HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

८ कुरा एक्स–रे गर्दा ध्यान दिनुपर्ने हेर्नुहोस

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

एक्सरे एउटा किरण (रे) हो। जसले रोग पत्ता लगाउन सहयोग गर्ने फाइदाँसगै शरीरमा केही मात्रामा असर पनि गर्छ। यो किरणमा एउटा मेसिनमा हाई–भोल्टेज करेन्ट सप्लाई गरेपछि एक्स–रे मेसिनको ट्यूबमा रहेको क्याथोड तात्छ। क्याथोडबाट नेगेटिभ चार्ज भएका ईलेक्ट्रोनहरु निस्कन्छन। ती इलेक्ट्रोल (फास्ट मुभिङ) त्यहीँ भएको पोजेटिभ चार्ज एनोडतिर गएर ठोक्किन्छन्।

त्यतिखेर एकप्रकारको आँखाले देख्न नसकिने अत्यन्तै शक्तिशाली किरण एक्स–रे मेसिनको ट्यूबबाट बाहिर निस्कन्छन्। यसैको प्रयोग गरेर विभिन्न शरीरका भित्री अंगको फोटो निकाल्ने गरिन्छ। यसरी निकालिएको अत्याधिक शक्तिशाली किरण (एक्स–रे) शरीरको कोषमा गएर ठोक्किन्छ र केही कोषिकालाई मार्ने पनि गर्छ।

त्यही भएर रेडियोग्राफी कोठामा एक्स–रे गर्ने बेलामा बिरामी बाहेक अरूलाई बस्न दिएँदैन किनकि त्यसले अरूलाई पनि असर गर्छ। यस्तो असरलाई चिकित्सा विज्ञानमा रेडियसन हेजार्ड भनिन्छ। जसको कारण सामान्य रोगदेखि लिएर छालाको क्यान्सरसम्म पनि हुनसक्छ। यसले आँखाको नानीलाई असर गर्नसक्छ। नयाँनयाँ कोषिका मारिदिन सक्छ। पुरुष जातिको शुक्रकिट बन्ने प्रक्रियामा हानी पुर्‍याउन सक्छ।

स्त्री प्रजनन् अंगलाई असर गरेर बाँझोपन निम्त्याउन पनि सक्छ। शरीरमा अत्यन्तै आवश्यक पर्ने हर्माेन निकाल्ने थाईराईड ग्रन्थीहरुलाई हानी पुर्‍याउन सक्छ। गर्भवती महिलालाई एक्स–रे कोठामा प्रवेश निषेध नगरेमा यस्ता बिभिन्न समस्या आउन सक्छन्।

एक्स–रे गर्दा ध्यान दिनुपर्ने कुराहरु
१.आवश्यक परेको अवस्थामा चिकित्सकको सल्लाहअनुसार मात्रै एक्सरे गर्ने।
२. एक्स–रे रेडियालोजिकल टेक्निसियन वा टेक्नोलोजिष्टहरूबाट मात्र गर्ने÷गराउने।
३. एक्स–रे गर्ने बेलामा बिरामीलाई मात्र एक्स–रे कोठामा रहन दिने।
४. अस्पताल प्रशासनले एक्स–रे कोठालाई सिल गर्ने।
५. बारम्बार एक्स–रे नदोहोर्‍याउने

६. एक्स–रे गर्ने कोठामा बस्नैपर्ने भए लिड एप्रोन लगाउने वा ट्यूबभन्दा टाढा बस्ने कोशिस गर्ने वा रेडियो ग्राफरसँगै कन्ट्रोलरूममा बस्ने।
७. बिरामीको जुन ठाँउको एक्स–रे हो, बाँकी ठाँउमा मिलेसम्म रेडियसन प्रोटेक्सनको सामान प्रयोगमा ल्याउने।
८. गर्भवती महिलालाई एक्स–रे कोठामा, एक्स–रे गर्ने बेलामा बस्न नदिने यदि उसको एक्स–रे गर्ने पनि हो भने अगाडी नै रेडियोग्राफरलाई जानकारी दिएर मात्र गराउने।

आवश्यक परेको अवस्थामा असर गर्नेभन्दा बढी फाइदा हुने हुँदा एक्स–रे गरिन्छ। एक्स–रे गर्दा रेडियो ग्राफरलाई भने खासै कुनै हानी पु¥याउँदैन। किनकि उनीहरुका लागि एक्स–रे मेसिन राखेको ठाउँसँगै कोठा बनाइएको हुन्छ , जसलाई नियन्त्रण कक्ष भनिन्छ। यो कोठाबाट बिरामीको स्वास्थ्य अवस्था हेर्न मिल्नुको साथै रेडियोग्राफरले अन्य केही नियममा रहेका काम गरिरहेका हुन्छन्। आवश्यक सावधानी अपनाएर चलाएमा एक्सरेको असरदेखि डराउँनु पर्दैन।

रेडिएसन सम्बन्धी अन्तराष्ट्र्रिय संस्था आइसिआरपीको मापदण्ड अनुसार एक्स–रे गर्ने र गराउनु पर्नेमा अस्पताल प्रशासनले ध्यान दिनुपर्छ। अन्यथा सर्वसाधारण बिरामीले ठूलो नोक्सानी बेहोर्नुपर्ने देखिन्छ। किरणको चुहावट रोक्नका लागि समय–समयमा सम्बन्धित निकायले निरीक्षण तथा अनुगमन गर्नुपर्छ। र गलत ठहरिएमा कडा भन्दा कडा कारबाही गरिनुपर्छ। लेखक मेडिकल रेडियोग्राफर

Previous Post

Harley-Davidson LiveWire electric motorcycle: Great but expensive

Next Post

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकाे निधनकाे शाेकमा बिहीवार सार्वजनिक बिदा

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकाे निधनकाे शाेकमा बिहीवार सार्वजनिक बिदा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.