HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

राशि अनुसार जानि राखौं आफ्ना कमी कमजोरी !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मानिसहरुको स्वभाव राशी अनुसार पनि फरक पर्छ भन्ने मान्यता छ । यस्तो मान्यतामा विश्वास नगर्नेहरुको संख्या पनि निकै ठुलो छ तर पनि राशीफल हेरेर दिनको सुरुवात गर्ने अथवा कुनै पत्रिका वा अनलाइनमा देखेका पहिले राशीफल पढ्ने मानिसहरुको संख्या पनि कम भने छैन । यसैले सबै पत्रपत्रिकाहरुले राशीफल राख्ने गर्दछन् । हामीले यहाँ त्यस्तै राशीले स्वभावमा पर्ने फरकका बारेमा जानकारी राखेका छौँ । यदि तपाई विश्वास गर्नु हु्न्छ भने तपाईलाई यो उपयोगी हुन सक्छ ।

मेष राशि : मेष राशिका मानिसहरु धेरै चाँडै रिसाउँछन्, जसको कारण मानिसहरुसंग उनीहरूको सम्बन्ध बिग्रन्छ । परिणाम स्वरूप यसले सफलताको बाटोबाट पछाडि धकेल्छ । त्यसैले मेष राशि भएका व्यक्तिहरूले आफ्नो रीस नियन्त्रण गर्नुपर्ने शास्त्रले बताउँछ ।

वृष राशि : वृष राशि भएका मानिसहरू अटेरी, घमण्डी, जिद्दीपन स्वभावका हुन्छन् । यी राशि भएका मानिसहरुमा रिसालु स्वभाव पनि उत्तिकै हुन्छ । त्यसैले आफूमा हुने यी स्वभावमा परिवर्तन गर्ने हो भने वृष राशि भएका व्यक्तिले सफलता पाउनेछन् ।

मिथुन राशि : मिथुन राशि भएका व्यक्तिहरू अरुलाई धेरै चाँडै विश्वास गर्दछन् । अरुको विवेकमा काम गर्दा प्राय उनीहरुले नोक्सान भोगिरहेका हुन्छन् । उनीहरुको हातबाट धेरै राम्रा अवसरहरू समेत गुमिरहेका हुन्छन् । तसर्थ यी अवस्थालाई ध्यानमा राखेर अघि बढ्ने हो भने मिथुन राशिका व्यक्तिहरूले कार्यसिसिद्धि पाउनेछन् ।

कर्कट राशि : कर्कट राशि भएका मानिसहरु धेरै भावनात्मक हुन्छन् । तिनीहरू प्रायः भावनात्मकतामा लागेर गलत निर्णय लिन्छन् । जसको कारणले कर्कट राशि भएका व्यक्तिहरुले पछि पछुताउनुबाहेक केही हुँदैन । त्यसैले कर्कट राशि भएका व्यक्तिहरुले यी विषयमा बेलामै सोच्नुपर्ने हुन्छ ।

सिंह राशि : सिंह राशि भएका मानिसहरु आफ्नो आवश्यकता पुरा गर्नको लागि कुनै कुरा बाँकी राख्दैनन् । यहाँसम्म कि उनीहरु धेरै समय खर्च गरेर भए पनि आफ्नो काम फत्ते गर्न चाहान्छन् । साथै छोटो तरिकाले काम गर्ने कुरामा निर्धक्क तरिकाले खर्च गर्छन् । जसको कारण उनीहरुलाई भविष्यमा पछुतो हुन सक्छ । उसको सबैभन्दा ठूलो कमजोरीनै खर्च गर्ने बानी हो, जुन बानी परिवर्तन गर्नुपर्दछ ।

कन्या राशि : कन्या राशि भएका मानिसहरु स्वभावैले अहंकारी हुन्छन् । त्यसैले अरूलाई उनीहरु आफूभन्दा साधारण भन्ने ठान्छन् । तिनीहरूको यस्तै कार्यहरूले यिनीहरुको प्रगतिमा बाधा सिर्जना भइरहेको हुन्छ । कन्या राशि भएका व्यक्तिहरूले आफ्नो अहंकार र अरूलाई तुच्छ ठान्ने प्रकृतिबाट टाढा बस्नु उपयुक्त हुनेछ ।

