HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

किन खुइलिन्छ पुरुषको मात्र तालु ,जान्नुहोश !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हाम्रो शरीरको हत्केला, पैताला र अरु केही अंगबाहेक अन्य भागको छालाको भित्री सतहको धेरै ठाउँमा कतै अत्यधिक बाक्ला र कतै पातला फोलिकल (Follicle) भन्ने एक प्रकारका नलीहरु हुन्छ। तिनीहरुको जरामा पछि रौँ को रुपमा बिकसित हुने थुप्रै कोषहरू हुन्छन। फोलिकलहरुको वोरिपरी मसिना रक्तनलीहरु (Blood Vessels) पनि हुन्छन्। रगतबाट आवश्यक पौष्टिकतत्व पाएपछि फोलिकल कोषहरू बृधि हुन्छन्। जब फोलिकलको भित्रि भाग नयाँ कोषहरूले भरिन्छ, पुराना कोषहरु बाहिर धकेलिन्छन्। त्यसरी धकेलिएर बाहिर निस्कनु भनेको नै रौँ उम्रिनु हो।

शरीरको बिभिन्न भागको छालाको बनोट अनुसार रौँ उम्रिने संयन्त्र, रौँ को प्रकार, बक्लोपन र बढ्ने तरिका पनि बिबिध कारणले गर्दा फरक-फरक हुन्छ। हुन त छालाभित्रको भागसंग छुट्टिएको हुँदैन, तर छाला बाहिर हामीले देख्ने रौँ को भागचाहिं बास्तबमा केराटिन (Keratin) नामक एक प्रकारको प्रोटिनको मरेको कोषको धर्सा हो। यो प्रक्रियालाई पाप्रा उप्किने रुख्संग तुलना गर्दा हुन्छ। पाप्रा उप्किने रुखको भित्र नयाँ बोक्राको बिकास हुन्छ, त्यो भन्दा बाहिरको बोक्रा मर्छ, पाप्रा बन्छ र अन्तमा रुखबाट खस्छ। लसुन प्याजको पात सुकेपनि डल्लोबाट छुट्टिएको हुँदैन नि ! रौं लाई त्यस्तै भन्दा पनि हुन्छ।

शरीरको अन्य भागको रौँ अलि कम दरमा बढ्दछ, तर कपालको रौँ काटे पनि नकाटे पनि औसतमा बर्षमा १५ सेन्टिमिटर जति बढ्दछ। नकाट्दा भन्दा काट्दा बढी बढेजस्तो भान भएनि नकाट्दा पनि उत्तिकै दरमा बढेको हुन्छ, तर नजानिदो गरी खिइएर स-साना कणमा झर्ने भएकोले कम बढेजस्तो लाग्ने हो। केही अपबाद बाहेक एउटा औसत बयस्क मान्छेको शरीरमा १ लाखदेखि १ लाख ५० हजार जति रौँ हुन्छन, र हरेक दिन करिब १०० वोटा जति रौँ झर्दछन्।

हरेक फोलिकल कोषको जीवनचक्र हुन्छ, तर फरक-फरक समयको हुन्छ, अर्थात् कसैको छोटो हुन्छ भने कसैको लामो। हरेकको जीवनचक्रलाई वंशाणुगत गुण, भिटामिन तथा प्रोटिन लगायतका अन्य पौष्टिकतत्वहरु, व्यक्तिमा हुने रोग, मानसिक तनाब आदिले फरक-फरक किसिमले प्रभाब पारिरहेका हुन्छन्।

कपाल बढ्ने Anlagen, Catagen, Telogen नामक ३ अवस्थाहरु हुन्छन्। प्रत्येक रौं यी ३ अवस्थाबाट गुज्रिन्छ तर गति फरक-फरक हुन्छ। भन्नुको मतलब यदि कुनै एउटा रौँ Anlagen अवस्थामा छ भने अर्को रौँ Catagen अथवा Telogen अवस्थामा पनि हुन सक्छ। यी ३ अवस्था पुरा भएपछि कुनै पनि रौँ का कोषहरु मर्छन, र त्यो ठाउँमा नयाँ कोषहरू जन्मिन्छन्। कुनै कारणबस अबरोध भएन भने यो चक्र चलिरहन्छ। तर बुढौली लागेपछि भने यो चक्र धेरै नै सुस्त हुन्छ।

