HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

फिट र स्लिम कसरी बन्ने ? यस्तो छ तरिका

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

स्वस्थ खानपान र पर्याप्त व्यायाम
तौल कम गरेर आकर्षक र छरितो देखिन निम्न कुराहरुमा ध्यान दिन सकिन्छ । तौल धेरै हुनुका २ कारणहरु हुन्छन् भन्ने बुझ्नपर्छ । पहिलो, हामी जंक फुड धेरै खान्छौं र दोस्रो, हामी वर्कआउट वा शारीरिक व्यायाम गर्दैनौं ।स्वस्थ खानपान र पर्याप्त व्यायामतौल कम गरेर आकर्षक र छरितो देखिन निम्न कुराहरुमा ध्यान दिन सकिन्छ ।

तौल धेरै हुनुका २ कारणहरु हुन्छन् भन्ने बुझ्नपर्छ । पहिलो, हामी जंक फुड धेरै खान्छौं र दोस्रो, हामी वर्कआउट वा शारीरिक व्यायाम गर्दैनौं । धेरै क्यालोरी हुने चिल्लो, मसालेदार, तारेको खानेकुराहरु खाने तर पर्याप्त शारीरिक व्यायाम नगरेपछि शरीरमा क्यालोरी जम्मा हुन्छ र मानिस मोटाउन थाल्छन् । त्यसैले स्वस्थ र सन्तुलित खानाहरु मात्रै खाने गरौं ।

आजभोली हामी प्रविधिको भर पर्छौं । हामी शारीरिक श्रम गर्दैनौं । मोटोपनाले सताएपछि मात्रै हामी शारीरिक रुपमा धेरै सक्रिय हुने प्रण लिन्छौं तर, एक दुई दिन पछि नै फेरि अल्छी भैहाल्छौं ।

यदि तपाईं आफ्नो मोटोपना घटाएर स्लिम र फिट रहन चाहनुहुन्छ भने घरको कामहरु गर्ने र कम्तीमा पनि दिनको १० हजार कदम हिँड्ने बानी बसाल्नुहोस् । यस्तै छोटो दुरीको लागि गाडी, स्कुटी वा बाइक प्रयोग नगरौं ।

फिटनेशको कुनै सर्टकट शुत्र हुँदैन । तपाई मोटोपना घटाउन चाहनुहुन्छ भने तपाईले पसिना बगाउनै पर्छ । नियमित जिम जानुहोस् र वेट ट्रेनिङको प्राक्टिस गर्नुहोस ।

आवश्यक परेमा पर्सनल ट्रेनर लिन नहच्किनुहोस् किनभने उनीहरु तपाईंको सामथ्र्यलाई हेरेर तपाईंसँग फ्लोरमा सही एक्सरसाइज गराउन सक्छन् । उनीहरुलाई सहि तरिकाले व्यायाम कसरी गर्ने भन्ने ज्ञान हुन्छ ।

उनीहरुले तपाईलाई राम्रोसँग ट्रेन गर्दै उत्साहित गराउँछन् । तपाई जब एक राम्रो प्रशिक्षकको साथमा काम गर्नुहुन्छ भने उनीहरुले तपार्इंको खानपान र व्यायाममा पनि उनी उचित ध्यान दिन्छन् । तपाईंले उनीहरुबाट धेरै सिक्न सक्नुहुन्छ ।

आफ्नो आहारमा प्रोटिन धेरै लिनुहोस् । धेरैजसो नेपालीमा प्रोटिनको कमी रहन्छ । प्रोटिनयुक्त खाना खानाले धेरै समयसम्म तपाईंको पेट ििभरएको जस्तो लाग्छ । तपाई धेरै राम्रोसँग एक्सरसाइज गर्न पाउनुहुन्छ । जसले तपाईको उद्देश्यलाई राम्रोसँग पुरा गर्न मद्धत गर्छ ।

बिस्तरामा गएपछि आफ्नो दिमाग फोनमा नअल्झाउनुहोस् । सुत्ने समय हातमा फोन लिनाले तपाईको सुत्ने समय प्रभावित हुन सक्छ । निन्द्रा डिस्टर्ब गर्नुमा फोनको ठूलो हात हुन्छ भन्ने तपाईलाई थाहा नहुन पनि सक्छ ।

सुत्न ढिलो भयो वा निन्द्रा लागेन भने आफ्नो फोन अन्तै राखेर केवल सुत्नमा आफ्नो ध्यान केन्द्रित गर्नुहोस् ।

मोडलहरुको नक्कल नगर्नुहोस्
इन्स्टाग्राममा सिकाइने फिटनेसमा धेरै भर नपर्नुहोस् । यसमा सत्यता धेरै कम हुन्छ र झुट धेरै हुन्छ । त्यसैले आफ्नो स्वास्थ्य राम्रो बनाउन ध्यान दिनुहोस् र आफ्नो तर्फबाट कोसिस गर्नुहोस् ।

कुनै फिटनेस मोडलको नक्कल नगर्नुहोस । उनीहरुमा धेरैले स्टेराइड लिन्छन र तपाईं यसबाट टाढा रहनुपर्छ । शान्त रहनुहोस र जीवनमा व्यवहारिक भएर तौल घटाउने वास्तविक प्रयास गर्नुहोस् ।

मोडल वर्षौंदेखि फिटनेसको ट्रेनिङ लिइरहन्छन र अधिकांश मोडल वर्षभरी स्टेराइड लिन्छन् । उनीहरुको फिगर नै उनीहरुको पहिचान हो भन्ने सम्झिनुहोस् र २ महिनामै कुनै मोडल जस्तो फिगर पाउने आशा नगर्नुहोस् । त्यसैले सामाजिक सञ्जालमा देखिने मोडलहरुको नक्कलमा आफ्नो इनर्जी नलगाउनुहोस् ।

आफ्नो तौल कम गर्न र फिटनेसमा ध्यान दिन चाहनुहुन्छ भने ती मानिसको वरिपरि रहनुहोस् जो फिटनेसलाई गम्भिरतापूर्वक लिन्छन् । अनूभवी र तालिम लिएका साथीहरुले यसमा कुरा गर्छन । उनीहरुको विश्वास गर्नुहोस् जसले तपाईलाई फाइदा हुन्छ ।

फिटनेसको सौखिनले आफ्नो साथीहरुलाई आफ्नो तौल कम गर्ने संकल्प बताउँछन् । उनीहरुसंग तपाईंले मद्धत माग्नुहोस् र फिटनेसको सौखिन साथीहरुले तपाईको कस्तो मद्धत गर्छ हेर्नुहोस् । रमाईलो गर्दागर्दै स्लिम र फिट हुँदै जाने मजा लिनुहोस् ।

एउटा समय तय गर्नुहोस् । व्यवहारिक रुपले सोचेर अव्यवहारिक समयसीमा सेट नगर्नुहोस् । २ हप्तामा १५ किलोग्राम तौल कम गर्नु छ भनेर नसोच्नुहोस् किनभने यस्तो सोच निरर्थक छ ।

यस्तो लक्ष्य प्राप्त नभएको अवस्थामा तपाईको निराशा बढ्ने छ र फिटनेसको सबै उत्साह सकिन्छ किनकी यस्तो लक्ष्य अव्यवहारिक छ ।

Previous Post

आइतबार ३ जिल्लामा सार्वजनिक बिदा

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन, भदौं ३१ गते आइतबार,आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन, भदौं ३१ गते आइतबार,आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.