काठमाडौं, ३२ साउन– संसद्को अवरोध हटाउने विषयमा पहिलोपटक राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने भएका छन् ।
राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको बताएका छन् । सल्लाहकार थापाले भने, ‘सर्वदलीय बैठक बोलाउने भन्ने छ । उहाँ राष्ट्रपति भइसकेपछि सबै दलको नेताहरुलाई भेट्नु भएको छैन । सबैसँग भेटघाट गरेर अहिलेको परिस्थिति बुझ्नका लागि उहाँले इच्छा गर्नुभएको छ ।’
शनिबार वा आइतबार सर्वदलीय बैठक बोलाइने छ । उनले भने, ‘सर्वदलीय बैठकका लागि पहिले पनि कुरा भएको हो । भोलि राष्ट्रपतिज्यूले हामीहरुसँग पनि बैठकको तयारीबारे कुरा गर्नुहुन्छ होला ।’
गत शुक्रबार राष्ट्रपति पौडेल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग पनि छलफल गरेका थिए ।






Discussion about this post