तुला राशि : तुला राशि भएका व्यक्तिहरू सहयोगी भावनाका हुन्छन् । उनीहरु दिन दुखीहरुलाई मात्र नभएर आवश्यकता भन्दा बढी सहयोग गर्ने हुन्छन । यसले सधैँ सफलता हुन्छ भन्ने होइन । यस विषयमा पनि तुला राशि भएकाहरुले सोच्नुपर्ने हुन्छ । किनकी मानिसहरूले तपाईको कमजोरीको फाइदा उठाइरहेका हुन्छन् । उदार प्रकृति स्वभाव देखेर मानिसहरुले यिनीहरुलाई धोका नदेलान् भन्ने के छ र ?

वृश्चिक राशि : वृश्चिक राशि भएका मानिसहरु हरेक कुरामा रिसाउने स्वभावका हुन्छन् । यो उनीहरुको सबैभन्दा ठूलो कमजोरी नै रिस हो । यही क्रोधको कारण तिनीहरूलाई सफलताको मार्गमा अवरोध सिर्जना भइरहेको हुन्छ । वृश्चिक राशि भएकाहरुले आफ्नो रिस र आवेगलाई नियन्त्रणमा राख्नु नै सवैभन्दा ठूलो बुद्धिमता हुनेछ ।

धनु राशि : धनु राशि भएका मानिसहरु धेरै बोल्ने स्वभावका हुन्छन् । उनीहरुलाई कतिपय ठाउँमा बोली कै प्रभाव स्वरुप सफलतामा अड्चन आइरहेको हुनसक्छ । उनीहरु आफू साधारण भएपनि ठूला ठूला कुरा गरेर अरुलाई सानो बनाउन खोज्ने प्रवृत्ति हुन्छ । उनीहरूको यही बानीले प्रगति पथमा अवरोध सिर्जना भएको हुनसक्छ । त्यसैले सकेसम्म कम बोल्ने महत्वपूर्ण बिषयमा बोल्दा पनि सोचेर मात्र बोल्ने गर्नुपर्दछ ।

मकर राशि : मकर राशिका मानिसहरुलाई लाग्दछ कि आफू नै सवै कुरामा निपूर्ण छु । तर, यो भ्रम मात्र हो । यसले तपाईलाई नयाँ कुरा जान्ने र सिक्नेमा बाधा पुगिरहेको हुन्छ । यस्तो स्वभावलाई मकर राशिका मानिसहरुले परिवर्नत गर्न सके उसले सफलता हात पार्ने विश्वास गरिन्छ । तसर्थ अहमता त्यागेर अरुको कुरा सुन्ने र बुझ्ने गर्नु नै मकर राशिका लागि महत्वपूर्ण हुनेछ ।

कुम्भ राशि : कुम्भ राशि भएका मानिसहरु आफ्नो कुरामा अडिग रहन्छन् । उनीहरु अरुको अगाडी झुक्न तयार हुँदैनन् । केही कुरामा अडिग रहनु ठिक होला तर सवै कुरामा यसले फाइदा पु¥याउँदैन । उनीहरुलाई यही बानीले प्रगति पथमा बाधा सिर्जना गरिरहेको हुनसक्छ । यो कुरालाई कुम्भ राशि भएकाहरुले सदैव मनन गर्नुपर्ने हुन्छ ।

मीन राशि : मीन राशि हुनेहरुमा आत्मविश्वासको कमी हुन सक्छ । जीवनमा केही गरौँ भन्ने हौशालाको कमी हुने हुँदा यिनीहरुको जीवनमा विभिन्न चुनौतीहरु आइरहेका हुन्छन् । साना–तिना कुराहरु पनि उनीहरुलाई गम्भीर लाग्न सक्छन् । त्यसैले आत्मविश्वास बढाउनु नै मीन राशिका व्यक्तिहरुका लागि सफलता हुनेछ ।

Previous Post

७ कुराहरु जीवनमा सँधै गोप्य राख्नु !

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,भदौं ०६ गते बुधबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,भदौं ०६ गते बुधबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.