काठमाडौं, २५ भदौ– अर्थमन्त्री प्रकाश शरण महतले नेपालमा आर्थिक क्रान्ति सम्भव भएको बताएकाछन् । आज सोमबार काठमाडौंमा आयोजित ११० औं वीपी जन्मजयन्तीको अवसरमा राष्ट्रिय कार्यशाला गोष्ठि कार्यक्रममा उनले आर्थिक परिवर्तनमा उत्पादनको बहार निजीक्षेत्र हुनुपर्ने बताए ।
उनले भने, ‘नेपालको आर्थिक क्रान्ति सम्भव छ । तर हाम्रो आत्माविश्वास बढाउनुपर्छ ।आर्थिक परिवर्तनको उत्पादनको बहार निजी क्षेत्र हुनुपर्छ ।
त्यसमा सरकारले सहयोगी भूमिका ,सहजकर्ताको भूमिका र प्रतिश्पर्धा सुनिश्चितासरकारले गर्छ ।’शिक्षा स्वास्थ्य र उत्पादनमा सरकारले अझै लगानी गर्नु पर्ने उनको भनाई छ ।
उत्पादन र वितरणको नेतृत्वमा सरकारले गर्ने बताएका उनले आफ्नै देशमा उत्पादन बढाएर रोजगारीको अवस्थासिर्जना गर्नुपर्ने बताएकाछन् ।






Discussion about this post