साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ५.०५ अंकले घटेको छ । सुस्ताएको सेयर बजार १९९३.४२ विन्दुमा रोकिएको छ
मंगलबार ०.२५ प्रतिशतले बजार घटेको छ । बजारमा आएको सुस्ततालाई यसको कारोबार रकमले समेत पुष्टि गरेको छ ।
मंगलबार २७८ धितोपत्रको २९ हजार ६४० वटा कारोबारबाट ४० लाख ६ हजार ७३९ कित्ता सेयर किनबेच भएको छ । जसबाट मात्र ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँको कारोबार भएको छ । मंगलबार अधिकांश उपसूचक घटेको छ ।





Discussion about this post