Anlagen अवस्था करिब २-६ बर्षसम्मको हुन्छ। यो अवस्थामा रौँ बन्ने कोषहरू एकदम बिकसित हुन्छन्। हुन त यो वंशाणुगत कुरामा पनि भर पर्दछ, तथापि यो अवस्था लामो हुनेको कपाल एकदम बढ्छ र लामो हुन्छ भने छोटो हुनेको त्यति नबढ्ने भएकोले छोटो हुन्छ। Anlagen पछिको Catagen अवस्था करिब २ हप्ताको हुन्छ, र यस अवस्थामा पुराना कोषहरू मार्दैगरेका हुन्छन, बाहिर धकेलिने प्रक्रिया बिस्तारै सुरुहुँदै गैरहेको हुन्छ, र रौँ त्यति बढ्दैन। त्यसपछिको Telogen अवस्थामा रौँ जराबाट छुटिन्छ र झर्छ।

महिला तथा पुरुष दुबैको क्षणिक रुपमा कपाल झर्ने कारणहरु धेरैजसो उस्तै हुन्छन भने दीर्घकालीन कारणहरु प्राय फरक किसिमका हुन्छन्। मानसिक तनाब, ठुलो आधात, ठुलो अप्रेशन, कुनै रोग, क्यान्सर उपचारको मुख्यतया किमोथेरापी, औसधिको प्रभाब आदि साझा कारणहरु हुन। यस्ता अवस्थाहरुले रौँ बढ्ने चक्रमा आघात पुर्याउँछन, र रौँ चक्र पुरा नहुँदै छुटिन्छ, मर्छ र झर्छ।

अहिले बजारमा उपलब्ध अक्साइड तथा ब्लिच जस्ता छालालाई अत्यधिक हानि गर्ने कपाल रंगाउने रंगीबिरंगी बस्तु प्रयोग गर्नेहरुको पनि भविष्यमा रौँ झर्छझर्छ। मेहदी र मेहदी जस्तै प्राकृतिक बस्तुहरुले रौँ झर्न रोक्दैनन् र रौँ उमार्दैनन् पनि। तर छाला बाहिरको रौँ लाई चम्किलो र चिल्लो भने बनाउँछन्। खस्रो भन्दा चिल्लो बस्तु कम टुक्रिने भएकोले रौँ पनि टुक्रिन कमहुने सम्भावना भएको कुरा हालैको परिक्षणले देखाएको छ। जाडो याममा मेहदी टाउकोमा धेरैबेर राख्दा त्यसको असरले चिसो लाग्ने धेरै सम्भाना हुन्छ।

शरीरमा भिटामिन “ए” धेरै भए पनि, र फलाम, भिटामिन “बि” तथा आवश्यक प्रोटिनको अभाब भए पनि रौँ झर्छ। बच्चा जन्माउँदाको सकसले गर्दा सुत्केरी अवस्थामा महिलाहरुको कपाल बढी झर्छ। तर यस्ता कारणहरुमा सुधार आएपछि रौँ पुन पलाउन थाल्दछ। बुढौलीमा महिला तथा पुरुष दुबैको कपाल झरेर पातलो हुनु स्वाभाविक प्रक्रिया हो।

