HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

क्यानडाले तीन वर्षभित्र १४ लाख आप्रवासी भित्र्याउने, नेपालीको लागी यस्ता सर्त लागु गरेको छ

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

यस्ता शब्दका साथ क्यानडाका आप्रवासन मामिलामन्त्री सन फ्रेजरले आगामी तीन वर्षमा करिब १४ लाख आप्रवासीहरूलाई स्वागत गर्ने योजनाको घोषणा गरे।उनको घोषणा अनुसार
यस्ता शब्दका साथ क्यानडाका आप्रवासन मामिलामन्त्री सन फ्रेजरले आगामी तीन वर्षमा करिब १४ लाख आप्रवासीहरूलाई स्वागत गर्ने योजनाको घोषणा गरे।उनको घोषणा अनुसार क्यानडाले सन् २०२३ मा स्थायी बसोबासका लागि नयाँ चार लाख ५० हजार आप्रवासी भित्र्याउनेछ।

अहिले पनि त्यहाँ हजारौँ जागिर खुले पनि दक्ष जनशक्तिको अभावमा त्यसको पूर्ति हुन सकेको छैन।क्यानडाको घोषणा ब्रिटेन जस्ता देशहरूले अपनाएको कडा आप्रवासी नीति विपरीत हो।अमेरिकामा पनि पछिल्ला निर्णयहरूले आप्रवासी नीति कडा पारिएको देखाएका छन्।आप्रवासी योजनाले व्यवसायीहरूलाई उनीहरूको आवश्यकता अनुसार कामदार पाउन मद्दत गर्नेछ,” उनले भने।

कोभिड महामारीका बेलामा खुला भएका पदहरूमा पनि जनशक्ति पूर्ति नभएपछि अहिले क्यानडाले लचिलो नीति लिएको हो।तर क्यानडाको श्रम बजारको विवरणहरू विरोधाभासपूर्ण छन्।त्यहाँ विभिन्न क्षेत्रमा कुल साढे ९ लाख पदहरू खाली छन् तर १० लाख मानिसहरू बेरोजगार छन्।आवश्यक पर्ने खालको दक्षता र सीप नभएका कारण कतिपय क्षेत्रमा पदपूर्ति हुन सकेको छैन भने केही क्षेत्रमा कामदारहरूले दिगो रूपमा काम गरिरहेका छैनन्।

त्यस्तै सरकारले सङ्केत गरे अनुसार धेरै क्यानेडियनहरूले जागिरबाट अवकाश लिइरहेका छन् र उनीहरूले छाडेपछि खाली भएको स्थान रिक्त नै रहेको छ।यो कार्यक्रमले हाल सरकारी सहायतामा निर्भर रहेका शरणार्थीहरूको पुनर्वास पनि बढाउन खोजेको छ।
क्यानडा सरकारले कस्ता आप्रवासी खोजिरहेको छ? क्यानडाले धेरै आप्रवासीलाई आकर्षित गर्न आफ्नो सीमा खोलेको यो पहिलो पटक भने होइन।यद्यपि यति ठूलो सङ्ख्यामा आप्रवासीहरूलाई स्वागत गर्न लागेको यो पहिलो पटक हो।
सरकारले दक्ष श्रम शक्तिको अभावले क्यानडाको अर्थतन्त्रका सबै क्षेत्रहरूलाई असर गर्छ भन्ने औँल्याएको छ।तर सरकारी विवरणहरूले नै सबैभन्दा बढी प्रभावितमध्ये एउटा क्षेत्र चिकित्सा सेवा भएको देखाएका छन्।

त्यसपछि निर्माण, उत्पादन, होटेल र पर्यटन क्षेत्रमा दक्ष कामदारको अभाव छ।फ्रेजरले भने, “हामीलाई देशका सबै क्षेत्रमा थप कामदार चाहिन्छन्, चाहे तिनीहरू अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी हुन्, ट्रक ड्राइभर, घर निर्माण गर्ने वा सफ्टवेयर इन्जिनियरहरू हुन्।”
जस्टिन ट्रुडोको सरकारको यसै साता घोषणा गरेको निर्णयको विपक्षमा रहेको क्यानेडियन कन्जरभेटिभ पार्टीले आलोचना गरे पनि आप्रवासीका लागि ढोका खोल्ने आवश्यकतालाई स्वीकारेको छ।
केही विज्ञहरूले चाहिँ क्यानडा मात्र नभई विश्वका मुख्य अर्थतन्त्रहरूले अनुभव गरिरहेका वित्तीय सङ्कटका कारण आप्रवासी भित्र्याउने प्रक्रिया सजिलो नहुने बताएका छन्।

Previous Post

डोल्पामा नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन

Next Post

५० रुपैयाँमा २९ भदौदेखि आईपीओ खुल्दै !

HoKhabar

HoKhabar

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

५० रुपैयाँमा २९ भदौदेखि आईपीओ खुल्दै !

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.