा राम्रो सफलता पाउन सक्छन्। शेयर बजारबाट आज लाभ लिन सकिन्छ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर तपाईंको राशिबाट छैटौँ रहने भएकाले समय राम्रो रहनेछ । नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा सोचेको प्रगति हुनेछ । अध्ययन अध्यापनको क्षेत्र राम्रो रहनेछ। शेयर बजारबाट लाभ मिल्नेछ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरुका लागि चन्द्रमाको गोचर राशिबाट पाँचौँ रहने भएकाले समय सामान्य रहन सक्छ। आज स्वास्थ्य भरपर्दो नरहला । खाने पिउने मामलामा ज्यादै ख्याल गर्नु होला । पेट गड्बडीको सम्भावना बलियो छ । तपाईंका शत्रू जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । काम शुरु नगर्नु नै बेस । खानपानमा विशेष सतर्क हुनुहोला । पढाईमा विशेष ध्यान दिन जरुरी छ। शेयर कारोबार तथा लेनदेनमा विचार पुर्याउनुपर्छ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज चन्द्रमा गोचर राशिबाट चौथों रहने भएकाले समय खराब रहनेछ । आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दु:ख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज पढाईमा मन नलाग्न सक्छ। शेयर बजार तथा लेनदेनबाट घाटा हुने तथा खर्च बढ्न सक्छ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज चन्द्रमा गोचर राशिबाट तेश्रो स्थानमा रहने भएकाले समय शुभ छ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । विद्यार्थीले पढाईबाट सफलता हासिल गर्न सक्छन्। शेयर बजारबाट लाभ मिल्ने समय रहेको छ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर राशिबाट दोश्रो स्थानमा रहने भएकाले  समय सामान्य रहेको छ । अनायासै शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला । साथ दिनेहरू नहुँदा दु:ख पाइनेछ । बाध्यताले अप्ठ्यारो पार्न सक्छ । सामान्य काममा धन र श्रम खर्च हुनेछ । आफ्नो गोपनीयता भंग हुनाले समस्यामा परिनेछ । सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । स्वास्थ्यका लागि व्यायाम र आहारविहारमा ध्यान पुर्याउनुहोला । विद्यार्थीको पढाईप्रति रुचि नजाग्न सक्छ। शेयर बजारबाट सामान्य मात्र लाभ मिल्न सक्ला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज चन्द्रमा गोचर धनु राशिमा नै रहने भएकाले समय शुभ छ । केही चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता प्राप्त हुनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ । विद्यार्थीको पढाईमा प्रगति हुन सक्छ। शेयर बजारमा कारोबार गर्नेहरुले नाफा कमाउन सक्ने समय छ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि हुनेहरुको लागि आज चन्द्रमाको गोचर राशिबाट बाह्रौं रहने भएकाले  समय केहि खराब रहनेछ । कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । अध्ययनका लागि आजको दिन त्यति उपलब्धिमूलक नभए पनि व्यावसायिक कर्मले गति लिनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । प्रतिफल हातपार्न केही समय लाग्नेछ । शेयर बजारबाट आज नाफा निकाल्न कठिन हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज चन्द्रमा गोचर राशिबाट एघारौँ स्थानमा रहने भएकाले समय शुभ छ । दिन निकै रमाइलो र उत्साहवर्धक रहनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन् । प्रेमको बन्धन कसिनेछ । कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ । साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् । विद्यार्थीले चाहेको नतिजा हात पार्न सक्नेछन्। शेयर बजारमा कारोबार गर्नेहरुले राम्रो नाफा कमाउन सक्नेछन्।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

चन्द्रमाको गोचर राशिबाट दशौँ स्थानमा रहने भएकाले समय शुभ रहेको छ। व्यवसायमा क्षेत्र विस्तारका साथै राम्रो नाफा कमाउन सकिनेछ। नोकरी गर्नेहरुले सहकर्मीको सहयोग प्राप्त गर्न सक्छन् भने मानसम्मान तथा पदप्रतिष्ठा बढ्ने पनि समय छ। विद्यार्थीले पढाईबाट राम्रो नतिजा हात पार्न सक्छन्। प्रेम सम्बन्ध राम्रो रहन सक्छ। शेयर बजारबाट फाइदा लिन सकिन्छ।

Previous Post

Mercedes Rules Out EQS Coupe And Convertible Due To Lack Of Demand

Next Post

आज मौसम : देशका यी स्थानमा पानी पर्ने सम्भावना

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

आज मौसम : देशका यी स्थानमा पानी पर्ने सम्भावना

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.