HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

५ गल्ती, जसले बसाउँछ बालबच्चामा मोबाइलको लत : कसरी छुटाउने ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

‘मेरो बच्चा जतिबेला पनि मोबाइलमै झुण्डिरहन्छ ।’

 

धेरै अभिभावकले यस्तो गुनासो गरिरहेका हुन्छन् । बच्चाहरू मोबाइल फोनमा यति व्यस्त हुन्छन् कि उनीहरु समयमा खान र खेल्न समेत बिर्सिन्छन् ।

बालबच्चालाई ठूलालाई भन्दा बढी मोबाइलको फिचर थाहा हुने अवस्था आइसक्यो । फोनमा युट्युब र गेम कहाँ छन्, कसरी प्रयोग गर्ने, यी सबै उनीहरुले छिनभरमै सिकाउन सक्छन् । यसबाहेक मोबाइल नहेरी खाना नखाने बानी लगभग हरेक बालबालिकामा देखिन्छ ।

एकल परिवारमा आमाबाबु दुवै काममा व्यस्त हुने भएकाले बच्चालाई पर्याप्त समय दिन भ्याइरहेका हुँदैनन् । त्यसैले बच्चालाई भुलाउन उनीहरुको हातमा मोबाइल थमाइदिन्छन् । यसले उनीहरुलाई मोबाइलको लत बसाइदिन्छ । जसबाट छुटाउन निकै सकस पर्छ ।

१. अभिभावकले समय नदिनु

बालबच्चालाई मोबाइल वा टीभीको लत बस्नुमा अभिभावक नै जिम्मेवार हुन्छन् । आफ्ना आमाबुबालाई फोनमा व्यस्त भएको देख्दा उनीहरुले पनि त्यही सिक्ने हुन् । आमाबुबाले समय नदिंदा उनीहरुले विकल्प खोज्छन् र त्यसको पहिलो प्राथमिकतामा मोबाइल पर्छ । समय बिताउन मोबाइल चलाउँदा चलाउँदै उनीहरुको लत यसैमा बस्छ ।

यदि अभिभावकले समय दिएर उनीहरुसँग खेल्ने, उनीहरुको कुरा सुनिदिने हो भने मोबाइल प्रयोगबाट टाढा रहन सक्छन् ।

२. चकचक नगरोस् भनेर मोबाइल दिनु

अभिभावक दिनभरको कामबाट थकित भएर घर फर्किएको बेला बच्चा शान्त रहोस् भन्ने चाहन्छन् । तर बच्चाहरु ऊर्जावान् हुने भएकाले उनीहरु खेल्न, उफ्रिन चाहन्छन् । उनीहरुलाई शान्त बनाउन अभिभावकले मोबाइल हातमा थमाइदिन्छन्, जसले बिस्तारै यसमा बालबच्चा अभ्यस्त हुन थाल्छन् ।

३. खेल्ने साधनको रुपमा मोबाइल दिनु

अहिले सहरी क्षेत्रमा बच्चाका लागि खेल्ने ठाउँ पर्याप्त छैन । बाहिर रेस्टुरेन्टतिर खाना खान जाँदा पनि ती बालबालिकामैत्री छैनन् । त्यहाँ उनीहरु उफ्रिन, दौडिन चाहन्छन् । तर ठाउँ नहुँदा अभिभावकले मोबाइल नै थमाइदिन्छन् ।

अहिले बालबालिकालाई खेल्नको लागि पर्याप्त खेल मैदान छैनन् । बच्चाका साथीभाइ पनि खासै हुँदैनन् । बाहिर खेल्न पठाउँदा बच्चा फोहोरी हुन्छन् भन्ने पनि लाग्छ अभिभावकलाई । त्यसैले बच्चा बाहिर खेल्न नजाऊन् भनेर वा खेल्ने मैदानको अभावले बच्चालाई खेलौनाको रुपमा मोबाइल दिइन्छ । यसले पनि बालबालिकामा मोबाइलको लत बसेको छ ।