टाउकाको छालामा ५ सतहहरु हुन्छन्। माथिल्लो सतह जसलाई स्काल्प (Scalp ) भनिन्छ, त्यसमा अन्य भागको छालामा भन्दा एकदम धेरै Hair Follicles र सबेइसस नामक ग्रन्थी (Sebaeceous Glands) हरु हुन्छन्। त्यही कारणले कपालको रौँ अन्यत्रको भन्दा एकदम बाक्लोगरी उम्रिन्छ।
हुन त वाताबरणी प्रभावले पनि कपाल झर्छ, तर पुरुषको उमेर घर्किंदैजाँदा, अझ कसैकसैको त लक्का जवानीमै, दुवै कन्चटबाट कपाल खुइलिंदै माथि गएर अंग्रेजी अक्षरको “M” जस्तै बन्दैजानु, तथा तालु चिप्लिएर “U” जस्तै बन्दैजानु, वा घोडाको टाप जस्तै बन्दैजानु, अथवा सेट्ठी नै बन्ने मुख्य २ वोटा कारणहरु छन्। बाउको खुइले टाउको अथवा वंशानुगत (Hereditary) कारण, र पुरुषत्व अथवा पुरुषमा हुने टेस्टोस्टरोन हर्मोन (Testosterone Hormone) को शक्तिशाली तर विकृतरुप Dihydrotestosterone, DHT को प्रभाबको कारण।

Dihydrotestosterone भनेको पुरुष जनेंद्रियलाई सक्रिय बनाउन, शुक्रकिट उत्पादन गर्न, तथा दारीजुँगा निकाल्न सकारात्मक र सक्रिय भूमिका खेल्ने हार्मोन हो। तर दुर्भ्याग्यको कुरा यो पुरुषको कपालको रौँ झार्ने कारकतत्व बन्दो रहेछ। यसले टाउकाको Scalp भनिने छालामा हुने Follicles लाई खुम्च्याई दिन्छ, र बिस्तारै कापलका कोषहरु बन्नै छाड्दछन्। हाम्रो शरीर एक प्रकारले बिभिन्न हार्मोनको संयोगले चल्छ, तर कतिपय यस्ता अवस्थाहरु हुन्छन, जहाँ एउटा हर्मोनले अर्कोलाई नकारात्मक असर पनि पुर्याउँछ।

महिलाहरुको शरीरमा पनि करिब १८-३० बर्षको अवस्थामा केही मात्रामा Testosterone Hormone हुन्छ, तर त्यसपछि बिस्तारै घटेर एकदम कमहुँदै जान्छ। त्यसैले पुरुषको जस्तोगरी कपाल खुइलींदैन। खुइले टाउको हुने ७ जना पुरुषमध्ये ४ जना वंशानुगत कारणले तालुखुइले हुन्छन, अनि ६० बर्ष पुग्दानपुग्दै ७०% पुरुष तालुखुइले बन्दछन्।

टाउकाको खुइलिएको ठाउँमा आफ्नै नखुइलिएको ठाउँको स्काल्प सहितको छाला ल्याएर अपरेशन गरी टाँसेर केही समयको लागी रौँ पलाउने बनाउन त सकिन्छ तर त्यो प्रक्रिया एकदम पीडादायी र धेरै खर्चिलो हुन्छ। कति पीडादायी हुन्छ भन्ने बुझ्न चाहनेले बेलायतका फुटबल स्टार Wayne Rooney को जीवन कथा पढेमा प्रस्ट बुझिन्छ। यसो गरेपनि कपाल दिगो रहन्न केही समयपछि बिस्तारै झरेरै छाड्छ।
यदि उमेरमै टाउको खुइलिनुका वंशानुगत तथा पुरुषत्व बाहेकका कारणहरु छन भने, Minoxidil तथा Re-up जस्ता दल्ने झोल औसधिले नयाँ रौँ नउमारे पनि लगाउन्जेल झर्नेक्रममा व्यक्ति अनुसार सुधार आउन सक्छ, नत्र मनोज गजुरेलले उनको हँस्यौली कार्यक्रममा आफ्नो तालु खुइलिनुको कारण भनेझैं झनझन तालु चिप्लिंदै जान्छ।

Previous Post

यि कुरा हरु थाहा पाउनुहोश : यस्तो अवस्थामा यौन सम्पर्क नगरौं

Next Post

आईपीओ निष्कासन : ९ लाख ३७ हजार् लाई पर्ने आइपीओ आउँदै, थाहा पाउनुहोश कम्पनी कस्तो

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

आईपीओ निष्कासन : ९ लाख ३७ हजार् लाई पर्ने आइपीओ आउँदै, थाहा पाउनुहोश कम्पनी कस्तो

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    १ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    १ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.