१.अधिकांश डाक्टरहरु गर्भ रहेको अवस्थामा यौनसम्पर्क नगर्न सल्लाह दिन्छन्। के त्यसो भए बच्चा जन्मिएलगत्तै पत्नीसंग यौनसम्पर्क मिल्छ त?
मिल्दैन। सुत्केरी भएलगत्तैको सहवासले महिलालाई हानी पुग्छ। बच्चा जन्मिएपछि पुरुषलाई पहिलेजस्तो महिलाबाट यौन सुख नमिल्न पनि सक्छ।
बच्चा जन्माउदा योनिको मांसपेशी टुट्ने हुन सक्छ। चिकित्सकका अनुसार अपरेशन नगरी सामान्य रुपले बच्चा जन्मिएको छ भने सुत्केरी भएको ६ हप्तासम्म सहवास गर्नुहुँदैंन। त्यसपछि पनि चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ। मांसपेशीमा लागेको घाउ निको हुन पनि कमसेकम ५ देखि ६ हप्तासम्म लाग्छ। यस्तो अवस्थामा यदि यौनसम्पर्क गर्नुभयो भने योनिमा संक्रमण हुन सक्छ।
सुत्केरी भएपछि सामान्य रुपले महिलामा उदासिनता बढेको हुन सक्छ। हर्मोन परिवर्तनका कारण यसो भएको हुन सक्छ। यसबाट महिलामा यौनसम्पर्क गर्ने चाहना पनि हुँदैंन। यस्तो अवस्थामा महिला तथा पुरुषले कम्तीमा पनि ६ हप्तासम्म सहवास नगर्नबाट बच्नैपर्ने हुन्छ। ६ हप्तापछि यौनसम्पर्क गर्दा पनि चरम सुखमा पुग्न पनि महिलालाई गार्हो हुन्छ।
२. सामान्य गर्भावस्थामा कुन–कुन रोगको परीक्षण नियमित रुपले गरिन्छ?
लगभग सबै सामान्य गर्भका दौरान एड्स हेपाटाइटिस बी, सिफलिस तथा रुबेलालगायतको नियमित परीक्षण गरिन्छ। गर्भावस्थामा अलग–अलग समयमा रगतको नमूना लिएर परीक्षण गरिन्छ।
शिशुको जन्मपछि यौन सम्पर्क गर्दा वीर्य (शुक्रकीट योनीमा झर्दा )गर्भ रहन्छ कि रहँदैन ? तपाईंले भन्नु भए जस्तै धेरै दम्पतीको मनमा प्रश्न हुन्छ–शिशु जन्मिएपछि कहिलेदेखि यौन सम्पर्क पुनः शुरु गर्न हुन्छ रुगर्भमा शिशु रहने बित्तिकै महिलाको यौन जीवनमा फरक पर्ने हुँदा कतिपयले सोच्छन कि सधैका लागि उनीहरू यौनप्रतिको रुची हराएर जाने त होइन । त्यसो होइन, सुत्केरी भएको केही समयपछि उनीहरू सामान्य अवस्थामा आउँछन । तर यो कुरा बुझ्नु पर्छ की सामान्य अवस्थामा सुत्केरी भएपनि वा शल्यक्रियामार्फत सुत्केरी गराइए पनि शरीरलाई सामान्य अवस्थामा फर्कन समय लाग्छ ।
प्रतिक्षा गर्नु उचित
चिकित्सकहरूका अनुसार बच्चा जन्माइ सकेपछि आमालाई ४ देखि ६ सातासम्म आरामको आवश्यकता पर्छ । तर समय महिलाको शारीरिक बनावट र स्वास्थ्य अवस्थामा भर पर्छ । पहिलो पटक आमा भएकाले यो जान्नु जरुरी हुन्छ की सुत्केरी भएको तुरुन्तै यौन सम्पर्क गर्नु हुँदैन । किनकी उनीहरूमा फेरि गर्भ बस्ने सम्भावना हुन्छ ।
संक्रमणको जोखिम
सामान्य र शल्यक्रिया दुबै किसिमको सुत्केरीपछि संक्रमणको खतरा बढेर जान्छ । किनकी दुवै अवस्थामा पाठेघरको आकार ठूलो हुन्छ । जसले गर्दा ब्याक्टेरिया सजिलै पाठेघरमा प्रवेश गर्छ र यो अवस्थामा यौन सम्पर्क गर्नाले इन्फेक्सन हुने खतरा दुई गुणाले बढी हुन्छ ।
सुत्केरी भएको केही समयसम्म कतिपय महिलालाई अत्यधिक रक्तश्राव हुने गर्छ । जबसम्म रक्तश्राव पूर्ण रुपले बन्द हुँदैन तबसम्म यौनसम्पर्क नगर्दा राम्रो हुन्छ । यदि सम्पर्क गर्ने इच्छा भए चिकित्सकको परामर्श लिनुपर्छ ।
अध्ययनका अनुसार बच्चा जन्माउनुअघि हुने रक्त परीक्षणबाट ९० प्रतिशत जन्मजात समस्या पत्ता लाग्न सक्दैन। तर जान्न सकिने १० प्रतिशत रोगका लागि अलग चार प्रकारका परीक्षण गर्न सकिन्छ: एम्निियोसेन्टीसिस, अल्फा फेटोप्रोटिन (एएफपी) जस्ता परीक्षण र अल्ट्रासाउण्ड।






Discussion about this post