४. खाना खुवाउने बेलामा मोबाइल दिनु

अहिले बालबालिकालाई खाना खुवाउनै गाह्रो छ । यो नखाने, त्यो नखाने भनेर झगडा गर्छन् । बच्चालाई खाना खुवाउन अन्य उपाय अपनाउन अभिभावक अल्छी मान्छन् । पहिले कथा सुनाएर सँगसँगै दौडिएर बच्चालाई खाना खुवाइन्थ्यो । अहिले बच्चाले खान मानेन भने मोबाइल दिएर त्यसमा ध्यान केन्द्रित गरेर खुवाउने प्रवृत्ति बढेको छ । यो पनि बच्चालाई मोबाइलको लत लगाउने अर्को कारण बनेको छ । मोबाइल हेरेर खाना खाँदा बच्चाले स्वाद नै थाहा नपाउने अवस्था सिर्जना हुन्छ ।

५. प्रलोभन देखाएर मोबाइल दिनु

‘होमवर्क गर अनि मोबाइल दिन्छु, यो काम गर अनि मोबाइल दिन्छु ।’ अभिभावकले विभिन्न प्रलोभन देखाएर पनि बच्चालाई मोबाइल दिन्छन् । तर यस्ता बच्चा पछि जिद्दी बन्छन् अनि बाध्यतामा उनीहरुको हरेक कुरा मान्नुपर्छ ।

बच्चालाई प्रलोभन देखाएर मोबाइल दिंदा उनीहरु त्यसको लतमा पर्छन् । लामो समय मोबाइलमा बिताउँदा उनीहरुमा विभिन्न स्वास्थ्य समस्या देखापर्छ ।

मोबाइलको लतले बच्चामा पर्ने असर

बालबालिकाले लामो समय मोबाइलमा बिताउँदा निद्रा पुग्दैन । मोबाइलमा व्यस्त भएर उनीहरु ढिलो सुत्छन् र निदाउन गाह्रो हुन्छ । स्क्रिनमा लामो समय बिताउँदा उनीहरु एकाग्र नहुने ‘एन्जाइटी’को समस्या देखिन्छ ।

अहिले बच्चामा मोटोपनको समस्या पनि धेरै देखिन्छ । त्यसको एउटा कारण मोबाइल पनि हो । लामो समय एकै ठाउँमा बसेर मोबाइल चलाउने शारीरिक गतिविधि कम हुँदा बच्चामा मोटोपनको समस्या देखिन्छ ।

लामो समय मोबाइल चलाउने बच्चामा ‘भर्चुअल अटिजम’को समस्या पनि देखिन सक्छ । अरुसँग कुरा गर्ने, एकोहोरो हुने र सुस्तजस्तो देखिने हुन्छ ।

मोबाइलको लतबाट कसरी छुटाउने ?

-बच्चासँग धेरै समय बिताउनुपर्छ भन्ने छैन । आधा घण्टादेखि एक घण्टा गुणस्तरीय समय बिताउन सकियो भने बच्चाको मोबाइल लत हटाउन सकिन्छ । उनीहरुसँग खेल्ने, कुरा गर्ने गरेर समय बिताउन सकिन्छ ।

-खाना खाने समयमा र होमवर्क गर्ने बेलामा मोबाइल नचलाउने भन्ने नियम बनाउनुपर्छ । त्यो समयमा अभिभावक आफैंले पनि मोबाइल चलाउनु हुँदैन ।

-अभिभावक आफैं रोल मोडल हुनुपर्छ । आफू चाहिं मोबाइल हेर्ने बच्चालाई नहेर भनेर हुँदैन । तपाईंले धेरै समय मोबाइलमा बिताउनु भएन भने उनीहरु पनि त्यसलाई घटाउँछन् ।

-बच्चासँग अभिभावक पनि खेल्नुपर्छ । उनीहरुलाई शारीरिक खेलमा बढी संलग्न गराउँदा पनि उनीहरुको मोबाइल चलाउने समय घट्छ ।

Previous Post

बाथरूममा सबैभन्दा बढि हर्टअट्याक किन हुने गर्छ, यस्ताे छ कारण !

Next Post

Harley-Davidson LiveWire electric motorcycle: Great but expensive

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

Harley-Davidson LiveWire electric motorcycle: Great but expensive

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.