काठमाडौ, १ भदौ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताएका छन ।
आज (शुक्रबार) गृहजिल्ला गोरखाको अजिरकोट गाउँपालिका–२ स्थित भच्चेकमा आधारभूत अस्पताल उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।
उनले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने बताएका छन । उनले अप्ठेरोमा पार्न खोजे सरकार छाड्ने तर सुशासनको अभियान कुनै हालतमा नरोक्ने पनि बताएका छन ।
उनले भने, ‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौं भनेर कसैले नसोचे हुन्छ । हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौं, ‘जुन दिनसम्म सरकारमा रहन्छौं ।
यो सुशासनको अभियान रोकिंदैन ।’ उनले नागरिकलाई छिटो र चुस्त सेवा दिएर तथा दण्डहीनता अन्त्य गरेर नै सुशासनको थालनी हुने बताएका छन ।






Discussion about this post